Tuesday, December 29, 2015

के के पठाए

सुसेली माँगेथें बतास पठाइदिएछन।
मलाइ नै भनेर खास पठाइदिएछन।।

भीमप्रज्वल
ब्यग्र त्यो प्राण उपवास पठाइदिएछन।।

रमिता हेर्नेहरू लाईन लागेका थिए रे
सुन्न सक्ने यौटा साहास पठाइदिएछन।।

जूनकिरी लिएर अन्धकार ढाल्नै आँटेथे
उपहारमा औंशीको आकास पठाइदिएछन।।

बिद्रोह जाज्वल्यमान छचल्किरहेथ्यो तर
पैतलामा अनौठो त्रास पठाइदिएछन।।

No comments:

Post a Comment

Ban on Rationality

My eyes are but of flesh,   no doorway to wisdom   is granted me.   Yet tell me—   though branded unreasoning,   I can still press forward, ...