Thursday, January 29, 2026

अनुसरण

 




हजुरहरुले मैले गरे जसरी गर्नुहोलामञ्चमा बसेको वक्ताले उपस्थित जनलाई सम्बोधन गरेको थियो । सबैजना मौन भएका थिए । उनिहरु मात्र आज्ञापालक हुन जस्तो भान हुन्थो । उनीहरुको मौनताले जिज्ञासा होइन प्रश्नको समेत घाँटी निमोठन सक्थ्यो । चेतन अवचेतन झैं भएको थियो । प्रश्न लिएर बस्नु कि प्रश्नको मृत्यु ।

 

पेटको आयतन बढ्यो । कामको चापसँगै मानसिक कार्य बाहेक शारिरीक कार्य विमुख बन्यो चेतन । पेशाले एक बैंकर । बजार र यसको गतिलो प्रभाव शरिरमा परेको थियो । साथीहरु तथा आफन्तले परिपक्कता तथा उन्नतीसँग जोडि हेरे । उसलाई पनि सुरु सुरुमा हो जस्तै लाग्थ्यो । एक साथीको हृदयघातका कारण मृत्यु र उसलाई जुत्ता लगाउन पनि स्टुलको आवश्यकता पर्न थाल्यो । उसले उन्नतीलाई अवनती बनाउन खोज्यो ।

 

धेरैले धेरै सल्लाह दिए । पहिलो प्राथमिकता खानाले पायो । घरमा टर्रो ग्रिन टि देखि तितो स्लिम टि भित्रिए । सबै बेकाम जस्तै बने । मर्निङ वाकले दोस्रो क्रम लियो । त्यो पनि त्यति प्रभावकारी बनेन । धेरै साथीहरुको रोजाइमा उ जिम जान सुरु गर्यो । जिम तथा डाईटले पनि खासै काम गरेन । हुन त कसरत भन्दा खाना बढेपछि शरिर उकाले चढने नै भयो ।

 

घरमा मामा आएको बेला चेतनको पेटको चर्चा उस्मिताले गरी । उहाँको पेट बढेर हैरान भै सक्यो मामा । छोरीले भाइ बाबाको पेटमा छ चाँडै निकाल्नु बाबा भनेर हरेक दिन हैरान बनाउन थालिसकी । उहाँले विभिन्न औषधि खाएर पनि काम लागेन भन्नुहुन्छभनेर मामालाई सुनाई । सबैजना मरिमरी हाँसे । चेतन लाजले रातोपिरो भयो । कुनै उपाए उपयोगि नबनेकोमा निरिह बन्यो ।

 

उसले मामालाई पनि पहिले पेटको सम्बन्धमा सम्पन्न देखेको थियो । अहिले उहाँको पेट लोलाउदै गए जस्तो लाग्यो । उसले मामालाई सोधिहाल्यो, “मामा हजुले लगाउनु भएको उपाय म पनि अवलम्बन गर्ने थिएँ । के हो राज बताउनुहोस । कुरा अब गम्भिर मोडमा पुगेको थियो जसरी मञ्चमा बसेको मान्छेले गम्भिर भएर सल्लाह दिएको थियो ।

 

मामाले योगकक्षामा जोडिन सल्लाह दिए । आफू निरन्तर योग गर्दा पेटको आयतन घटाउन सफल भएको मामाले बताए । बजारभरि विभिन्न ठाउँमा योगका कक्षाहरु सन्चालन भइरहेका छन् कुनै पायक पर्ने केन्द्रमा गएर नियमित योग गर्न सल्लाह दिए । मामाको सल्लाह शिरोधार्य भयो ।

 

चेतनले खोजविन गरेर पायक पर्ने केन्द्र र समय पत्ता लगायो । आफूलाई सहज लाग्ने ट्रयाकसुटमा योग केन्द्रमा समयमै पुग्यो । सायद केन्द्रको परिधान होला धेरैजसो लोग्ने तथा स्वास्नी मान्छेहरु एकैखाले पहिरनमा देखिए । थोरै युवावयका मान्छेहरु थिए । पाको उमेरका र रोगीजस्ता धेरै मान्छेहरु आए ।

 

 

एक जना मान्छे मञ्चमा बसे । योग कक्षा सुरु भयो । मन्त्रोच्चारण, राष्ट्रियगान पछि शुक्ष्म व्यायम सम्पन्न भयो । वक्ताले शरिरलाई चलायमान गराउने अभ्यास गराउन थाले । जानुसञ्चालनासन भनेर वक्ता बोल्दै खुट्टा चलाउदै थिए । सायद उनले लगाएको सुरुवाल खुकुलो भयो । उनले सुरुवाल माथि तान्दै व्यायम गर्न थाले । चेतनले त्यहाँ भएका मान्छेहरुमा अधिकांशले सुरुवाल तान्दै गरेको देख्यो । उसले पनि यस्तै गर्नेहोला भनेर आफ्नो ट्राउजर तान्न थाल्यो ।

No comments:

Post a Comment

अनुसरण

  “ हजुरहरुले मैले गरे जसरी गर्नुहोला ” मञ्चमा बसेको वक्ताले उपस्थित जनलाई सम्बोधन गरेको थियो । सबैजना मौन भएका थिए । उनिहरु मात्र आज्ञा...