Tuesday, December 13, 2016

आयाै

तथ्य प्रमाणितमा अपबाद बनी आयौ ।
शत्रुमा बिस्वासी प्रतिघात बनी आयौ ।।
शिखर चढन पाइला लम्किदा धैर्यमा
सर्वनष्ट गरिदिने बर्षात बनी आयौ ।।
सत्य जोगाउन युद्धको शंखघोष हुदा
भत्काउन तम्सियौ मेघनाथ बनी आयौ ।।
झुसिलकिरा पुतली बन्न संघर्षमा छ
तिमी हर समय बज्रपात बनी आयौ ।।

No comments:

Post a Comment

सरुवा

  बारा जिल्लाको एक सानो गाउँ बर्छापुर्वामा बिहानको घाम झुल्किँदै थियो। खेतमा हलो जोत्दै गरेका किसान , चुल्होमा चिया उमाल्दै ...