Thursday, January 8, 2026

श्मशानको स्तुती

 


श्मशानको 

चण्डालले

नतमस्तक भई स्तुती गायो-

धन्य प्रभु!

कालको नियमित गति चल्छ ! 

मेरो झुपडीमा चुल्हो बल्छ । 

यि मान्छेहरू नमरे, ओहो! 

भोकले निल्थ्यो-मेरा लालबाल !

अरुको चुल्हो बल्थ्यो ?

मुस्कान उदय हुन्थ्यो -

वा 

मेरै अवसानले 

उमङ्‌‌ग उजाडिन्थ्यो 

दुई ध्रुवको!

यो आवृतिमा कति जोडिन्छन् ?


अभावले अनुकूल थप्यो 

पिडामा अट्टहास हाँस्यौ-  

भन्यौ । प्रभु! दया रहोस ! 

यो चक्रान्तको आयु कति होला । 

तिम्रो पुराण भन्छ कि -

के, के सजाय होला - यो कर्मको 

कुन बाटोबाट यात्रा होला 

एक अभावको 

कुन स्वरूप लिन्छ होला?

सजाय के कस्तो दिन्छ होला ? 

यो भन्दा कति अभाव थपिन्छ होला ?

जवाफ चाहँदैन! भयो ! 

बिराम लगाउनु छ यात्रामा ! 

सकिन्छ कि ! 


No comments:

Post a Comment

छायाँको चोट

  विद्यालयको अन्तिम घण्टी बज्न बाँकी थियो। कक्षा आठको कोचिङ कक्षा भइरहेको थियो । बाहिर गएका केटाहरु हल्ला गर्दै कक्षामा...