Tuesday, December 29, 2015

के के पठाए

सुसेली माँगेथें बतास पठाइदिएछन।
मलाइ नै भनेर खास पठाइदिएछन।।

भीमप्रज्वल
ब्यग्र त्यो प्राण उपवास पठाइदिएछन।।

रमिता हेर्नेहरू लाईन लागेका थिए रे
सुन्न सक्ने यौटा साहास पठाइदिएछन।।

जूनकिरी लिएर अन्धकार ढाल्नै आँटेथे
उपहारमा औंशीको आकास पठाइदिएछन।।

बिद्रोह जाज्वल्यमान छचल्किरहेथ्यो तर
पैतलामा अनौठो त्रास पठाइदिएछन।।

No comments:

Post a Comment

आत्मस्वीकृति

  सघन उपचार कक्षको ढोका बाहिर बस्दा उन्नती को मनमा अनगिन्ती प्रश्नहरू घुमिरहेका थिए। भित्र रकुल,   उनको श्रीमान बेहोसीमा छट...