लगाएर साना ठूला पर्खाल
नदेखिने कथनको हुँकार
भागमा सुखवर्षा पारी
नियती, गति र अवनती
हर्षले स्वीकार्ने ज्ञान ओखती
ओ! महामहिम ! कुन सिढि उक्लेर आयौ?
समान धर्साहरूको छेउ बसेर
निमोठ्दै गएपछि शिरबाट
बराबरको उचाई नाप्ला र ?
धुमिल व्याख्यानले कति दिन काटने ?
उल्झनमा लपेटेर कर्म
नामेट पारेपछि आधारहरु -
कुन पर्खाल भत्काएर हिडने ?
कति मिथक निर्माण गर्ने
कति पटक नामेट हुनुपर्ने?
बनाउनलाई तिम्रो उचाई!
विलाउनु पर्ने खुटकिलाहरुमा
पल पल दुख्नु पर्ने !
गर्व के गर्ने? उचाई कि धरातल ?
सम आधारमा विचित्रता
तिरस्कृत क्षमता - खुसी
अभाव कि भरिपूर्ण?
भाग्य कि विद्याता?
व्याख्यान कि सृजना?

No comments:
Post a Comment