Saturday, December 20, 2025

दोधार

बनाएको धरातल 

भत्काएर- 

नामेट 

अस्तित्व 

बन्धक राखेर विवेक

दासत्वको स्वीकार 

भन अझै देख्छौ र ? 

यति भएर मिले पछि तक्मा!

म तिमी भएँ । 

मेरो अस्तित्व तिम्रो 

वा तिम्रो अस्तित्वमा छु 

म ! 

कसले हटाइदेला 

यो दोधारको नियति ! 

No comments:

Post a Comment

गजल

अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो  जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...