Tuesday, August 5, 2025

कल्याणको छायाँ


 

लामाचौरको कल्याण मा.वि.मा अंग्रेजी शिक्षकको पद रिक्त भयो। नियम अनुसार स्थायी शिक्षक सरुवाको माध्यमबाट भर्ना गर्नुपर्ने थियो स्थायी शिक्षकको सरुवा सम्भव नभएको खण्डमा शिक्षक सेवा आयोगले लिएको परीक्षा पास गरेका करार कोटाका शिक्षकलाई नियुक्त गर्न सकिने प्रावधान थियो। प्रदि त्यही करार कोटामा नाम भएका शिक्षक थिए उनी युवा, दक्ष, सक्रिय बहुआयामिक व्याक्तित्वका धनि थिए।

 

तर विद्यालयमा अनौठो हलचल सुरु भयो। पुराना प्रधानाध्यापक माधव; जो प्रशासनिक पदमा थिएनन्, नियुक्तिमा हस्तक्षेप गर्न थाले। बहालवाला प्रधानाध्यापक कमला मौन थिइन् किनभने नियुक्ति पाउने भनिएका नारायण, उनका सहोदर दाजु थिए।

 

सूचना अस्पष्ट थियो। विद्यालयको सूचना पाटीमा कुनै सूचना टाँसिएको थिएन। प्रदि शिक्षा शाखामा पुगेर सोधे, “ कल्याण मा. वि. मा शिक्षकको लागि विज्ञापन खुलेको सूचना खै ?” शिक्षा शाखा प्रमुखको  जवाफ आयो, “यसको बारेमा हामीलाई केही जानकारी छैन यदि जानकारी हुन आएमा पनि हामीले केहि गर्न मिल्दैन सबै काम विध्यालय व्यवस्थापन समितिले गर्छ।  यहाँ सूचना पनि टाँस भएको छैन यदि सूचना देख्नु भयो भने हामिलाई जानकारी गराउनुहोला।

प्रदिप गम्न थाले, “मेरो नाम करार कोटामा भएर पनि मैले आवेदन दिन पाएन यो समाजमा योग्य क्षमतावान मान्छेको आवश्यकता रहेनछ यहाँ शक्ति हुनेहरु योग्य नभए पनि निर्णायक तहमा पुग्छन तर योग्य क्षमतावान हुदाहुदै पनि गुलामी गर्न नचाहने शक्ति विहिनहरु सधैं धकेलिन्छन; आफ्नै स्थानबाट विध्यालयमा शिक्षकको दरबन्दि खाली तर नियुक्ति प्रक्रिया लुकाइएको ! पहिलेको शिक्षकको कालगतिले मृत्यु भएको कुरा कसैले पनि लुकाएर लुक्ने खालको छैन

अन्ततः नारायण शिक्षक नियुक्त भए। उनले शिक्षक बन्नलाई चाहिने उमेर हद पार गरिसकेका थिए शिक्षक सेवा आयोगको परीक्षा दिएका थिएनन्,  कक्षा सञ्चालनमा प्रदिप जस्तो दक्ष पनि थिएनन् विद्यार्थीहरू निराश भए। प्रदि चुप लागे।

 

एक दिन, विद्यालयमा एक विद्यार्थीले प्रश्न सोध्यो, “हामीलाई किन योग्य शिक्षकबाट ञ्चित गरियो ?” त्यो प्रश्नले विध्यालय गाउँमा हलचल ल्यायो। शिक्षक नियुक्ति बिरुद्ध उजुरी र्यो छानबिन सुरु भयो। नियुक्तिमा माधवको हस्तक्षे प्रमाणित भयो। कमलाको मौनता निर्णय प्रक्रियामा त्रुटि मानियो। 

 

नारायणको नियुक्ति नियमविपरीत ठहरियो। प्रदिपको करार कोटा वैध बन्यो अन्ततः नारायणको नियुक्ति रद्द गरियो। प्रदि नयाँ शिक्षक नियुक्त भए। उनले पहिलो दिन विध्यालयमा हाजिर गर्दा भने,  शिक्षा केवल ज्ञानको कुरा होइन, यो न्यायको अभ्यास हो।


No comments:

Post a Comment

Ban on Rationality

My eyes are but of flesh,   no doorway to wisdom   is granted me.   Yet tell me—   though branded unreasoning,   I can still press forward, ...