Tuesday, August 20, 2024

कथा

 ठूलो आगनभित्र 

भव्य महलमा 

हिमराशि केश 

गर्धनसम्म

ओढेर ओभरकोटको भारी 

चलाउदै केशराशि 

टहलिरहेको छ एक तस्विर

वरिपरी झुम्मिरहेकाछन 

बालकगण 

एकदुईतीनचारपाँचछसात

एकाग्रतामा

सुन्न आतुर

जीवन भोगाईका 

उतराचढावहरु

नाममा विभक्त अनेक पल

उनेर कथाहरुमा । 


जमेको गंगामा पौडिन मानवाकृति 

हिमशिखरमा कावा खाने मुनाल 

कडा धुपले पकाएको भोजन 

अनिदा रातहरुमा 

कोरिएका चित्रहरु

भरिएका संकल्पहरु

नैतिक पाठहरुमा 

पहिल्याउनु पर्ने मार्ग 

खोज्ने प्रण 

मुट्ठि कसेर 

बालकहरुलाई सुनाउनु छ 

विभिन्न कालखण्डमा 

कथाहरु ।


No comments:

Post a Comment

आलोचनाबाट आरम्भ

 आध्यात्म र धर्म  गोलबद्ध गर्यो -  जस्तो हामी अक्सर गर्छौं !  अन्धकारको डोरी - सर्प  आवश्यक उज्यालोको जोहो -  तपमा आश्रित रहनु  परिश्रम कल्प...