Thursday, February 28, 2019

सपना






ठूला ठूला सपनाको चाङ छैन मसंग
खान लाउन चाडवाड मनाउन सकुँ ।।

एउटा चराले सम्म आफ्नै गुँड बनाउछ,
जहान, बच्चा लुकाउने घर बनाउन सकुँ ।।

अभाव भोकमरीमा तडपिएका जो छन,
एक छाक पेट भरी मुहार हाँसोले छाउन  सकुँ ।।

मलाइ लक्ष्यमा बाँच्नु भनेर सिकाएको थियो
यो शुन्दर संसारमा निष्फिक्रि रमाउन सकुँ ।।

No comments:

Post a Comment

सरुवा

  बारा जिल्लाको एक सानो गाउँ बर्छापुर्वामा बिहानको घाम झुल्किँदै थियो। खेतमा हलो जोत्दै गरेका किसान , चुल्होमा चिया उमाल्दै ...