Monday, December 28, 2015

नमच्चिने पिंगको सय झट्का भाका पर्खाइ सहमति भन्छौ ...?




घर भत्काइ सहमति भन्छौ l
हलो अड्काइ सहमति भन्छौ ll
जय वम भोले जय जय जय
नशामा गाइ सहमति भन्छौ ll
तिर्खा लागेको सातु दिएर
घाटीमा समाइ सहमति भन्छौ ll
नमच्चिने पिंगको सय झट्का
भाका पर्खाइ सहमति भन्छौ ll
मही माग्ने ढुँग्रो लुकाउने किन?
दैलो लगाइ सहमति भन्छौ ll
मंसिर गयो याद आयो होला
लगन घर्काइ सहमति भन्छौ ll

No comments:

Post a Comment

Birthday and Cake

  Sunil and Sadhana are still young. At home, even in their butterfly games, cakes play a role. They study in a private school. Along with t...