Sunday, June 19, 2022
Connectives Rules
Friday, June 17, 2022
Rules of Preposition: Let's Sing
दिनको एकाई, हप्ता महिना ऋतु वर्षौं वर्ष
शहर पोषाक रङ अवस्था पेशा In मा पर्छ ।।
The लागेको ठाउँ वा वस्तु Means of Exchange
ऋणको सङ्का गरिबीमा Human Life Range ।।
आँखा चिम्लि In लाइदिनु Taxi - Car मा पनि
यति मात्रै हैन यसका नियम अरु छन नि ।।
दिन, गते, उत्सव, माथि भन्ने ठाउँमा
यताउता दायाँ बायाँ संचार साधनका नाउमा ।
Go, Carry, Put, Get, Switch, Depend भए
दिल खोलेर preposition On मात्रै लगाए ।।
समय, ठाउँ (s), स्थान, उमेर, क्रम बताउनु
नझुक्किए यिनको अघि At मात्रै लगाउनु ।।
No Article दिनको भाग, मूल्य, डिग्री, गति
क्रियाकलाप, Superlatives, चाडपर्व छन जति ।।
Look! Laugh! Point! Stick! Good! Bad! स्माइल
यिनको पछि Preposition At हो लगाइहाल ।।
Company, Means, Favor, Manner, Support आदि भए
कारण, Content, in love, Combine, Mix Content WITH लाउदै गए ।
Point of time, नजिक, सम्म By छ Passive Sentence मा
Rate of Goods, Respect, No Article means of Transport मा ।।
Thursday, June 9, 2022
पढाई
बाले स्कुल छाडेर
काला पहाड गएदेखि हो
पढाईको जाँगर चलेको हजुरबालाई
यी नाथे के पढछन ।
घरबारी बन्धक राखेर
अरुको लागि
आफ्नो हड्डी खियाउँदै
शिक्षा दिँदा नलिने
हजुरबाहरु
नातिको लागि
शिक्षा बेच्दै छन ।
किसान
बर्षा लागेर
वारी सिंचनमा लागेको
भोक मेटाउन
बालि पाकुन्जेल कुर्नु छ ।
उसलाई
बालि के हो थाहा छैन
उसलाई बालि पाक्नु नपाक्नुको सरोकार भएन
उसले घुस मात्र खान्छ ।
Monday, June 6, 2022
पत्थर
बाले सुनाउनु हुन्थ्यो
काम असल गर्नुपर्छ
असल कामको मान्छे
सधैं बाँचिरहन्छ।
ज्ञात भए बाट
असल मान्छेहरूको जीवन देखें
जीवन पछिको पनि यात्रा देखें
असल मान्छेहरूको जीवन पत्थर रहेछ ।
मेरा बाले बताउनु भएन
खराब मान्छेहरु
पत्थरबाट पनि डराउछन ।
Mother
Tears soak the path I wait upon—shadowed by your grace, May I remain a child forever, nourished by a mother’s embrace. And with my fat...
-
समाजको सानो एकार्इ एउटा व्याक्ति हुन्छ व्याक्ति व्याक्ति मिल्दै गए परिवार बन्छ ।। परिवारको समुहले समुदाय बन्छ समाज पनि यस...
-
दाइ! यो किर्तिपुर कहाँ पर्छ ? बेरोजगार भएर कयौं बर्ष बसेँ हातमुख जोर्न मुग्लान पसेँ मलाई पनि खाँचो छ केहि लाखको न्यानो पाउन मन छ आफन्ती का...