Friday, November 29, 2024

बा! कान खोल

आफ्नै गरिबीले हो 

हामी झन झन गरिब गए‌को । 

अब भत्काउनु पर्छ गरिबीका पर्खाल 

चढ्नु पर्छ उन्नतीका शिखर 

एक अभाव छ बा 

 ल्यापटपको !


लैनो भैंसी बेच बा 

वा घाटकुलो लाग्ने खेत

नभए घरबारी बेचेर भएपनि 

किन्नु प‌र्यो नयाँ ल्यापटप 

त्यस‌पदि चढुला किर्तिपुरको डाँडोमा 

दिनमै छापौला नोटका बिटा 

फिर्ता ल्याउला घरबारी 

बनाउँला आलिसान महल

अनि फिर्ता बोलाउँला बन्धुहरु 

स्व बन्धक बनेर 

रोजगारको खोजमा हराएका 

कयौं देशहरूमा !


बा! आँट त गर 

किनिदेउ ल्यापटप 

बेरोजगार छोरो बेहोर्न सक्छौ? 

 गुम्नेछ  हाम्रो अंश  

मलाई अत्यास लागि सक्यो 

कुन कुनामा परिने हो  

सवाल अस्तित्वको छ 

बा! कान त खोल ! 

कुरा त सुन!

No comments:

Post a Comment

आत्मस्वीकृति

  सघन उपचार कक्षको ढोका बाहिर बस्दा उन्नती को मनमा अनगिन्ती प्रश्नहरू घुमिरहेका थिए। भित्र रकुल,   उनको श्रीमान बेहोसीमा छट...