Saturday, July 27, 2024

मृत्यु

 उ मरेको खबर छ ।

खबरमा मरेको

पन्ना पल्टिँदा पल्टिँदा 

मृत्युको भयङ्कर रुप साक्षत्कार भए।


भिरबाट खसेर पाता भाँचिएको 


रुखको हाँगा च्यातिदा च्यातिएको खुट्टा


साँघु तर्न छलाङ लगाउदा मक्किएको मेरुदण्ड 


बाल्यकालको प्रेमको नासो हस्तान्तरणमा निस्किरहने आवास 


हर खोकिमा रगतका फाल्चा थुक्ने बा


विष फुक्ने वैधको तागत नपुगेर सुकेका नलीहाड 


नागरिकता बोक्न नजान्दा बनेका हातीपाइला


छर्राहरुको व्यापारमा खर्चिएको लाख


कुन मर्यो होला खबर बन्ने गरी ।।

No comments:

Post a Comment

सरुवा

  बारा जिल्लाको एक सानो गाउँ बर्छापुर्वामा बिहानको घाम झुल्किँदै थियो। खेतमा हलो जोत्दै गरेका किसान , चुल्होमा चिया उमाल्दै ...