श्मशानको
चण्डालले
नतमस्तक भई स्तुती गायो-
धन्य प्रभु!
कालको नियमित गति चल्छ !
मेरो झुपडीमा चुल्हो बल्छ ।
यि मान्छेहरू नमरे, ओहो!
भोकले निल्थ्यो-मेरा लालबाल !
अरुको चुल्हो बल्थ्यो ?
मुस्कान उदय हुन्थ्यो -
वा
मेरै अवसानले
उमङ्ग उजाडिन्थ्यो
दुई ध्रुवको!
यो आवृतिमा कति जोडिन्छन् ?
अभावले अनुकूल थप्यो
पिडामा अट्टहास हाँस्यौ-
भन्यौ । प्रभु! दया रहोस !
यो चक्रान्तको आयु कति होला ।
तिम्रो पुराण भन्छ कि -
के, के सजाय होला - यो कर्मको
कुन बाटोबाट यात्रा होला
एक अभावको
कुन स्वरूप लिन्छ होला?
सजाय के कस्तो दिन्छ होला ?
यो भन्दा कति अभाव थपिन्छ होला ?
जवाफ चाहँदैन! भयो !
बिराम लगाउनु छ यात्रामा !
सकिन्छ कि !

No comments:
Post a Comment