Saturday, January 17, 2026

अस्तित्वको कम्पन


 

त्रासको परिभ्रमण

कम्पनको गन्धसँग

धैर्यताको परिक्षण

पराकम्पनको प्रतिक्षामा !

 

मौनतासँग डर साट्छु

कि तिमी पनि ?

यो ध्रुविय विभेद

हामी भित्र वा तिमी भित्र !

 

ब्रह्माण्ड उस्तै चल्छ

फरक मेरो वा तिम्रो पनि

अन्धकारमा यात्रा थाल्छु

अब तिमीलाई कसरी पढनु !

 

चट्टयाङको उत्पतिमा

पूर्ण शान्ति अनुभूत

ओहो! विवश तृषा

पिडाको पर्वत !

 

दुरी बढनु घटनु एकै

हुरी चल्नु रोकिनु एकै

कम्पन स्तीर्ण धीरत्व

यात्राको गन्तव्य के हो ?  

 


No comments:

Post a Comment

अस्तित्वको कम्पन

  त्रासको परिभ्रमण कम्पनको गन्धसँग धैर्यताको परिक्षण – पराकम्पनको प्रतिक्षामा !   मौनतासँग डर साट्छु कि तिमी पनि ? ...