एक हातमा चियाको कप
अर्को हातमा चुरोटको
बुँङ्ग उडाउदै धुवाँ
मेरो दिन उदाउछ
नस्य सेवन भन्छ नि
मेरो चुरोटले त्यहि काम गर्छ ।
तिमी ईश्वर प्राथना भन्छौ
मृत प्राय शब्दमा प्राण दिन भन्छौ
खै तिम्रो कुरा कसले मान्छ ?
तिम्रो पति साथमा छ ?
वा पत्नी साथमा छ ?
छोरा छोरी अहँ
कोहि छैन विचरा !
मेरो छोराले लुकिछिपी नस्य सेवन गर्छ
उसले पनि उडाउँछ होला - बुङबुङति धुवाँ
सिकाउनु पर्ने छ उसलाई
धुवाँ ननिल्नु भनेर
मुखबाट तानेर
नाकबाट बाहिर हुत्याइदिनु
उसलाई वाष्प नेति सिकाउनु छ
अनि उर्ध्वगामी बनाउन लगाउनु छ धुवाँ
मष्तिस्कका कुना कुना छुने गरी
छोरीलाई सिकाउनु छ
बिरोध नगर्नु भनेर
यदि उसको लोग्ने नस्य संघ सदस्य भए
संघको शक्ति म बुझ्छु
बढाउनु छदैछ ।
पत्नी हल्का पेयमा फुर्किन्छ
आफू कडा
पेट भरिने गरी
मष्तिस्क रन्थन्याउदै
भरेर आमाशय ।
तिमी कुँजलमा रम
टन्न पार आमाशय
तातो पानी
जीवन तातो छ
रगत तातो छ
जवानी तातो छ
मलाई धेरै तात्नु छ
बरफका टुक्रा भरेर शरिर चिस्याउदै
उद्देलित गरेर मन
तातो तातो बनाइरहनु छ सबैथोक ।
कुँजल हुन्छ स्वगतिमा
थेग्न नसके शरिर
त्यसलाई पनि टम्म पारेर हुलिरन्छु
मेहनतको कमाइ - मन चिस्याउने
कमाइ उडाउनु छैन कुँजलमा ।
पत्नी साथ छोडदिनन्
थप्न पाइन्छ जति पनि
विपरित हातको स्पर्श नकार्छौ
जति परेपनि फरक नपर्ने म
एक सुझाव - घरमा नपुगोस् कुरा
पुगे पछि
लगाउनु पर्छ उपाय अनेक
धेरै भएछ - अज्ञात भूतमा
होस नभए पछि - के भो र
पत्याए पनि नपत्याए पनि
पिताको गुरूत्वमा पनि शंका ?
शिक्षकले प्रेरित गरेर
सम्भव नभए पछि सानो उद्यम
बढेपछि आकार
बदलेर भाष्य
शरिरको रङ्ग बदलिएँ
अन्तरघुलन भइ कहाँ पुग्यो
त्यो उचाई के तिमी प्राप्त गर्न सक्छौ ?
झुट्टा दृष्टान्त होलान तिम्रा वरिपरी
पोहोर साल उ मर्यो
दुृर्घटना नदेख्न्रे कस्तो आँखा हो ?
विचरा ! कालले लग्यो
मेरो लागि पाठ भयो
मातेपछि अरूकै साथ जानु
हर गल्ती पाठ पढाउँछन
भन यहाँ अजम्बरी कसलाई हुनु छ ?
भ्रष्टको संगत गरेर कसरी सज्जन हुनु
लामो युग ज्यूनु के छ र ?
उसको संकेतनमा तालमेल मिलाउदै
मार्ग कसरी भुल्नु
मेरो भागमा छोटो आयु मागिदिनु
तिम्रा दातासँग
म कतै तिम्रो संघमा आउँथे कि ?
भिडबाट एक्लै कसरी निक्लनु
धिक्कार यस्तो जीवन
जङ्गल छाडेर समाज बनाउनेलाई के जवाफ दिने ?
तिम्रो ज्ञान एक्लिएर कसलाई काम लाग्छ ?
पश्चगामी, परिवर्तन विरोधी
उन्नत समाज छाडेर
कसरी पाठ पढुँ
यहि समयसंग ज्यूँछु
त्यहि बाँडेर बस्छु
भन म समय अनुसार बाँच्न नपाउने ?
तिम्रो घ्राण शक्ति नासिएको होला
स्वासको घर्षणले
मेरो तिक्ष्ण छ
पसिरहन्छ सुगन्ध
बजारबाट थरिथरी
मेरो प्राणमा त्यसैले भर्छ आयाम
तिमी त्यो रोकेर प्रणायम भन्छौ
म यो युगको यात्री हुँ
यसैलाई निरन्तरता दिने
पेटले बोक्न सक्ने जति हुलिहाल्छु
कहाँ राख्ने म के जानु
पाचन नभएर सग्लै बाहिर निस्किएको
थाह छ ?
छैन ।
मलाई वर्तमानको स्वाद लिनु छ
शरिरको माग बमोजिम
लोभ नगरेर तिम्रो जस्तो
पेटका लागि लोभ मुक्त जीवन ज्यूनु छ
निस्किए पनि ननिस्किए पनि
म निस्केको मेरो समुहले चाल पाउँछ
भन मेरो परिचय मेटेर तिमी के पाउँछौ ?
समुह नाक थुन्न पछि नपरे
गालीको फोहोरामा
हाँसोको लहरा झुल्छ
कोठाभरी, घरभरी, बाटोभरी
तिम्रो मुस्कानको आग्रह
ओठ च्यातेर दिन सकिदैन
मुख खोल्न मिले पो
अहँ
म त एक पटक मात्र !
हरदिन हाँसेर कहाँ बाँच्न सक्छु
रूनु पनि त छ
बस्छु रोएर धुरू धुरू
तिमी त्राटकको मंचन गरौला
मेरो विलौनामा
एक होइन महोदय
तिम्रो निरस लाग्दो बाटो
हिँडेर के गर्छौ ?
नभए पछि भाग्यमा
खान पाउनु र पिउन पाउनु
मेरो के लाग्छ
म मेरै बाटोको स्वामी
तिमी एक जीव मात्र
फगत जीव
तिम्रो कुनै अस्तित्व छ र ?
के तिमी ज्यूँदै छौ ?
को रहन्छ तिम्रो साथमा
नलिए पछि जीवनको आनन्द
त्यो के जीवन हो ?
No comments:
Post a Comment