बनेको अस्तित्व मेटाउने मात्र भेटिन्छन
भेटिन्छन बाटो देखाउने मात्र भेटिन्छन् ।
स्वयम् चलाउनु पर्छ गह्रुँगो यि पैंतलाहरु
सुखमा आउने रमाउने मात्र भेटिन्छन् ।
भत्किनु पर्छ उभिनु पर्छ कयौं पलहरू
आधारमा भार टेकाउने मात्र भेटिन्छन् ।
मुखमा राम बगलीमा छुरा भाको दुनियाँ
अनेकौं तरहले लखेट्ने मात्र भेटिन्छन् ।
एक्लै एक्लै कर्ममा पिल्साएर जीन्दगीलाई
खुसी आफ्नो नाम लेखाउने मात्र भेटिन्छन् !!
अन्धकारको गर्भमा रोसनी जागि प्रज्वल
इतिहास आफ्नो बनाउने मात्र भेटिन्छन् ॥
No comments:
Post a Comment