Monday, December 28, 2015

एक मुठी सास

एक मुठि मात्रै छ सास प्राण कसोरी धान्छौ ।।
मुटुदेखि भागेर भन कति कोश दुर जान्छौ ।।

एक पटक त्यस्तो दिन नआउला भन्न सकिन्न
अरुहरुलाइ के दिन्छौ र आफूले के खान्छौ ।।

बिचार चुम्बक हो ख्याल र हिसाब राख
आउछ सहजै जे हटाउछौ जसलाई चाहन्छौ ।।

मान्छे परिस्थिती भन्छन म बिचारको खेतीमा छु
भन ढुङ्गाको पूजा गर्छौ या ईश्वरलाई मान्छौ ।।

No comments:

Post a Comment

गजल

अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो  जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...