न सोध्नु उसलाई
कहाँ छ भनेर ?
कर्तव्य बोध
बारम्बार गराइरहनु ।
उ अज्ञात बनेको छ
अज्ञात समुदायमा
ज्ञात बनेर उम्रिनु
अपराध ठहरिन सक्छ।
जहाँ
ज्ञान उपास्ना पाप ठानिन्छ
हुनु हुदैन पुस्तकहरु
अक्षरहरूमा प्राण भर्नु अनुचित हुन्छ ।
स्वामी बन्न चाहने छन्
दासत्व स्वीकार्ने पनि
पाए मोचन पनि चलिरहन्छ
त्यो परिवेशमा।
प्रधान पनि छन्
उनका उपासक पनि
सारा कर्तव्य भुलेर
जारी गरिरहेका छन् उर्दिहरू ।
पोकामा लुकाउनु हतियार
तयार रहनु अनुपयुक्त मानिन्छ
रोज्नु पर्छ अनैतिकताका मार्गहरू
धकेल्दै धकेल्दै सर्व अस्तित्व ।
उ दायित्व सम्भिन्छ !
उत्तरदायित्व वहन गर्छ
लम्किरहन्छ कर्तव्य पथमा
उडाइन्छ हर खिल्लीमा - आउछ उदाहरण बनेर ।
No comments:
Post a Comment