Wednesday, July 10, 2024

गित

 


पढन मलाई अल्छि लाग्छ साथीमै भर पर्छु।

परीक्षामा दायाँ बायाँ तलमाथि गर्छु ।।

सर म्याडमलाई छल्न सक्छु मलाई केको टेन्सन 

D+ मा झुण्याई दिन्छन Marks केलाई हेन्सम ।।


खाजा खाने एउटा ग्याङ छ पानीलाई अर्को 

नपढेर पास भईन्छ मलाई के को झर्को ।।

Internal को टेन्सन छैन घटाउदैनन् चालीस 

कोहि मलाई भन्ने छैन टाइम खेर किन फालिस ।।


म्याथ मलाई किन चाहिन्छ साइन्स किन चाहियो 

भाषा मैले जानेकै छु सामाजिक यसकै भाइ हो ।।

स्वास्थ्य त हो जाबो एक खेल खेलिन्छ मस्त 

कसको नियम के चाहिन्छ मान्छे अस्त व्यस्त  ।।


ऑंपको रुखमा ऑंपै फल्छ  कटहर तरकारी

स्थानीय परिवेश हो स्कुल छ सरकारी  ।।

मन लागे उठ्छु आफै मन नलागे मस्त 

बाले मोबाइल किन्देका छन भइरहन्छु व्यस्त ।।


सरको पनि जाँगर छैन म्यामको पनि उस्तै 

नक्कल मैले पक्का गरी बनाउँछु दुरुस्तै ।।

पार्टी, पिकनिक, मेलापर्व देखिन्छन सब टन्न 

झोलाभित्र जाँड भरेर स्कुल छिरेॅ धन्न ।।


एक्जाम सकि पार्टी गर्न जाँड बोकेर आको 

बा आमालाई स्कुल बोलाई बेइज्जत गर्न ला को ।।

हामी पनि देखिरहन्छौं गन्हाउदै हल्लेको 

त्यही बानीलाई सिको गर्दा किन खलबलेको ।।


हजुरबालाई पढाएकै दोहोर्याउने फेरी ?

हाम्रो परिवेश बदलिएको त्यो सिकौं कसरी ?

नयाँ  नयाँ टेक्निक ल्याए पढ्दै रमाउनेथ्यौं 

नयाँ  युगको नयाँ मार्ग जोशले समाउनेथ्यौं ।।


बा-आमाको स्कुल सपना जसो गरे पनि 

त्यहि पारामा स्कुल डुल्न आइदिएको म नि ।।

गुटखा अलिक गन्हाउँछ चु इगम पड्काइ हिँड्छौ 

एक्लै सके एकल नत्र ग्रुप- ग्रुपमा भिड्छौं ।।


देखि सिक्ने स्वभाव हाम्रो राम्रो मात्र देखाउ

सत्मार्गमा आफू हिॅड हामीलाई पनि टेकाउ ।।

अम्बा रोपि ऑंप खोज्ने बा-आमा र गुरू

के गरेर फल्छु भन गरौं कस्तो सुरु ?

No comments:

Post a Comment

Ban on Rationality

My eyes are but of flesh,   no doorway to wisdom   is granted me.   Yet tell me—   though branded unreasoning,   I can still press forward, ...