Monday, December 22, 2025

द्वन्द्व उत्सव

गरौं कि नगरौं  

नगरौं—  

अन्धकारमा निदाएको दीपक,  

तेल छ - सल्किन चाहँदैन।  


गरौं—  

जस्तो नदीको तीरमा उभिएको छ

पानी छ - पिउन डराउँछ।  


जरूरत छ—  

जस्तो वज्रको गर्जन,  

आकाश शान्त छ।  


परम्परा—  

शिवको ताण्डवजस्तो,  

निर्माण गर्छ,  

विघटन गर्छ,  

पुनर्निर्माण गर्छ।  


एक हुल—  

यक्षहरूको जुलुसजस्तो,  

टोलाउँछ,  

गरौं कि नगरौं?  


कठिन परीक्षा—  

कालचक्रको घुम्ती,  

परीक्षार्थी खोज्दैन,  

परीक्षण गर्दैन,  

नियति लेख्छ।  


जीवन—  

जस्तो अर्जुनको द्वन्द्व,  

धनुष तानेर पनि  

छोड्ने कि नछोड्ने  

प्रश्नमै अडिएको छ:  

गरौं कि नगरौं।  


No comments:

Post a Comment

Birthday and Cake

  Sunil and Sadhana are still young. At home, even in their butterfly games, cakes play a role. They study in a private school. Along with t...