Saturday, August 12, 2017

एक बकपत्र

श्रीमान !
धर्म रक्षक कठघरामा उभ्याइनु
मैले बताउनु पर्ला र याे पापकर्म भनेर
र अनिष्टकाे अपेक्षा
श्राप दिनु पर्ने
जाे
भतभति जल्न विवश हुनेछन
जसरी
बामनी बज्यैहरू जलेका थिए ।
पेटमा भाेटे ताल्चा लगाएर
धर्मरक्षार्थ
जसले आत्मिक सिंचन गरिरहेछ
सन्तुष्ट मन
बिंडाे थाम्न सपना बाँडिदिन्छन
अफसाेस
आराेप प्रत्याराेपकाे भकारी भरिएकाे छ ।
श्रीमान म के जवाफ पठाउ
कि किन पूजिदै छ भनेर
याे जिकिरकाे तादम्यता के छ ?
कुन नजिरहरूमा आधारित हाे ?
कि म सयाैं वर्ष अगाडि जन्मिउँ
ल्याउ बर्तमानमा विगत
र देखाउ सबै यादहरू
कैद गरिराखेका ।

सुनसान असार
केटाकेटीकाे चित्कार खेतमा भेटिएला
सयाैँ वर्ष पहिले
मेराे जन्मकाे आशंका हाे श्रीमान ?
भतभति जलेकाे शरिर
रटिरटाउ इतिहास
कसरी यादकाे एल्बमबाट निकालु
या म इतिहासमा पर्दापण हाेउ
कि म अपराधि झैं हर जिकिरमा
आफ्ना दलिलहरू पेश गरूँ
या
आफ्नै शिर उपर लैजाउ याे दुष्कर्म
जसकाे पाठ अवचेतनमा भरिएकाे हाे
काे बाट कहिले आयाे बेखबर बनेर
गडेकाे छ रिङमिगाएर दिमागका कप्टेराहरू
म पूजारीमा परिणत हुनुपर्ने
आशंका पुनर्जन्मकाे
काे ? अपराधी बनेर ?
या पिडित ?
उपदेशक ?

श्रीमान ! अवचेतनले चेतना दिएन
चेतनाले अवचेतन राेकेन
लगलगिए पछि शरिरका पुर्जा
भाकलले पहिलाे प्रथमिकता पाएकाे हाे
जाेखना हेराए पछि
लगिएकाे हाे तिर्थ व्रत

माेडिएकाे हाे कपाल
क्रियापुत्री झैं
बामनी बज्यैकाे पुजारी बनाउन ।

आग्लाे लगाएर खरानीमा अवतरित
माछाकाे आहारामा उद्देलित
शक्तिकाे हाकले धुजा पारिएकाे
साठीमा किनेर काटेकाे
या साटाेमा जलेकाे
बामनी बज्यैकाे चित्कार सुनेकाे छैन मैले
न मलाइ दृश्य पान भएकाे हाे
धर्म बचाउन
धर्म रक्षाकाे लागि
वा
पापकाे भारी लुकाउन
देउती बनाएर
निस्तेज पारिएका चिहानहरूकाे
अर्चनामा चयन हुन्छ
एक दुर्वल मन ।
बामनी थान आठबिस नगरपालिका ६ दैलेख 

No comments:

Post a Comment

Ban on Rationality

My eyes are but of flesh,   no doorway to wisdom   is granted me.   Yet tell me—   though branded unreasoning,   I can still press forward, ...