Tuesday, December 13, 2016

आयाै

तथ्य प्रमाणितमा अपबाद बनी आयौ ।
शत्रुमा बिस्वासी प्रतिघात बनी आयौ ।।
शिखर चढन पाइला लम्किदा धैर्यमा
सर्वनष्ट गरिदिने बर्षात बनी आयौ ।।
सत्य जोगाउन युद्धको शंखघोष हुदा
भत्काउन तम्सियौ मेघनाथ बनी आयौ ।।
झुसिलकिरा पुतली बन्न संघर्षमा छ
तिमी हर समय बज्रपात बनी आयौ ।।

No comments:

Post a Comment

आत्मस्वीकृति

  सघन उपचार कक्षको ढोका बाहिर बस्दा उन्नती को मनमा अनगिन्ती प्रश्नहरू घुमिरहेका थिए। भित्र रकुल,   उनको श्रीमान बेहोसीमा छट...