Friday, July 26, 2024

उ किन यहाँ छ ?




चक्राकार परिस्थितिको 

प्राकृतिक चक्रमा

अनुकूलित 

ज्यूने प्रण गर्छ 

 स्व स्वरूप ।


निर्बल तर बलवान 

पतकर बनेर यायावर 

बे वाक ठूलो जमातमा 

उपस्थितिबाट उल्टाएर

वा 

चहार्नुपर्ने 

अनेकौं छिद्रहरु।


जसलाई आवाज सुनाउन पनि छैन 

उसको आवाजले अरुको परिवर्तन बोल्छ 

वा बोल्दैन 

हेक्का कसलाई छ ? 

शक्ति, सत्ता वा सत्य 

कोशौं टाढासम्म 

पगरी गुथ्न नपर्ने 

जसलाई मोल मोलाई गर्न पर्दैन 

उ किन छ ? 


निर्बल मिचेर बलवान बन्ने

घात प्रतिघात र द्वन्द्व शक्ति प्राप्तिलाई 

व्यक्ति, कविला, दैवी, समुह 

ओहो! सत्ता शक्तिको साझेदार 

निर्बल मिचिने अनेकौं क्रिडा

कसले बोल्छ उसका लागि ?

शक्तिमान मूकदर्शक बनेको 

धर्मराज अधर्मसित मितेरी गासेर 

 ज्ञानीको ज्ञानै उपहास बनेपछि 

अन्यायका बिरोधी हिमायति बनेको 

ओ ! यो सत्ताका द्रोणहरू 

ओ! यो समयका विदुरहरू 

ओ! न्यायका रक्षकहरू

भन 

जसलाइ कुनै शक्तिमोह छैन 

जीउनु प्राकृतिक कर्म ठान्ने 

ब्रह्मको नियमानुकुल 

अन्य नीति अधिनस्त भई चल्ने

भक्ष मात्र भक्षण गर्ने 

कसैको ओतमा बस्न नखोज्ने 

रंङको पहिचानमा नचुक्ने 

भनौ कालो कालो नै र रातो रातै देख्ने 

उसले आँखा चिम्लिदैन 

आफ्नो पराइ छुट्याउनै  नपर्ने

सबै एक समान 

बाँच्ने प्रण गरेको 

तर पनि किन 

उ यो देशमा छ ? 


निरन्तर चालिरहने कर्मवीर पाइला 

निष्काम बढाउँछ 

उपरिगृह पाप मान्छ 

स्व खोजमा लागिरहने 

सर्वजन हिताय

मन्त्र जपेर 

कर्म गर्ने जमातको 

उ 

न कुनै ओतमा 

न कुनै प्रति ओत प्रोत छ 

न आशा राख्छ 

न निरास बन्छ 

बगाइरहन्छ पसिना 

गरिरहन्छ कर्म 

उसलाई 

जहाँ मिल्काए पनि उस्तै हुन्छ

उ कुनै सिमा रेखा भित्र पर्दैन 

बाहिर - सधैं बाहिर 

जुन गोलार्धमा हुत्याए पनि 

त्यहिँ रहने 

उ यहाँ किन छ ? 

यो सत्ताका अनुयायी 

वा अवसानमा शिन्दुर जात्रा गर्ने

बताइदिनुहोस 

के उ यहिँ रहन ठिक मान्छ ? 

किन उ यहाँ छ ? 


No comments:

Post a Comment

Ban on Rationality

My eyes are but of flesh,   no doorway to wisdom   is granted me.   Yet tell me—   though branded unreasoning,   I can still press forward, ...