Monday, January 16, 2023

जोगाई राख्नु

 

आँखामा आकाश बोकेर बाँचेका छौ जोगाइराख्नु

ज्यूनुको स्वतन्त्र आभास साँचेका छौ जोगाईराख्नु ।।


कुटिलता छैन आँखामा लोभ उन्मुक्त हृदय पूरा

भय मृत्युको चाह जीवनको नाचेका छौ जोगाईराख्नु ।।


नकारक नकारण विषय राग मुक्त आह !

स्वच्छन्द प्रकाश फिँजाएर हाँसेका छौ जोगाईराख्नु ।।


मैले मेरो ईश्वर मेटाएर बाँच्न अभ्यस्त भएँ

मन भरी तन भरी नयन भरी राखेका छौ जोगाईराख्नु ।।

No comments:

Post a Comment

गजल

अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो  जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...