हँसिया बाेकेर
उज्यालाे खाेज्नका लागि
सुस्त सडकमा निस्किएकाे छ
राँकाे बालेर ,
जहाँ अन्धकार लम्पसार परेकाे छ
र गाँजेकाे छ हरेक एक
अाफ्नाे कालाे गर्भमा ।
जब हँसियाकाे याद मुर्त भएर छचल्किन्छ
कुटाे छुटेकाे छ
अझै अनेकाैं ज्यावलहरू
काेदालाे, डाेकाे/डालाे/नाम्लाे/हलाे/
अझै बाँकी नै छन
सबैकाे झाकी निकाल्न बाँकी नै छ
अब
ताराकाे यादमा
उज्यालाेकाे खाेजमा
ज्यावलहरू– निष्क्रिय पारेर
सडकले निलिदिनेछ
ज्यावल चालकलार्इ
निष्काम हँसिया
खिया लागेर नष्ट हुनेछ ।
No comments:
Post a Comment