Tuesday, July 22, 2025

ऋण मुक्ति र कविका गाथा


 

साल, कर्णालीको शिलाबासगाउँ। सरकारी ऋणमोचन अभियान चलिरहेको छ, तर गाउँ बौद्धिक र सामाजिक द्वन्द्वमा फसेको छ। सरकारले कृषकहरूको ऋणमुक्ति अभियान घोषणा गरेपछि गाउँमा २० वर्षदेखिक कर्जा समाप्त गर्ने प्रयास हुन्छ। तर समस्याको मूल पैसा मात्रै होइनगाउँको चेतनामा भरिएको 'ऋण' हो। धिताल जस्ता यथार्थवादीहरू जो "कविता पढेर पेट भर्दैन" भन्दै भाषिक कला र साहित्यलाई तिरस्कृत गर्छन्  । उनलाई साथ दिने केही पात्रहरु सँगै छन। अर्कोतिर प्रज्वल विद्यार्थीसँग भाषा र संवेदनाका खेती गरिरहेका छन्। उनलाई भाषा जोगाउनु छ हरेक मनमा कोमलता भरेर काव्यको रस्वादन गराउनु छ र मुक्त पार्नु छ गाउँबाट भोक, रोग, अशिक्षा, गरिबी तथा उठाउनै नसकिने ऋणको भारी ।

अब गाउँमा कविता होइन, कर्जा छुट हुने कुरा गर ! फाँटको धान बेच्न नपाउनेले कविता लेखेर के अर्थ?”  धितालले टोल सभामा उठेर भने। प्रज्वल चुप लागे। तर दत्त, कक्षा ८ मा पढ्ने बालक, गला सफा गर्दै उठ्यो—  “धिताल काका, म कविता लेखेर आमालाई हास्न सिकाउँछु, त्यो ऋणमुक्तिको पहिलो पाइला होइन र ?” सभामा हल्का हाँसो गुञ्जियो। धिताल झन् झस्किए। 

बकबास ! अबदेखि यो गाउँमा र स्कुलमा कविता लेख्ने र कविताका कुरा गर्ने होइन, ब्याज छुटबारे पर्चा लेख! तिम्रा बाआमाले लिएको ऋण कति भएको थियो र त्योबाट किन छुटकरा पाउनु पर्ने छ त्यसमा चिन्तन गर

नमूना माविको छुट्टी भइसकेको थियो। झ्यालका काँचहरू हावाको सुस्केरा सुन्दै कम्पन गरिरहेका थिए प्रज्वल कक्षाको कुर्सीमा चुपचाप बसेका थिएआँखा टोलाउँदै। बिहानको टोलसभा अझै कानभित्र गुञ्जिरहेको थियोविशेषत: धितालको आवाज:कविता पढेर पेट भर्दैन!

 त्यो बेला भित्रबाट दत्त आएको थियोकानसम्म पसिनाले भिजेको, तर हातमा जोरसँग कागज समातेको मुठा समातेको

सर, मैले लेखें…”

प्रज्वलले मुस्कुराउँदै हात लम्ब्याए। कागज फुर्सदमा थिएन। शब्दहरू चिच्याइरहेका थिए

आमाको हातमा गाँठो हुन्छ 

 त्यो देखेर म अक्षर गन्छु 

 बाउको ऋणमा डुबेको खेत 

 कविता भएर फिर्छु

यो कविताले ऋण तिर्छु

 

प्रज्वललाई केही भनौं भनौं लाग्यो। तर आँखा रसाए मात्र।

---

 घर फर्कंदा उनले छातीभित्र गहिरो घा महसुस गरे। कक्षा ८ को बालकले ऋण, मजदुरी, र कविता तीनैलाई एउटै श्वासमा तानेको थियो।

 धितालजी, तपाईंले महसुस गर्नुहुन्छ तकविता भनेको चियो गर्न खोज्दै खेतको मुरी गन्दै जानु हो,” प्रज्वलले मनमनै सोचे।

त्यही रात उनले विद्यालयको भाषा यात्रापुनः सुरु गर्ने निर्णय गरेजहाँ विद्यार्थीहरूले हरेक साता कविता, कथा, वा चिठी लेख्ने थिए।

---

 एक दिन धिताल विद्यालय परिसरमै आइपुगे। उनले पर्खालमा टाँसिएको दत्तको अर्को कविता देखे

 धिताल काका भन्नुहुन्छलेखेरै केही हुदैन 

 तर म त लेख्दै बाँच्छु,

मनैको भोक मेटिन्छ

 

धिताल रिसाए। प्रधानाध्यापककहाँ उजुरी गरे—“यो कस्तो नमूना विध्यालय हो ? यहाँ पढाउने होइन कि भावनामा भुल्न सिकाउने, कस्तो अभ्यास चलेको छ ? भावनामा भुलाउने शिक्षण ले कसरी गरिब निमुखाको पेट भर्न सिकाउछ ? बडो भावनामा बहकाएर कविता उराल्ने!

त्यस रात गाउँमा हल्ला फैलियो—“कविता लेख्नेले सरकारी राहत गुमाउने ?”

---

दोस्रो दिन प्रज्वलले भुषाल बुढालाई बोलाए। उनी पुराना दिनका साक्षी थिए। बुढा बा, तपाईं के भन्नु हुन्छकविता सही हो कि ऋणमुक्ति सही?”

 

भुषाल बुढाले हाँस्दै भने  “बाबु, ऋण कर्जा मात्र होइनकविता नबुझ्ने मनपनि ऋणमै हुन्छ।  किसान र कवि दुवै माटोमा रम्छन्अन्तर यति हो, एक जनावर जोत्न जान्छ, अर्को शब्द।

---

 

शिलाबासको चौतारीमा बिहानैदेखि मानिसहरूको घुइँचो थियो। धितालको आवाज गुञ्जिरहेको थियो—“गाउँ बचाउनु छ भने हल्ला होइन, हलो चलाउनु पर्छ! उनको पछाडि उभिएका थिएकृष्णबीर, रामलाल, अनि मानबहादुर जसले पछिल्लो हप्ता सरकारी ऋण फिर्ता फारम भरेका थिए। अबदेखि स्कुलमा कविता, गजल लेखे शिक्षकहरू कारबाहीमा पर्छन्!धितालले घोषणा गरे।

सदानन्द मुस्कुराए। कान फन्क्याएर भने—“धिताल भाइ, कविता लेख्नेको हात बाँध्न मिल्दैन, ओठमा ताला लगाएर कविता मर्दैन।

तर धितालको गह्रो स्वर फेरि आयो—“गाउँको ट्यांकी फुटिसकेको छ, काव्यमा पानी चाहिन्छ भन्नु के हो!

---

शुक्रवार, विध्यालयमा बिहान कक्षा ८ का विद्यार्थीहरू चुपचाप थिए। दत्तले कविता कोरेको पाना झोलामा राखेको थियो, तर झिक्न डराउँथ्यो। प्रज्वल कक्षामा प्रवेश गर्दा कुनै आवाज उठेन।

 

आज कविता लेख्दैनौं है?” उनले सोधे।

कुनै हात उठेन। एकछिन मौनपछि भित्रबाट लोग रावलले भने—“सर, हिजो आमाले भनिन्धितालको रिसले काँप छुट्छ।

 

प्रज्वल चुपचाप भए। त्यस दिन स्कुलको बोर्डमा पहिलोपल्ट काव्यमौनलेखिएको थियो।

---

 

त्यसै बेलुकी सदानन्द, हरी, र भुषाल बुढा प्रज्वलको घर आए। सानो चर्पीघरको छानामा बसेर उनीहरूले चियाको कपमा कविता र आन्दोलन मिसाउन थाले।

 

हामी नयाँ प्रयोग गर्छौं,” हरीले भने, “बालकहरू कवि छन्, हामी त माध्यम हो। भित्तामा फेरि कविता टाँसिन्छ,” प्रज्वलले भने, “र योपटक हस्ताक्षर गाउँहुनेछ।

---

 

तिन दिनपछि गाउँको सार्वजनिक सूचना बोर्डमा एउटा नयाँ कविता टाँसिएको थियो

 

 “ऋण फिर्ता लाज हैन 

 तर सम्झनाको मुल्य सस्तो भयो भने 

 माटो पनि चुप लाग्दैन 

 कविता त बोली हो— 

 हाम्रो भाषा, हाम्रो विरोध

हाम्रा आवाज बन्द हुदैनन्

जबसम्म यो प्रकृति चलायमान भइरहन्छ,

हामीलाई कविताले प्राणवायू दिन्छ

विचार दिन्छ,

तागत दिन्छ

 

सुचना बोर्डअगाडि मानिसहरू भेला भए। धिताल बिहानै त्यहाँ पुगे। कविता पढे। अनि एकछिन मौन बसे।

 

त्यही बेला दत्त अगाडि आयो, उसले कापी देखाउँदै भन्यो—“काका, अब तपाईं चाहनुहुन्छ भने तपाईंका खेतको वर्णन पनि कवितामा गरुँ। तर त्यो बिक्दैनबाँचिन्छ। धितालले केही बोलेनन्। कापीमा आँखा गाडे। त्यो दिन चौतारीबाट कविता हटाइएन।

---

साउनको पहिलो बिहानी थियोशिलाबासको आकाश खुलेको थियो, तर गाउँको मन अझै पुरै खुलेको थिएन। केही दिनअघिको कविता निषेधको घटनाले धेरै बालबालिकाको मनमा डरको सन्देश बोकेको थियो। तर सानो अघोषित चेतावनीमाथि एउटा प्रतिबिम्ब जन्मिँदै थियोशब्दहरू फेरि बाटो खोज्दै थिए।

---

 

एकदिन नमूना विध्यालयको भित्तामा टाँसियोठूला अक्षरमा: शब्द उड्छन्, भाव बाँच्छशिलाबास काव्य महोत्सव आउँदैछ!

आयोजक: कक्षा ८, ९ र १० का विद्यार्थी 

संयोजन: प्रज्वल 

अतिथि: भुषाल बुढा, मानबहादुर, र गाउँका स्रष्टाहरू

 

धितालले यो देखे। पहिले जस्तो चर्किएनन्। बरु मुस्कुराउँदै भने—“हेरुँ अब कविता पेट भर्न सक्छ कि सक्दैन।

---

 

गाउँकै ठूलो पीपलको चौतारीमुनि मञ्च बनाइयोथरथराउँदो बाँसका पोलहरु, घाँसको झुप्रोमा टाँगिएको व्यानर र पृष्ठभूमिमा कविताका लागि बाँच्नेहरु लेखिएको थियो।

 

शुरुआत दत्तको कविता वाचनबाट भयो। उसले भन्यो

 

 गाउँको ऋण जब बकस भयो 

किताब किन्ने रहर पलायो 

खेतका छातीमा अक्षर छर्छु 

कविता अब विउ बनयो

उमार्ने छु अनेकौ रुपमा

पठाउनेछु बजारमा

आयो मेरो कविता आयो

लैजानुहोस आफ्नो अनुकुलका

प्रेमीका लागि श्रृङ्गारिक

क्रान्तिकारीका लागि प्रगतिशिल

यथास्थितिमा रहनेका लागि पनि छन

स्टलमा राखिएका कविता

धिताल काका! तपाई खेतको कविता लिने वा

किसानको कविता?”

 

त्यसपछि लोग रावलले बोले

परदेशी हुँदा भाषै हरायो,

अब गाउँ फर्केर फेरी

कविताबाट पहिचान खोज्दैछु।

म कसलाई भनुँ

मेरो परिचय मेटेको पाटो

कसले सम्याईदिन्छ ?

 

धिताल कार्यक्रमको पछिल्लो छेउमा चुपचाप बसेका थिए। हरीले उनकै बारेमा लेखेको कविता पढ्न थाले

 “उहाँले भनिदिनुहुन्छकविताको काम छैन 

 तर बिहानै उठेर गीत गुनगुनाउनु छ

लाग्छ फेरी

यस्ता कालजयी गित बन्नु पर्छ 

बालकहरू आहारा खोज्छन् भावमा 

उनलाई साहार दिनु छ

उहाँको आँखामा पनि शब्द बग्दछ

तर चाल नपाएर

शब्द शब्द नै रहन्छ

कि कुनै दिन गित बन्ला ?”

 

धिताल गम्भीर भए। ताली नरोकिने बेलासम्म उनी केही बोलेनन्। तर जाँदाजाँदै भुषाल बुढासँग भने—“यी बालकहरू कवि मात्र हैनन, ठूला र महान किसान हुनआशाको।

---

महोत्सवको अन्त्यमा हरेक विद्यार्थीले एउटा शब्द आकाशमा पठाउने प्रस्ताव भयो। उनीहरूले रंगीन कागजमा कविता लेखे, चङ्गासँग बाँधे। चङ्गा उड्न थालेशब्दहरू आकासोन्मुख भए।

 

दत्तले आफ्नो चङ्गामा लेखेको थियो

 

पेट भर्न सक्छ कविता होइन

तर मन बाँच्न त चाहिन्छ नि श्वास..

म हरेक स्वासमा कविता भर्छु

भन्नुस-

यसलेतपाईको प्राणमा आयाम भर्छ ?”

 

प्रज्वलले त्यो दृश्य हेरिरहेका थिए। उनी मुस्कुराए। नभन्दै, धितालले उनीसँग हात मिलाउँदै भने—“अब लाग्छ कविता बेकार छैन प्रज्वल–  त्यो चङ्गासँग उडेको भरोसा मैले देखे।

---

 

शिलाबासको दिउँसो सुस्त थियो, तर धितालको मनमा आँधी चलिरहेको थियो। कविता महोत्सवको दृश्य उसले मनबाट हटाउन सकेको थिएनन्बालकहरूको जोश, प्रज्वलको मौन समर्थन, अनि आफ्नै मनभित्रको केही अनौठो कम्पन। राति बलेनी नजिक बसी उसले एउटा कागजमा केही शब्द कोर्न थाले ।

 

जसोतसो जोतेको खेत 

 जस्तोसुकै मौसमी व्यथा 

 म मान्दिनथें भावनाको खेती 

 आज भने म सानो बिरुवा जस्तो छु— 

 शंका र सम्झनाबीच उम्रँदै गरेको

कसैको गाईवस्तुले चर्छ कि

मैले उमार्दै गरेको शब्दको बिउ

म यसलाई के नामले पुकारुँ

के यो कविता त बन्दै छैन।

 

नी स्तब्ध भएखेझैँ लागेन, उम्किएका जस्ता लागे। शब्दहरू उसले सधैं चिन्दा टाढा राखेका आवाजजस्ता थिए। शब्दमा प्राण छ जस्तो लाग्यो र लाग्यो आफ्नै आत्माको आवाज बोलिरहेका छन निर्जीव जस्ता जीवित शब्द ।

---

 

अर्को दिन बिहानै धिताल प्रज्वलको कोठामा आइपुगे। खल्तीबाट त्यो कागज निकालेर टेबुलमा राखे। यो... मैले लेखेँ। कस्तो भयो?”

 

प्रज्वलले पढेशब्द सरल थिए, तर बीजरुपी। उनले मुस्कुराउँदै भने—“धितालजी, तपाईंको यो लेखन त खेतभन्दा पनि गहिरो ठाउँमा जोतिएको जस्तो छ।

 

धिताल पग्लि—“मैले पहिला लेख्न नसक्ने ठानेको थिएँ। साँच्ची भन्नु त, जब दत्तले कविता सुनायो, मलाई लाग्यो, म केही छुटाइरहेछु।

---

 

त्यो दिन कक्षा अन्त्य हुँदै गर्दा प्रज्वलले धिताललाई हलमा लगे। दत्त, हरी, लोग र अन्य बालबालिकाहरू त्यहीँ थिए।

काका, तपाईंले लेख्नुभयो?” दत्तले चलाख आँखा झिम्क्याएर सोध्यो। आहा, त्यो अब मेलामा पढ्नुपर्ने हुन्छ! सबै तालि बजाउदै हाँस्न थाले। धिताल पनि हाँस्न थाले ।

---

 

साउन सकिंदै थियो। शब्दहरू अब गाउँको सासमा मिसिन थालेका थिए। कक्षा १० का छात्राहरूले अब आफ्ना हजुरआमाहरूका कुरा कविता बनाउँदै थिए—‘फूल नचिन्ने गीत’, ‘गोरुको नामहरू’, ‘बीउ थन्क्याउने मन्त्र’, ‘मेरो गाउँको भूत’………

 

धितालले दोस्रो महोत्सवमा आफूले लेखेको कविता पढे।

 

 “कृषक थिएँ, यथार्थमा अडिएको 

 कवि भएँ, माटोले सिंचेको

 ऋण माफ भयो भनेर कागज आए 

तर यि शब्दहरू— 

उनीहरूले मल दिएजस्तै लाग्छ

अब उमार्ने छौ जीवन

प्राण दिएर

प्राण बचाउन ।

---

 

कविता सकिँदा मौनता थियो। त्यो मौनतालाई भुषाल बुढाले टार्न खोजे धिताल भाइ, अब लाग्छकविता यति गहिरो हुन्छ कि ऋण पनि फेरि व्याख्या गर्नुपर्छ।

---

 

शिलाबासको सुक्खा हावा फेरि कागज लिएर बग्न थालेको थियोतर यसपटक त्यो कागज ऋणछुटको प्रमाणपत्र थियो, जसमा सरकारी छाप लागेका अक्षरहरू थिए। गाउँमा हल्ला फैलिएको थियो—“अब सरकारी लेखापाल आउँछ, सबक ऋण माफ हुन्छ।

गाउँलेहरू बेफुर्सदी थाप्लो समाउँदै बोल्थे, “अब कर्जा सकिन्छ, अनि छोरालाई स्कूल पठाउँछु।तर केही कागज चुप थिएकसैको बाबुको नाम अलपत्र थियो, कसैको ऋणको हिसाब हराएको।

---

एक बिहान शिलाबासमा बुट बजाउँदै सरकारी कर्मचारीको टोली आयोदुईजना कर्मचारी, एउटा मोबाइल प्रिन्टर, एउटा सरकारी टेबल। धिताल उनै टेबलको छेउमा पुगेर भने

तपाईंहरूले त भन्नु भो, कागज हेर्न आउनु पर्छ। कागज त हाम्रा आँखा हुन्। बाँकी लेख्न त हामी बालकहरूलाई दिउँ” 

कर्मचारी हाँसे र भने, “कवि त तपाईं पो हुनुहुँदो रहेछ, गाउँ कविहरुले बर्बाद गरे भन्दै उजुरी गर्न आउनुभएको थियो!

धिताल केहि नबोलेर मुसुक्क मुस्कान दिइ गाउँतिर लागे ।

---

अहिलेसम्मको सबैभन्दा अनौठो दृश्य त्यसबेला देखियो, जब सरकारको ऋण माफीकागज वितरण सुरु भयोत्यहाँ एउटा उक्ति लेखिएको थियो

त्यो खेत बाँझो थिएन

कविता सुतेको थियो

अब ऋण ठेपछि

शब्द उम्रन्छ

र हामी फेरि हलो र हरफ एउटै पंक्तिमा समाउँछौं।

 

दत्त त्यो कागज पढेर चिच्यायो—“सर, तपाईंको कविताको लाइन हो त यो!

प्रज्वल मुस्कुराए

शब्द उडाउँदा

जति पनि आकाशले फर्काउँछ,

सायद यही फर्किएको हो।

---

 

पाँच दिनपछि विद्यालयको भित्तामा गाउँलेहरूले आफ्नै ऋणछुटकागजहरू टाँस्न थालेतर हरेक कागजमा उनीहरूले आफ्नै वाक्य थपेका थिए:

 

-कृष्णबीर: ऋण त फिर्ता भयो, तर अब गरिबीलाई कवितामा गरौँ। 

- मानबहादुर: कागजले बल्ल मलाई बोल्न दियोम प्रेमी होइन, पुस्तकमै थिएँ। 

- लोग रावल: परदेशमा पैसा थियो, गाँउमा हरफ हराएको रहेछु। 

 

त्यो दिन गाउँलेले नमूना विध्यालयमा कागजको भित्तो मात्र बनाएनन्त्यो एउटै पाठशाला थियो, जहाँ हरेक व्यक्ति लेखक थियो, पाठक थियो।

---

 

धितालले आफ्नै कागजमा लेखे

 

बीउ सदाबहार रहेछ 

यात्रा थालिएन छ, बुझ्न सकिन 

अब म किसान मात्रै रहेनकवि पनि हो 

जसले खेतमा अक्षर राख्छ

उमार्छ हरेक गराका आलीमा

युग उद्वेलित गर्ने विचारहरु

 

भुषाल बुढा मुस्कुराउँदै चिया पिउँदै थिए, अनि सुस्त आवाजमा भने

यो हो गाउँको ऋणमोचन

जहाँ शब्दले छुट गर्छ,

आत्मा बाँच्न थाल्छ।

 

शिलाबासको भित्ताहरू अब चुप थिएनन्त्यहाँ शब्दहरू उम्रिरहेका थिए, बिउ झैँ। ऋणमाफीका प्रमाणपत्रहरूले यति अर्थ बोकेको कहिल्यै देखिएको थिएन। त्यो अर्थ न पैसामा सीमित थियो, न जमीनमात्यो आत्माको भाषा थियो। 

----

विद्यालयले नयाँ कार्यक्रम घोषणा गर्‍यो – “कविता कर्जा संग्रहालय स्थापना।

 

---

 

विद्यालयको पर्खालछेउ एउटा खाली कोठा थियोबढी न त लामो, न चौडा। त्यहीँ दत्त, हरी, लोग र बाकी काव्यप्रिय विद्यार्थीहरू भेला भए। प्रस्ताव थियो: - गाउँलेहरूले पाएको ऋणमुक्ति कागजलाई साथमा राख्दै आफ्नो अभिव्यक्तिएक पंक्ति कविता, चिठी, वा सम्झना लेख्ने। 

- त्यसपछि त्यही शब्दलाई काठको खापमा टाँस्ने। 

- प्रत्येक खापा एउटा बीउ हुनेछसम्झनाको, आत्माको।

 

धितालले यो सुनिरहँदा गहिरो सास फेरेर भने - “बीउ चाहिँ अब शब्दबाटै आउँछ।

---

मानबहादुरले सधैं प्रेमपत्र लेखेर गुजारा चलाउने गरेको कथा विद्यालयमा धेरैलाई थाहा थियो। उनले खापामा लेखे

 “ऊ फर्किएकी छैन, तर ऋण माफ भएपछि

 म उसलाई अब शब्दविना चिठी लेख्न सक्ने भएको छु।

 

त्यो पंक्ति पढेर प्रज्वलले भने—“मानबहादुरका चिठीहरू पनि संग्रहालयक अमूल्य सम्पत्ति हुन्।

---

कक्षा ५ का सानसाना बालबालिकाले चित्र बनाउने थाले

- एउटा चित्रमा ऋणपत्रलाई फूल बनाइएको थियो। 

- अर्कोमा बाउछोरी मिलेर कविता लेखिरहेका देखिएका थिए। 

- लोग रावलको भाइले बिन्ती लेखेको थियो: "शब्दहरूसँग समय नाफा बाँडौं।"

सङ्कलित सामग्रीलाई गाउँकै पुरानो रैनादेवी चौतार नजिकको परालले छाएको कोठामा राखियो। कोठाभित्र झुण्ड्याइएका थिए

 

- बीउ झैँ कविता टाँसिएका फुलो कागज 

- माटोको जारभित्र राखिएको "पहिलो बाउले छोएको चिठी" 

- एकजना विधवा आमाले लेखेक एक लाइन कविता - “ऋण त माफ भयो, अब त नातिको सपनाको ऋण बाँकी छ।

सङ्ग्रहालयको ढोका माथि लेखिएको थियो – “ऋणको फिर्ती प्रमाण होइन, शब्दको बीउ राखिन्छ.”

---

संग्रहालय उद्घाटन भएको रात एक किसिमले सांस्कृतिक मेलाजस्तै भयो। दत्तले कविता वाचन गर्‍यो, मानबहादुरले चिठी पढे, प्रज्वलले बालकहरूको कविता सङ्कलन पुस्तकको घोषणा गरे - “शब्दऋणको स्मारक

 

धिताललाई त्यो साँझ कोठाभित्रको एक कना निकै मोहक लाग्योत्यहाँ एउटा खापा थियो, जसमा दत्तले लेखेको थियो:

गाउँको ऋण फर्काउँदा

आकाशको ऋण भुल्न हुँदैन— 

 कविता त्यही आकाशको एक बाँजो लहर हो।

 

धिताल आँखा भिजाउँदै मुस्कुराए। अब साँचो ऋणमोचन त यतै हुदोरहेछ,” उनले सुस्त स्वरमा भने।

---

 

वर्ष ८०। नेपाल सरकारले देशभरका विद्यालयहरूमा संवेदनशील अभिव्यक्ति र मातृभाषासंरक्षणअभियान सुरु गर्‍यो। नाम थियो – “शब्दमुक्ति वर्ष। जब समाचार शिलाबास आइपुग्यो, मानिसहरू मुस्कुराएकिनकि उनीहरू पहिले नै त्यो अभियानको अन्तरात्मा बाँचिरहेका थिए। उनिहरुले बाँचिसकेको समय देशले अंगिकार गरिरहेको थियो । उनीहरुले आफू देशभन्दा केहि कदम अगाडि बढिसकेको महसुस गरे ।

शिलाबासको सानो कविता कर्जा संग्रहालयअब स्थानीय सरकारले आधिकारिक मान्यता दिएको थियो। उद्घोषणा कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले भने -

शब्दहरूले ऋणमुक्तिको लागि

अवधारणा बने

नयाँ परिभाषा बोकेर

प्रदेशमा छाउनेछन्

यो संग्रहालय हो

अब प्रदेशउत्कृष्ट

शैक्षिक नवप्रयोग घोषणा गरिन्छ।

 

त्यो दिन दत्त, मानबहादुर, र लोग रावलको आत्मा झनझन चम्किएको थियो। धितालले मुस्कुराउँदै भने - “अब त कागजमा लेखेर मात्रै होइन, बिउ रोपेर पनि कविता उमारिन्छ।

 

---

 

धिताल, जो पहिले कविता बेकारभन्थे, अब विद्यालयसँग मिलेर एउटा खेत छुट्याउँथे - त्यस खेतमा हरेक अनुबन्धित किसानले एक अक्षर लेख्ने चलन सुरु भयो। खेतको छेउमा टाँसिएको बोर्डमा लेखिएको थियो

यहाँ बीउसँगै शब्दहरू रोपिन्छन्

फसल प्रेम, स्मृति, र नासोको हुन्छ

के तपाईको नासो पनि छ?

आफै सुरक्षा दिनुहुन्छ वा

हामी सुरक्षित गरिदिउँ?”

 

विद्यार्थीहरूले बीउ रोप्दा त्यसको छेउमा एक पंक्ति कवितालेखे। जस्तै-

 

- दत्त: धानको मोल थाहा छ

आँखा बिथोल्ने घाटा मोल्न सक्दिन।” 

- लोग रावल: परदेशको पसिना फिर्ता ल्याउने च्यानल

- भाषा!” 

- मानबहादुर: प्रेम त रोपिन्थ्यो,

कविता भएर टिपिन्छ अब।

---

 

एक दिन विद्यालयमा शिक्षा मन्त्रालयबाट चिठी आयो। शिलाबासको नमूना मा.वि.कविताकर्जा संग्रहालयलाई राष्ट्रिय शिक्षासंवाद ८१ मा प्रतिनिधित्वका लागि आमन्त्रण।

 

प्रज्वल भावविह्वल भए। उनले सोचेदुई वर्षअघि कविता लेख्दा दत्त डराउँथ्यो, आज ऊ राष्ट्रकै प्रतिनिधि भएको छ

उनीहरूले तयारी सुरु गरे। विद्यार्थीहरूको संयोजनमा बन्यो नारा - “ऋण होइन,

आशाको कागज लेखौँ।

हाम्रा शब्दहरू मात्र होइन,

देशलाई ऋणमुक्त पारौँ।

एक्लै यात्राले थकाउछ

आउ, सबै मिलेर सँगै बढौं

 

---

साउन १ गते। गाउँलेहरूले शब्दमुक्तिको उत्सवमनाए।

 

- छोरीहरूले मातृभाषामा कविता वाचन गरे। 

- बाआमाले गाएका लोक गीतहरू रेकर्ड गरियो। 

- अन्त्यमा, हरेक व्यक्तिले आफूले कसरी शब्दले छुट पाएको हो भन्ने एक लाइन लेखे।

एक वृद्ध आमाले लेखिन् - छोराको मरणपछिको चुपलाग्दो सास-

     कविताले बल्ल खोलिदियो।

---

 

प्रजन्य खेतको डिलमा एउटा शिलालेख बनाइयो। त्यहाँ एउटै पंक्ति लेखियो - जब ऋण फर्क्यो शब्दबाट, देशको आत्मा मुक्त भयो

 

प्रज्वल, धिताल, भुषाल बुढा, र सम्पूर्ण गाउँका मान्छेहरू त्यहाँ उभिएर एकछिन मौन रहे। त्यो मौन अब विरोधको थिएनसंवेदनाको थियो। परिवर्तनको थियो। स्वतन्त्रताको थियो।

 

 



Sunday, July 13, 2025

पुरानो स्कुल

 






बिहानको झरीसँगै स्कुलको गेट ढिलो खोलिएको थियो। दामोदर सर छाता समाउँदै, हिलै हिलोको बाटो छिचोलेर गेटमा पुगे। गेट खोल्ने सुरे परैबाट चिच्याउँदै आइरहेको थियो, “आज धेरै ढिला भयो हजुर!दामोदर सरले मुस्कुराउँदै भन्नुभयो, “ढिला त सधैं हुन्छ नि यहाँ... बदलिएको  केही छैन।

 

स्कुलभित्र छिरेपछि उनको नजर सीधा दश कक्षातर्फ गयो। कक्षामा विद्यार्थीहरू गफमा व्यस्त थिए । टेबुलमा मोबाइल छरपष्ट राखेका । झ्यालमा टुटेको काँच, अनि भित्तामा बेरिएको टेपले जोगाइएको पुरानो पोस्टर। युगल बसाइमा रमाएका किशोरकिशोरिहरु BF, GF पढिरहेकालाई A to F पढाउनु सास्ती हो,” उनलाई लाग्यो।

एक समय थियो, जब उनी शिक्षणमा रोमाञ्चित थिए। पाठ्यपुस्तकको हरेक अध्यायमा उनले भाव देख्थे। त्यो भाव पछ्याउने विध्यार्थी थिए । तर आजकलको शिक्षणमा शब्दका गहिराइ होइन, निष्क्रिय पुनरावृत्ति भएको छ 

 

विध्यालय व्यवस्थापन समितिको बैठक थियो राजनीतिक कार्यकर्ता स्कुलमा पसे, नाराबाजी गर्दै। शिक्षा सुधारका लागि होइन, पद प्रतिष्ठाको लडाइँ थियो त्यो। दामोदर सरको आँखामा  निरीहता छायोकहाँ गए ती आदर्शहरू?

 

स्कुलको स्रोतसाधन कहिले हरायो, कहिले टुट्यो। छात्रावासको कोठा खाली, धारो सुक्खा, शौचालयको गन्धले सास फेर्न सकस। कार्यालयमा बसिनसक्नुको फोहर । झिँगाहरुको विगविगी । शिक्षकहरू मनोमानी पढाउँथे, जिम्मेवारी टार्दै। समाजबाहिरको चासो त झन् सगरमाथा जस्तो टाढा लाग्थ्यो। उनमा नैराश्यता छायो । खल्ती छामे घर सम्झिए ।

 

त्यही स्कुलमा एउटा चञ्चल विद्यार्थी थियोआकाश। उसको उपस्थितिमा अनियमितता थियो, तर भित्री छटपटी साँच्चिकै गहिरो। उसले दामोदर सरको कक्षा हेरेर मनमनै सोच्थ्यो, “शिक्षक त दुःखी छन्, अझै आशावादी पनि छन्।

 एक दिन, दामोदर सरले गीत लेख्नुभयो— 

अब पिर लाग्न थाल्यो, छैन र यो स्कुल बिग्रेको,

सबैले साथ दियौ भने बनाउँछौं हामीले भनेको। 

 

त्यो गीत स्कुलको भित्तामा टाँसियो। विद्यार्थीहरू ठट्टा गर्थे, कर्मचारीहरू बेवास्ता, तर आकाश भने चुपचाप पढ्थ्यो त्यो गितको अन्तरा हरेक दिन। एकदिन उसले बाबुसँग भन्यो, “अब म स्कुल नियमित जान्छु। दामोदर सरको गीतले मलाइ पोल्यो

 दामोदर सर त्यो दिन साँझ घर फर्कँदै गर्दा सोच्न थाले, “शब्द मात्र होइन, विचार पनि प्रभावशाली हुँदो रहेछ।त्यस दिन उनले पहिलोपल्ट अनुभूव गरेबदलावको बीउ रोपिसकेको छ, त्यो बीउ अब अंकुरिन चाहन्छ।




Saturday, July 12, 2025

सौता

 


म सन्जुमाया, चौधबिसको हिमाली छायाँमा हुर्केकी एक बुहारी। म यहाँको हावापानी, पहाड र पाखालाई प्रेम गर्छु, यसमा जीवन देख्छु र जीवनका तरेलीमा शैर गर्छु। जीवन सधैं पहाडजस्तो सुन्दर हुँदैन रहेछ। मेरो वैवाहिक जीवनमा पनि कयौं शरद उदाए र अस्ताए, वसन्तको पर्खाइमा।

श्रीमान शङ्कलालले मलाई बिहे गरेर ल्याउँदा म सपनामा थिएँ—घर, परिवार, आत्मीयता र एक शुन्दर भविष्य। तर सपनाको रंग सासु सरस्वतीको सौता प्रतीको घृणाले चुँडिदिएको रहेछ।

दाजुभाइको अंश विभाजनपछि शङ्कलालका बुबाले दोस्रो विवाह गरेका थिए। नान्कली पहिलो श्रीमती, सौता धनदेवी दोस्रो। बाबु बितेपछि धनदेवी छुट्टै बसिन्। तर नान्कलीको हृदयमा छुट्टिनु भनेको अन्त्य भएन, विरोधको शुरुवात भएको रहेछ।

मलाई थाहा थिएन, सासु मलाई बुहारी मात्र होइन, एक हतियारको रूपमा हेर्न थालिसकेकी रहिछन्। उनले हतियारमा धार लगाउने उपर्युक्त मौका खोजिरहेकी थिइन। एक साँझ उनले मसँग बिस्तारै कुरा शुरु गरिन्।

“त्यो धन अझै पटमारामै बस्छे। मेरो पापको भाग किन जीवित छ ? यदि उ मरेको भए, यो घर शान्त हुन्थ्यो र मेरो हिअ खुसी,” उनले भनिन्।

म स्तब्ध भएँ। त्यो मेरो लागि अकल्पनीय थियो। सासुले सौताको हत्या गर्न मसँग योजना बनाउन खोजिन्।

ससुराले हित्त-चित्त मिलेर ल्याएको, बर्षौं बसेर तीन छोरा र दुई छोरीको आमा बनिसकेको स्वास्नी मान्छे लाई बुहारी प्रयोग गरेर डराउनु, धम्काउनु मात्रै होइन मार्ने सम्मको योजना बनाउनु मेरा लागि सह्य भएन। मैले ठाडै इन्कार गरेँ। त्यस दिनपछि मेरो जीवन धकलियो पिँडाको महासमरमा।

पहिला त सासु नान्कलीले मलाई गालीले थिचिन्। मेरा काममा त्रुटि खोज्थिन्—दालमा नुन धेरै भयो भन्दै थाल भाँचिन्, लुगा राम्ररी नधोएको भन्दै पानीको गाग्री फालिन्।

अनेकौं बहाना खोजी खोजी झगडा गर्न थालिन। कहिले माइती त कहिले दिदी बहिनी, अनि कहिले संस्कार के हो, के हो। झगडा गर्न खोजे पछि जे निहुँ निकाले पनि हुने रहेछ।

शङ्कलालसँग गुनासो गरें। तर उनी आमाको पक्षमा उभिए। उनले भने, “तिमी आमाको सेवा गर्न सक्दिनौ भने तिमी बुहारी बन्न सक्दिनौ। मैले आमाको लागि बुहारी भित्र्याउन जोर नगर। अरुका बुहारी पनि छन, हेर, केहि सिक र आफ्नो काममा लाग। यस्ता नचाहिने गुनासो मसँग गर्ने होईन। कामचोर आइमाइहरुको ज्ञात मलाई नभएको हो र ? म पनि यहि गाउँको माटोमा बढेर ठूलो भएको हुँ।”

त्यस दिन म अति रोएँ। लाग्यो रुनकै लागि मेरो जन्म भएको हो। बाले टाढाको इष्ट, छोरीले खानका लागि तडपिन नपरोस भनेर बिबाह गरिदिएका थिए।

श्रीमानको बोली र व्यवहारले मलाई अझै घायल बनायो। छानोबाट हेर्दा ठुला चुँडिएका बादलजस्तै मेरो भरोसा चुँडिएको जस्तो लाग्यो।

एक दिन सासुले सिधा धम्की दिइन्, “यदि तिमीले धनदेवीलाई केही गरिनौ भने म तिमीलाई चुलोमा पोल्छु।” अनि उनले मेरो हातमा बल्दै गरेको झोरो फालिन्। जलेको हातभन्दा पीडा त मेरो मनको घाउमा बढि लाग्यो।

म गाउँकी शिक्षिका भएँ। शरद हराउदै वसन्त उदाएको आभाष हुन थाल्यो। विद्यालयमा म सेतो पाटीमा लेख्न थाल्दा मेरो जलेको हात देखिन्छ, त्यहाँ मेरी सासु सरस्वती र उनको सौता अनि त्यो घाउ सम्झना आइरहन्छ। एक बुहारी सौताको द्वन्द्वमा सिकार बन्नु पर्ने।

विवाह


 सिरेटोले हान्न सुरु गरेको थियो। हातमा पन्जा, टोपी र ज्याकेटमा एक बटुवा बाटो काट्दै थियो। बाटोको छेउमा अढेस लागेर कालिबहादुर र नन्दबहादुर बसेका थिए। छेउमा एक हुल मट्यारु थिए। हस्याङफस्याङ गर्दै मदनकृष्ण बुढा आइपुगे। बटुवालाई पनि थकान महसुस भयो होला, बस्यो।

मदनकृष्ण बोले, “नन्ने दाइ क्या छ तम्मो खबर?”

“आ! उसै त छ ऐ। क्या हुदो।” नन्दबहादुरले उत्तर दिए।

“तेरो क्या छ ऐ?” कालिबहादुरले कृष्णलाई सोधे।

“हतारमा छु ऐ दाज्यू, म गयाँ। पछ्याबाट कुडा गरौंला। मेरा पाठा भाग्या।” यति भनेर मदनकृष्ण बाटो लागे।

“क्या अरी ए नन्न, काण्ठाको ब्या भयोन?” कालिबहादुर बोले।

“आ दाज्यू, मेरा घर ब्या यसै त हो। जोई बस्या ब्या होला।” नन्दबहादुरको जवाफमा कालिबहादुरले टाउको हल्लाए।

बटुवाले उनीहरुको कुरामा चासो लिएको चाल पाएछ।

“यो नन्न मस्तै गफाडी छ, यैका गफ सुन हौ, म गयाँ।” कालिबहादुर बाटो लागे।

“तम्मा घरको ब्या कसो हो भन्न मिल्ला क्या?” बटुवाको प्रश्नले नन्दबहादुरले दाँत देखाए।

“ब्या का कुडा क्या अरुँ!”

“अहिले ट्याम नाइँ, पछि आया, सुनाउला।” नन्दबहादुर चुपचाप आफ्नो काम धन्धामा लागे। बटुवा बाटो लाग्यो। उसलाई नन्दबहादुरका कुरा सुन्न छटपटी लाग्न थाल्यो तर कुरा सुन्न पाएन।

करिब दुई महिनाको अन्तरालमा बटुवा पुनः त्यही बाटो हिँडिरहेको थियो। नन्दबहादुरले देख्यो र बोलायो।

“आज मेरो मन उज्यालो भया छ, ब्याका कुडा सुन्या भया बस।”

बटुवा त्यस्तै कुरा त चाहन्थ्यो। बस्यो। नन्दबहादुरले कुराको पोको फुकाल्यो।

“मेरा बाले जोइको खेलो गर्‍या, ति पन थारी होइनन् जत्कालै जत्काल बस्न्या। तीन मा, नौ टोका टोकी, तीन मर्‍या नतर बगालै हुन्या। यो काण्ठाकी जोई हो, ब्या भ्यानाई। बीस पुग्या पछि ब्या होला, अहिले उन्नाइसकी भई। आ! जोईका क्या कुडा गन्र्या। बा जोईऐ ल्याउना, दाइ जोइऐ ल्याउना। दाइकी नौ जोई पुगिन।” नन्दबहादुर रोकिए।

“हाम्मो बदनाम भयो। त्यै घर आइमाई टिक्दिनन् क्या गद्दा छन भन्या गाउल्याले। हामीले जोई पाएनौं। एकाले राडी आइमाई ल्यायो। एक डोल्पा गयो। एक जाजरकोटै छ। मैले यो अपाङ्गकन ब्या गर्‍याँ। कान सुन्नीन, लाटी छ। बा र दाइका व्यबहारले हाम्मो ब्या निको भयोन।”

Revolution

A hush falls—  

the smell of gunpowder  

blood-smeared streets  

clubs, stones, spears, tear gas  

a column of bullets  

sporadic bombs.


Men caught in ambush  

gruesome images in newspapers  

waves of fear on the radio—  

Theory / Imagination / Rehearsal  

Oh!  

the portrait of revolution now rich with color  

a red mark stamped in the record  

splinters flung from ambush  

blurring across the canvas  

entangled with swords somewhere.


Records raised in battle  

names adapted across layers  

relative to nature  

absolutes explained—  

in hues variegated.


Somewhere remote,  

expression stifled,  

after offering oblations to all,  

a record of revolution opens—  

no divide between ruler and ruled.


Plural yet denying existence,  

miles away from light  

rooted in primal instincts  

an aristocrat  

emerges carrying the torch of revolution  

as the age absorbs voices of the masses.


Sovereignty in power  

becomes breath—  

touching the ground  

accepting the process  

without hanging protest on a cross  

revolution moves.


Originality scorned  

unchanged tales of imitation  

flavors of ethnic supremacy  

placed on anvils  

for those seeking change  

the age’s radiance—  

ungrateful followers,  

masters of fragments  

denying unity in the present  

one who links easily  

into a single garland.


Oh God!  

may your grace shower—  

to deepen memory.

Tuesday, July 8, 2025

Now I Will Scream – “A Manifesto of the Silenced”

 “The rise of silence— to be born was to be silenced.” 

I was not born in words. 

Maybe I didn’t even cry as my first sound. 

A baby who cries at birth is called “healthy.” 

I was quiet— 

Labeled as “a bit frightened.” 

But don’t assume I was silent because I lacked courage. 

I was searching for a world that would let me speak. 

 

“Home—where the stove burns, the woman does too.”

Mother had one truth in her lifetime: 

“Weaves rooms by day, dreams by night.” 

Not understanding this, my dream-books 

faded into the smoke of the hearth— 

Laughter and songs lived in the house, but they were never mine. 

I was always like a morning bell tower— 

Ringing distantly— 

But no one listened. 

Or they pretended not to understand.

 

I was a flower 

without decoration. 

A forest 

chopped down under the name of marriage.

 

“Marriage—where silence becomes institutionalized”

After age thirteen, 

my body moved forward, 

but my mind— 

like water trapped in a glass— 

remained unspoken.

 

A husband fifteen years older. 

Two co-wives. 

I was the third— 

like a “new experiment.”

 

The co-wives cast glances. 

The first lost sleep. 

The second said, 

“Are you our cursed fate or our penance?”

I was never called “you”— 

just “the recent one.” 

 

“Motherhood—where a child grows inside tears.”

 

With an absent husband 

I raised two children. 

In doing so, 

I found I had hidden my own existence.

 

The stove appeared to laugh— 

I cried looking at it. 

When milk ran out at the children’s bedtime, 

I apologized to my own breasts. 

“Why won’t you let them live freely?”

 

While wiping their noses, 

I stepped on my own aspirations. 

Yesterday I was a woman, today I am a mother— 

But was never allowed to be a soul.

 

“Society—a man-made circle, a chamber of judgment.”

 

When the husband stopped breathing, 

people started looking through my window. 

Some disguised it as help, 

some as pity— 

but every gaze 

shamed me before it saved me.

 

“You're alone now, sister-in-law.” 

“Let me help you forget—come on.”

“Forget?” 

Those who came as reminders, 

how could they make me forget?

 

Turning my grief into temptation, 

they branded me 

with the stain of manhood.

 

“Religion and shame—two cages, one mynah.” 

Women go to temples— 

to let God speak, 

while they themselves 

stand quietly at the edge— 

No dreams are heard, no screams— 

only mantras spoken 

by a male priest—writing my destiny.

 

My “shame” is called my “honor.” 

My silence—my *devotion trembling in fear.*

 

You speak of religion? 

Truth is—religion never supported me. 

It only fed me the sour fruit of sorrow.

 

My mind trembled— 

Am I a story? Or a violation per line? 

Then I remembered— 

If I have no voice, 

Silence must become rebellion. 

And my voice quivered: 

“I was never a wife— 

just a forsaken destination. 

Now, I will not be silent!”

 

“The Scream—now I will not be silent.” 

I will not be a model of silence. 

I will not be a goddess of endurance.

 

Even my stove screams. 

My clothes make noise as I put them on— 

I was never a “choice”— 

I was human. 

You made me optional— 

Now I will become essential.

 

“I scream— 

I am no longer afraid. 

Because I already died, 

Now I can live again.”

 

Looking in the mirror— 

I am not filth, 

I am a resounding voice—changing forms.

 

You write blame on my grave, 

With the same pen you shrunk.

 

Now, I am a mouthpiece -

For those who carried rebellion 

even in silence.

 

I do not walk behind— 

I return— 

On paper, in alleyways, in education, in language. 

I am no longer just a woman— 

I am the scream of consciousness.

 

– And you—what will you do?

Can your chest bear the weight this deep— 

or are your words light, 

and your conscience even lighter?

 

I ask you: 

– Will you give this society honor—or resistance? 

– Will you give voice to a woman—or scandal?

 

If—my scream 

says nothing to you, 

Then you are a signatory to society’s silence.

 

“Now I’ve spoken—be ready to hear.”

Decide— 

Which page shall I become? 

Of history—or of the future? 

What imprint will you take? 

Of silence—or of liberation? 

I am “Tilchhaya”—no longer hidden in shadow, 

I will scream beneath the sun.

आलोचनाबाट आरम्भ

 आध्यात्म र धर्म  गोलबद्ध गर्यो -  जस्तो हामी अक्सर गर्छौं !  अन्धकारको डोरी - सर्प  आवश्यक उज्यालोको जोहो -  तपमा आश्रित रहनु  परिश्रम कल्प...