Tuesday, December 6, 2016

इतिहासकाे खाेजी

बाँधिएर जन्जीरहरूमा
स्वसम्झाैता र
समर्पण
नैतिकता र इमान्दारीताकाे 
किस्सा काेरेर
कयाैँ झुल्का कुटिल मुस्कान नाच्याे हाेला 
नुनिला अाँशुहरूसँग 
जब 
समर्पणकाे स्वीकाराेक्ती
स्वच्छन्द पर्दापणमा ।

सिमा काेरेर संस्कृतिका
पैतलामा मूल्य ठेलेर
सामुहिकतामा एक्लाे 
हैकम 
सम्पतिमा बदलेर 
लुटिएकाे दृश्य 
भयानक!
एक सभ्य संस्कार बनेर
गिज्याइरहेकाे छ
इतिहासका पानामा ।

बगलमा मूर्ति बिसाएर
पुजिदै छाै
बन्द परम्परासंगै 
जन्जीरमा बाँधिएकाहरूबाट 
व्याख्यान भएकाे छ एकताकाे 
भातृत्वकाे, समताकाे 
मानवताकाे 
अस्तित्वकाे 
सास फुकेर 
उल्टाउने छ ।

No comments:

Post a Comment

Mother

  Tears soak the path I wait upon—shadowed by your grace,   May I remain a child forever, nourished by a mother’s embrace.   And with my fat...