Monday, June 6, 2022

पत्थर

 



बाले सुनाउनु हुन्थ्यो

काम असल गर्नुपर्छ

असल कामको मान्छे

सधैं बाँचिरहन्छ।


ज्ञात भए बाट 

असल मान्छेहरूको जीवन देखें

जीवन पछिको पनि यात्रा देखें 

असल मान्छेहरूको जीवन पत्थर रहेछ ।

मेरा बाले बताउनु भएन 

खराब मान्छेहरु

पत्थरबाट पनि डराउछन ।

No comments:

Post a Comment

गजल

अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो  जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...