Monday, August 28, 2023

बालगितः हाम्रो बजार

 

                दक्षिणमा बिस्कोरियन टोल उत्तरमा गणेशपुर

                   सल्यानीबाग घुम्न आउने के छ साथी सुर <

                   रानी तलाउ तरकारीलाई बागेश्वरी मेला

                   न्यूरोड जान्छौं किन्नलाई कपडा चाहिने बेला ।।

                   

 

एक्लैनीमा घरको सामान चुरा पोते टिका

  औषधि केहि चाहिने भए बि= पि= चौकमा ठिक ।

      माछा मासु चाहिएमा रामलिला मैदान छेउ

          गाडि कुनै चाहिने भए कारकादौ हिँडिदेउ ।।


 सुर्खेत रोडमा धेरै पसल त्रिभुवन चौक पनि

   त्रिवेणि मोड डिएसपि रोड फुलटेक्रामा छन नि ।।

नेपालगंज शहरहो पसलहरु धेरै

जतातिर गए पनि लाग्छ मलाई मेरै ।।

No comments:

Post a Comment

Ban on Rationality

My eyes are but of flesh,   no doorway to wisdom   is granted me.   Yet tell me—   though branded unreasoning,   I can still press forward, ...