Wednesday, August 21, 2024

मारेर ईश्वर




 लहरै बसेका बाल बालिका

सम्बोधनमा मुस्कुराए

उसले भन्यो

बाबु !

नानी!

यसलाई बचाइ राख्नु !

हो - यो बाँचि राख्नु पर्छ

तिम्रो खुसीको लागि

पल्लवित भइरहनु पर्छ

फक्रिरहनु पर्छ।

म पनि तिमिहरु जस्तै थिए

उमंग थियो

मेरो संसारमा

उन्नत प्राण थियो

मुस्कुराउथ्यो ईश्वर वरिपरि

दिइरहन्थ्यो आनन्द

स्वच्छन्द थिए जब म ।

विस्तारै पलाउदै गए पालुवा


फक्रिन थाल्दा थाल्दै


इमान्दारिताको नाममा


मार्दै गए


अंग प्रत्याङ्‌गमा रम्ने ईश्वर


समातेर घाँटी हुत्याइदिए



भएँ एक जिम्मेवार


सामाजिक प्राणी


कुल्चिएर अपनत्व


ज्यून अभ्यस्त भएँ


मारेर मेरो ईश्वर !


तिमीहरु जोगाइरहनु


ईश्वर साथमै राख्नु !


No comments:

Post a Comment

गजल

अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो  जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...