Monday, July 28, 2025

घिडघिडो


 

गाउँमा भ्यागुताको आवाज सुनिदैन। भ्यागुताहरू हराइसके जस्तै लाग्छ। शान्तलाल जीवनको साँझमा थलापरेका छन्। गाउँको बाँसघारीमा रहेको सानो घरमा, उनी शैय्यामा बसेर दुधेश्वर डाँडाको पुरानो मौसम सम्झिँदै छन्।

गाउँलेहरू बिस्तारैबिस्तारै आशा गुमाउँदै छन्। चिया पसलमा, खेतको डिलमा, सबै ठाउँमा एउटै कुरा: शान्तलाल अब रहन्न होला।

सहान बुढा; गाउँका सबैको श्रद्धा पाएका वृद्ध, शान्तलालको घर पुग्छन्। शान्तबहादुर,” उनलाई सुम्सुम्याउँछन्, “के बाँकी इच्छा ? केहि भने भन शान्तलालले आँखा खोल्यो। कमजोर स्वरमा भन्यो, “... अन्तिम पलमा मेरी श्रीमतीसँग......

सहान चुपचाप बस्छन्। चकित, लज्जित। यो माया हो, शान्तबहादुर। शरीर थला परेको तर आत्मा अतृप्त

सहानले गाउँका मान्छेहरूलाई जानकारी दिन्छन्, विषय संवेदनशील छ। धेरैजसो स्तब्ध हुन्छन् अन्तिम इच्छा पनि …….!तर उनका केही नजिकका साथिहरूले थाह पाएका छन; शान्तलालको जीवन सेवा त्यागले भरिएको थियो। उनको अन्तिम इच्छा श्रीमतीसँग आत्मीयता प्रेमको प्रतिक हो, कि वासना।

शान्तलालकी श्रीमती चन्द्रकलाले उनको इच्छा थाह पाउँछिन उनका आँखामा आँसु तर अनुहारमा साहस। उनी शान्तलालको ओछ्यानमा बस्छिन्, हात समाउँछिन्, भन्छिन्, “तपाईंको इच्छा कहिले अधुरो रह्यो ?”

साँझ ढल्दै जान्छ। घरको बत्ती मन्द बन्छ। चन्द्रकला शान्तलालसँग बिताएका सम्झनाहरू सुनाउँछिन्; बिहेको रात, पहिलो सन्तान, बर्सातमा भ्यागुताको संगित सुन्दै बिताएका पलहरु।

शान्तलाल मधुरो मुस्कुराउँन् खोज्छ। उसका आँखा आँसुले भरिएका छन्। कालो रात्री, आकासमा बादल फेरि गर्जन्छ। एकाएक भ्यागुताहरू प्रकृतिमा संगित भर्न थाल्छन गाउँभरि भ्यागुताको आवाज गुञ्जन्छ। चन्द्रकला बाहिर निस्केर कान थाप्छिन्। यता शान्तलाल सधैंको लागि शान्त बन्छन उहाँको अन्तिम इच्छा पूरा भयो,” भन्छिन्। उनको घिडघिडो तृप्त भयो।

भोलिपल्ट गाउँलेहरू शान्तलालको अन्तिम यात्रा गर्छन्। हरेकजना चुपचाप छन्, तर हृदयमा एउटा आभा मानव इच्छाको गहिरो संवेदना उनी दुधेश्वरमा कामना, प्रेम जीवनको अन्तिम स्वाद सम्झने अवसर छोडेर अस्ताए।

No comments:

Post a Comment

Birthday and Cake

  Sunil and Sadhana are still young. At home, even in their butterfly games, cakes play a role. They study in a private school. Along with t...