Saturday, July 12, 2025

सौता

 


म सन्जुमाया, चौधबिसको हिमाली छायाँमा हुर्केकी एक बुहारी। म यहाँको हावापानी, पहाड र पाखालाई प्रेम गर्छु, यसमा जीवन देख्छु र जीवनका तरेलीमा शैर गर्छु। जीवन सधैं पहाडजस्तो सुन्दर हुँदैन रहेछ। मेरो वैवाहिक जीवनमा पनि कयौं शरद उदाए र अस्ताए, वसन्तको पर्खाइमा।

श्रीमान शङ्कलालले मलाई बिहे गरेर ल्याउँदा म सपनामा थिएँ—घर, परिवार, आत्मीयता र एक शुन्दर भविष्य। तर सपनाको रंग सासु सरस्वतीको सौता प्रतीको घृणाले चुँडिदिएको रहेछ।

दाजुभाइको अंश विभाजनपछि शङ्कलालका बुबाले दोस्रो विवाह गरेका थिए। नान्कली पहिलो श्रीमती, सौता धनदेवी दोस्रो। बाबु बितेपछि धनदेवी छुट्टै बसिन्। तर नान्कलीको हृदयमा छुट्टिनु भनेको अन्त्य भएन, विरोधको शुरुवात भएको रहेछ।

मलाई थाहा थिएन, सासु मलाई बुहारी मात्र होइन, एक हतियारको रूपमा हेर्न थालिसकेकी रहिछन्। उनले हतियारमा धार लगाउने उपर्युक्त मौका खोजिरहेकी थिइन। एक साँझ उनले मसँग बिस्तारै कुरा शुरु गरिन्।

“त्यो धन अझै पटमारामै बस्छे। मेरो पापको भाग किन जीवित छ ? यदि उ मरेको भए, यो घर शान्त हुन्थ्यो र मेरो हिअ खुसी,” उनले भनिन्।

म स्तब्ध भएँ। त्यो मेरो लागि अकल्पनीय थियो। सासुले सौताको हत्या गर्न मसँग योजना बनाउन खोजिन्।

ससुराले हित्त-चित्त मिलेर ल्याएको, बर्षौं बसेर तीन छोरा र दुई छोरीको आमा बनिसकेको स्वास्नी मान्छे लाई बुहारी प्रयोग गरेर डराउनु, धम्काउनु मात्रै होइन मार्ने सम्मको योजना बनाउनु मेरा लागि सह्य भएन। मैले ठाडै इन्कार गरेँ। त्यस दिनपछि मेरो जीवन धकलियो पिँडाको महासमरमा।

पहिला त सासु नान्कलीले मलाई गालीले थिचिन्। मेरा काममा त्रुटि खोज्थिन्—दालमा नुन धेरै भयो भन्दै थाल भाँचिन्, लुगा राम्ररी नधोएको भन्दै पानीको गाग्री फालिन्।

अनेकौं बहाना खोजी खोजी झगडा गर्न थालिन। कहिले माइती त कहिले दिदी बहिनी, अनि कहिले संस्कार के हो, के हो। झगडा गर्न खोजे पछि जे निहुँ निकाले पनि हुने रहेछ।

शङ्कलालसँग गुनासो गरें। तर उनी आमाको पक्षमा उभिए। उनले भने, “तिमी आमाको सेवा गर्न सक्दिनौ भने तिमी बुहारी बन्न सक्दिनौ। मैले आमाको लागि बुहारी भित्र्याउन जोर नगर। अरुका बुहारी पनि छन, हेर, केहि सिक र आफ्नो काममा लाग। यस्ता नचाहिने गुनासो मसँग गर्ने होईन। कामचोर आइमाइहरुको ज्ञात मलाई नभएको हो र ? म पनि यहि गाउँको माटोमा बढेर ठूलो भएको हुँ।”

त्यस दिन म अति रोएँ। लाग्यो रुनकै लागि मेरो जन्म भएको हो। बाले टाढाको इष्ट, छोरीले खानका लागि तडपिन नपरोस भनेर बिबाह गरिदिएका थिए।

श्रीमानको बोली र व्यवहारले मलाई अझै घायल बनायो। छानोबाट हेर्दा ठुला चुँडिएका बादलजस्तै मेरो भरोसा चुँडिएको जस्तो लाग्यो।

एक दिन सासुले सिधा धम्की दिइन्, “यदि तिमीले धनदेवीलाई केही गरिनौ भने म तिमीलाई चुलोमा पोल्छु।” अनि उनले मेरो हातमा बल्दै गरेको झोरो फालिन्। जलेको हातभन्दा पीडा त मेरो मनको घाउमा बढि लाग्यो।

म गाउँकी शिक्षिका भएँ। शरद हराउदै वसन्त उदाएको आभाष हुन थाल्यो। विद्यालयमा म सेतो पाटीमा लेख्न थाल्दा मेरो जलेको हात देखिन्छ, त्यहाँ मेरी सासु सरस्वती र उनको सौता अनि त्यो घाउ सम्झना आइरहन्छ। एक बुहारी सौताको द्वन्द्वमा सिकार बन्नु पर्ने।

No comments:

Post a Comment

Birthday and Cake

  Sunil and Sadhana are still young. At home, even in their butterfly games, cakes play a role. They study in a private school. Along with t...