Wednesday, January 7, 2026

विनासको बिउ

 


पहिचानको डाँडो 

आधार र आवास‌को आभा 

उघारेर लेक बेसी 

पृथ्वीको फन्को बनेको।


फोक्सोमा जडित 

नागवेली बाटो उक्लन्छ 

चिहान‌माधि परसम्म - 

गर्व गर्ने अज्ञान परिवेश !


एक रूपमा विकाश ? 

अज्ञात भू-स्वरूप 

ज्ञान शुन्य बैभवको 

विनासमा गर्व ?


अस्तित्व रक्षा तिरस्कार !

पञ्चक्लेशको घडा लिई 

मौलिक बन्ने चेष्टा - 

धिक्कार छ !


जीवन फूल्ने पर्यामा 

विनासको बिउ छर्दै 

बाँचेकोमा  हर्षबढाइँ 

निरर्थक लाग्दैन ?

No comments:

Post a Comment

गजल

अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो  जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...