Monday, July 8, 2024

विश्राम

 


ठूला अक्षरमा

तस्विर राखेर

एक हुल 

कार्यसंगती 

औपचारिक बनेर पोखिए ।


सानो घेरा

ब्रह्माण्डको

गणनाबाट 

एकमा परिणत नहुदा 

विभक्त एक ।


संस्कार 

लोलाए औपचारिक कर्म

उपस्थितिबाट 

खुइलिय पछि

शून्य हुन खोज्दैछ ।


को शून्य खोज्दैछ?

तयार छ ? भएन !

बिलिन नभई 

अखबारमा 

तस्विर उदय । 


यो अस्त र उदयको 

शून्यबाट 

परिधिमा टागिनु पर्ने 

एक तस्विर 

एक माला र मौनता ।

No comments:

Post a Comment

सरुवा

  बारा जिल्लाको एक सानो गाउँ बर्छापुर्वामा बिहानको घाम झुल्किँदै थियो। खेतमा हलो जोत्दै गरेका किसान , चुल्होमा चिया उमाल्दै ...