Monday, December 21, 2015

प्रतिपक्ष







भीम प्रज्वल 


हामी जहिले पनि प्रतिपक्ष भैरहयाैं

किनकि 
हाम्रो हातमा आफ्नै सत्ता हुदा सम्म पनि 
आफै जाेगाउन  सकेनौ 

हाम्रा मागहरु अटल रहिरहे 

किनकि
सुनुवाई भएन 
सुनुवाई होस् पनि त किन 
हाम्रो प्रतिपक्ष समुहसंग 
कहिले कुरा सुन्ने मानेन
हामी क्रान्ति कै पक्ष मा रही रहयाैं
जहिले पनि क्रान्ति
जहाँ पनि क्रान्ति
यत्रतत्र सर्बर्त क्रान्ति 
आखिर हाम्रो भागमा क्रान्ति
के पायौ के गुमायौ 
हाम्रो घोसणा पत्र 
जय प्रतिपक्ष !

No comments:

Post a Comment

आत्मस्वीकृति

  सघन उपचार कक्षको ढोका बाहिर बस्दा उन्नती को मनमा अनगिन्ती प्रश्नहरू घुमिरहेका थिए। भित्र रकुल,   उनको श्रीमान बेहोसीमा छट...