Wednesday, January 21, 2026

तीन मुक्तक

                १ 

तिम्रा हरेक गल्ति माफ गरिदिएँ 

नगर कर अति माफ गरिदिएँ 


घुर्की, धम्की सहुँला अचानो बनी

आयु बढाउँ कति माफ गरिदिएँ ।


               

मायाका गल्ती क्षम्य हुन्छन 

कयौं अज्ञात  सौम्य हुन्छन 


तिमी आँट !  बढाउ कदम 

हौ साहस ! अदम्य हुन्छन ।



            ३

लैजाउ आँखा अनि सपना लैजाउ 

भुल्न लागेका पनि सपना लैजाउ 


बन्जर बसौँला फसल नहोला क्यै

बन सपनाको धनी सपना लैजाउ ।

No comments:

Post a Comment

आलोचनाबाट आरम्भ

 आध्यात्म र धर्म  गोलबद्ध गर्यो -  जस्तो हामी अक्सर गर्छौं !  अन्धकारको डोरी - सर्प  आवश्यक उज्यालोको जोहो -  तपमा आश्रित रहनु  परिश्रम कल्प...