Tuesday, January 6, 2026

नाउ


घामको अभ्यूदयमा

विलुप्त वादल भन्छ 

शीतको उदयास्त -

होला सुनौलो वृति ?


चक्र निरन्तरता युगको 

अधिनस्त 

घटोत्कचको पैतलाले 

माटोमा विलिन - ओहो!


अपूर्ण उत्खनन् 

पूर्णत्वमा शून्य जागृत 

अनेकों योद्धिक फल 

शुन्यको लागि !


अनन्त मोह गृहमा -

उभिन खोज्नु छ 

दृश्य हिउँ बनोस् -

हातीको मुखमा  जिरा !


सम्प्रभुता ! उदेक लागेर 

किनारै किनारको यात्रा 

अहंकारको भिम‌काय चचट्टान 

प्रथना सभाको मौन।


सून्य - शून्यको यात्रा 

खोजको गर्भबाट 

शुन्य निस्कन्छ 

नाम रहन्छ - मौनता ।

No comments:

Post a Comment

दक्ष शिक्षक

आकर्षक नारा तयार भए । शुभकामना पत्र छापिए । सन्चालकहरु जम्मा भएर प्रधानाध्यपकलाई जिम्मा दिए – यो पटक एक सेक्सन बिद्यार्थी नयाँ शैक्षिक श...