Tuesday, April 5, 2022

मेरो गोरुको बाह्रै टक्का

 ज्ञान पनि बिच्छेद भा छ हरेक व्यक्ति पिच्छे

विज्ञानकाे नि भेद भा छ हरेक व्यक्ति पिच्छे ।।


मान्छे बनेर जीवन खुसीले बाँचौं भन्यो अहँ ! 

मानवतामा खेद भा छ हरेक व्यक्ति पिच्छे ।।


काम, क्रोध, लोभ, मोह, मद, माश्चर्य ले भरिएर 

स्वस्वार्थ त सचेत भा छ हरेक व्यक्ति पिच्छे ।।


मैले स्विकार गर्न सकेन तर सहेकै छु के गरुँ ?

सत्य छुट्टै संकेत भा छ हरेक व्यक्ति पिच्छे ।।

Monday, April 4, 2022

रोग पालेर भएन

 


शरीर म त अब के के गर्छु गर्छु 

तलाई पनि मारी दिन्छु स्वयम् मर्छु ।।


रातभरि निद्रा छैन दिनै भरी पिडा 

निर्जन द्वीपमा थन्क्याएर अलपत्र पार्छु ।


मिष्ठान्न परिकार मनै लोभ्याउने आह

टुक्रा पारी आन्द्रा भुँडी गरुडलाई छर्छु  ।।


आजित भए त देखि सकिदैन पाल्नपनि 

मिल्काएर यता कतै म त बसाई सर्छु ।।

Friday, March 4, 2022

How to draw the map of Nepal


 Here are two videos on which you can find the easiest way to draw the map..

Click on the video below:



Thursday, February 3, 2022

Reported Speech

 पहिलो कुरा हेर्नु पर्छ Reporting को verb

SON मा 123 Person फेर्ने सर्र ।

Time सबै Past मा लिने रुपहरु हेरी 

Adverbial चेन्ज गर्ने  Sentence फेर्दा खेरी ।। 

संयोजकको काम गर्ने छ that, if, whether

to and not to साथ साथै Exclaimed पनि गर । 

Friday, November 12, 2021

मान्छे नै हो ?

 स्वरुप मानवको बोकेर, 

कार्य व्यापार खै !

विचार मान्छे कै हो र ?

खै !

नियालेर हेर्नु छ आफैलाई 

सूर्यले पाइला चाल्नु अघि 

चन्द्र लुप्त भएपछि 

हेर्नु छ हरेक एक 

केस्रा केस्रा केलाएर 

उद्विग्न विचारहरु 

दिनको यात्राको कहानी 

विश्रामका विस‌ौनी

यायावर

गुरु शिष्य । 


झिसमिसे मै म बनेर निस्कदा 

सबै मेरै हो ले गमक्क पर्दा 

दयाको द्वार बन्द गरी इर्ष्या उमार्दा 

करुणा; बङ्गरामा हरदिन रात चपाउदा 

स्वउपकारमा परोपकार ठान्दा 

पराेपकार फलाकेरै तृष्णा मेटदा 

धैर्य गरेर हेर्नु छ 

मानवताको कुन गुण 

ठिमाह भएन भनेर । 


काम: सुख भएर रम्दा 

भोगको तारतम्य सखारै गर्नु छ 

मनभरी, तनभरी र वचनभरी 

काम पूर्तिमा 

कोहि ,केहि बाँकी नरहेपछि 

इच्छा पूर्ति के पाप हो र ?

तुलामा कम वा वेशी 

तराजु निकाल्यो भने 

खुसी त्यागेर सुखकै खोजमा दुनियाँ 

अन्त्य कसलाई थाह छ ?

कुन गुणले के बताउने 

मानव नै त हो !


भ्रम पालेको ज्ञानमा 

समता मुस्किल बनेपछि 

भिन्नहरु भिन्नमै बसे 

आफ्नै स्वभाव प्रिय बनेको 

अरु – मुर्दाबाद !

कसलाई काम लाग्छ यो कसौटी 

आफैलाई काम नलागेको 

ज्ञान वा क्रोध 

एक पटक नियाल्नु पर्ने हो 

विवशता 

ज्यूनुको । 


उचाई पूरा गर्न तल्लिन 

आफू बढेर वा अरु लडाएर 

सम्याएर बाटो वा बङ्ग्याएर 

बहना छताछुल्ल भएपनि 

चितामा जल्न तयार रहेपनि 

आफ्नो भाँडो नभरेसम्म 

अहँ हुदैन !

त्यो भाँडो भर्ने कहिले ? 

चाहना पू्र्ति हुनु पर्ने ।

साधनले साध्य प्रमाणित गरी 

यो बाँचेको स्वभाव 

के मान्छेको हो ?


अरुमा म देख्ने साहस छैन ।

ममा अरु अटदैन ।

म – म नै हो । 

अरु – अरु नै हो ।

म सर्वब्यापक होउँ – मानु त ?

पत्यारै नलागेपछि 

नजिक नियाल्नु पर्ने विवशता 

नियती वा परिवेश 

कुन गुरु बनेर आउँछ ?

के सिकाएर जान्छ ?

जो आए पनि 

जो गए पनि 

स्वभाव आफ्नै चाहिने 

के मानव होइन र ? 


कर्म विरुद्ध भएपनि 

मनमा उद्वेग रहेपनि 

स्वयम् हटने क्रिया के स्वीकार्नु 

विचारमा रतन्धो लगाएर 

पट्टी लगाएका आँखाले 

आफ्नो स्वरुप देख्न त जसरी पनि सकिन्छ । 

शक्ति सत्यमा परावर्तित भइ 

बनाएको सत्य जग 

स्वभाव बोकेर 

मान्छेको कित्तामा 

उभिनु पर्ने । 


एक हो । 

एकत्त्व हो । 

अहँ । 

अस्वीकार भएपछि 

म म नै हो 

त्यो भन्दा बाहेक अरु 

किन स्वीकारौं ? 

सक्ने उभिन आउँछ 

उभिनेहरु भएपनि 

मिश्रण बनाएर 

पिउनु वा पिलाइनु पर्ने 

बाँकीलाई थन्क्याएर 

आफै हुनु छ 

फरक 

एक दम फरक 

मानवाकृति । 


दियो निभाएर चेतनाको 

स्वरुप बिर्सिएर 

मर्ने , मारिने वा मार्ने 

घर धारण गरेर स्वभावको 

भुलेर सेवा कर्म 

ब्रह्म छोडेर 

एकत्त्व नष्ट गरी 

कित्ता कित्तामा उभिएको 

मानव होइन र ? 


 जति पनि वर्ष बाँचिएका छन सबै यस्तै गरि बाँचियो । माफ गर्नु होला । 

धेरै दिन देखि हो कसलाई गाली गर‌‍‍‍ौं गरौं भएकाे । आ जे सुकै होस । एक दिन त गालि नगरेर बसौं न यार - के जान्छ र जीवन । सह्रै विचारहरु खेलि रहेका छन एक पछि अर्को गर्दै मेरो मानस पटलमा । भयो स्केप गरौं । ए हो त स्केप त गर्ने तर शरिरको कुन बटन थिच्दा स्केप हुनेहाे के थाह  । म त शिक्षक पनि त हो । ज्ञान त थियो नि । त्याे कति टाढाको गहिराइमा तैरिदै छ के थाह । तैरिन त पर्ने नै भयो । एक प्याक तयार छ बुढी ? आवाजै आएन त । होला भान्सामा बसेर खाना पाक्दै छ होला । मैले खाने भन्दा पनि पछि लाइक गर्ने हो । 

टेबलमा राखिएको बाेतलमा अलिकति अझै बाँकी छ । प्यास पनि कति लाग्न सकेको हो थाहै नहुने । बिहान मात्रै त हो आहालबाट निस्किएको । हल्का उडान भर्न सुरु भएको छ । मेरो ज्ञानको दायरा बढला जस्तै भएको छ । खाँदेर राखेको ज्ञान न हो कतै न कतैको छिद्रबाट निस्किहाल्न सक्छ । हुन त ज्ञान प्रकट गराउनु पर्ने नै हो । तर प्रकट पो कसलाई गर्ने भन्ने तलतल प्यास भन्दा बढता लागेको छ ।  हजुर ए हजुर त के भन्नु तपाई, तपाई पनि बढतै हुन्छ यार -तँ पो सुहाउँछ साला । तँ मु* । कति दिन देखिको हिसाब हाे निकाल्नु पर्ने । ल जा एक पोका ज्ञान पो बाँडियो त । 

कम भयो यार । थप । फुल गराउन के तुर्क्याउछौ ? भन्नु पनि कसलाई भनि रहेको छु मलाई के थाह। आनन्दको भोग गर्न पो जान्नु पर्छ त । भोग नै भएन भने आनन्द के को लागि ! यो उचाईमा तैरिनु पो तैरिनु हो त । यो भन्दा तलको उचाइमा त जो पनि तुर्लुङ्ग झुण्डिन्छ नि । झुण्डिने त के टाँसीने हो झ्याक्ने । 

यस्ताहरु पनि आउँछन यार यो उडानको यात्रामा अवरोध बनेर । टेबुलमा भएको गिलास खालि भएकै छैन । उन्माद बढन शुरु भइसकेको छ । यो हो मजा जीन्दगीको । मन सिमलको भुँवा हुन थालेको छ । खाँदिएको ज्ञानलाई म स्केप गर्न खोजी रहेको छु । गेयर बदलौं या ब्याक बटन ! उफ ! उखरमाउलो गर्मी पनि किन चढ्याे । कोठाको तापक्रम त  सोह्र भन्दा तला छ । ए देखाउन त देखाएकै छ । तिक्ष्ण बुद्धि पनि काम आउने यस्तै बेला त हो । हरेक ठाउँमा टच गर्दै फिल भइरहेको छ - यो त मेरै हो । मेरो हुनु र नहुनुमा के को सरोकार । भेटिएको पो छैन । स्किपको बिन्दू । 

थपौ थपौं । यो  त हाम्रो हो यार - मेरो होइन । उफारि रहेको छ । तँलाई पनि त थाह छ नि कतिको लगाव छ भनेर । यो त्यतिकै आएको होला र । ‌ओहो ! कस्तो बर्बाद भएको ठाउँमा पो आइपुगें । 

Tuesday, July 20, 2021

Definite Article Rules as Song

 दोहोरिने नाममा the .

Unique ठाममा the.


नदि, सागर समुन्द्र टापु अनि Gulf

Superlative degree, Desert & Fall.

Religious Books, News and Club

Nationality, Ordinal Numbers, Country of block.


Ship मा the  Music मा the 

Caste and Creed, Politics  मा the.


Direction, Age, Historical Date.

Invention, Wind, Body parts like our Head.

Cinema, Theatre, Parts of the Day!

Historical buildings, Proverbs Hey!


Kitchen  मा the toilet  मा the

Second purpose School, Market, Hospital Temple मा the.

Sing Tag Question as Song

 एक्जुलरी चेक गरेर उल्टो सुल्टो पार्ने ।                                     Auxiliary check गरेर उल्टो सुल्टो पार्ने ।

एम्पेरेटिभ सेन्टेन्सलाइ विल यू मा झार्ने ।।                                   Imperative sentence लाइ will you? मा झार्ने ।।


लेट्स भए स्याल वि हुन्छ लेट अस भए विल यू                           Let's भए shall we ? हुन्छ Let us  भए will you? 

अपस्ट्रपिक डि र एसले  सधैं खोज्छ निउँ ।।                            'd र 's  ले सधैं खोज्छन निउँ ।


अपस्ट्रपिक डि र एसमा भी थ्रि आएमा                                              'd र 's  मा V3 आएमा 

अपस्ट्रपिक डिको पछि बेटर लाएमा ।                                              'd  को पछि better लाएमा । 


यिनीहरू ह्याज ह्याड हुन्छन बुझिराख्नु कुरा                                 यिनीहरू has had  हुन्छन बुझिराख्नु कुरा 

सबैलाइ एकै रूलले धान्दैन नि पूरा ।।                                         सबैलाइ एकै रूलले धान्दैन नि पूरा ।।


अपस्ट्रपिक एसको पछि नाउन र वाइ भएमा                                 's को पछि  noun र  by भएमा 

ख्याल गरेर लगाइदिनु इज जस्तै रहेमा ।।                                        ख्याल गरेर लगाइदिनु is जस्तै रहेमा ।।


ह्यभ, ह्याज, ह्याड एक्लै आए हुन्छन यिनी भर्व                                Have, Has, Had  एक्लै आए हुन्छन यिनी Verb    

डु, डज, डिड लगाएर मान्नु आफै गर्व ।।                                        Do, Does, Did  लगाएर मान्नु आफै गर्व ।।


Friday, April 16, 2021

हाइकु

 

      


हाइकुकार केदार संकेतको पैयुंका फूलहरु नियाल्दा


एउटै मूल क्युँइतिच मुइलि (सगोत्रि) भएरै पनि साहित्य सहयात्रीका रुपमा फेसबुकको भित्तो मार्फत परिचित युवा कवि भाई केदार संकेत उनको नियात्रा पुस्तक एथेन्सको झरीको बिमोचन कार्यक्रमबाट मात्र प्रत्यक्ष परिचित बन्नपुगेका थिए । गहकिला साहित्य सृजना गर्नसक्ने संकेतले फेसबुक कै मेसेज मार्फत उनको हाइकु संग्रह पैयुँका फूलमा भूमिका कोरीदिन आग्रह गरेको केही दिन पश्चात उनले अफगानिस्थानदेखि पठाएको पाण्डुलिपि पनि मेरो हातलाग्यो र म उनले दिएको यो दायित्व बहनगर्न लागिरहेछु । मैले उनको हाइकु संग्रहका ’bout केही कोर्न अगडि हाइकु बिधा’bout केही कोट्याउन पर्ने आवश्यकताको महशुस गरे ।


हाइकु १७ अक्षरका तीन पदिय अनुभूतिपरक सघन अभिव्यक्ति भएको साहित्य विधा हो । हाइकुको स्वरुप थोरै बोलेर घेरै बुझनुपर्ने जापानी पारंपरिक पद्धतिको साहित्यिक परावर्तन हो । जापानी साहित्यमा प्रचलित हाइकाइ -लामो कविता)को सुरुको पङति होक्कुको टेकुवा टेकन लगाउदै उन्नाइसौं सताव्दिको उत्तरान्त युगमा प्रज्वलित भएको साहित्यिक प्रारुप हो हाइकु । जापानी एदोकाल (१६६४-१८६८) कालिन प्रशिद्ध जापानी कवि मात्सुओ बासो (१६४४-९४) र उनी पछिका जापानी स्रष्ठा योसा बुसोन (१७१६-८४), मासाएका सिकी (१८८७-१९०२), तथा ताकाहामा क्योसी (१८७४-१९५९) जस्ता स्रष्ठाहरुका भावानुभूति एवं अभिव्यक्तिमा आफ्नै मौलिक शास्त्रीय स्वरुपमा हाइकु निख्खर र तिख्खर बन्दै गयो । कुनै एक किगो -ऋतुविम्ब) अटाएको ५-७-५ अक्षरिय संरचनालाई नै कायम राख्दै जापानी हाइकुकारहरुले हाइकुमा वाबी (सौन्दर्य चेतना), साबी (स्मृति), होसोमी (अनुभूति) जस्ता सारतत्वहरु हाइकुका विधिविधानमा समाबेस गर्दै लगे । जति जति हाइकुमा अभिव्यक्तिका सघनता बढदै गयो त्यति त्यति नै हाइकुको प्रशिद्धि पनि बढदै गयो र जापानी भूमिको शिमा नागेर संसारका विभिन्न मुलुकमा अजम्वरी साहित्य विधाका रुपमा स्थापित बन्न पुग्यो । हाइकु प्रविधि’bout जे. रिचहोल्डले पनि गहिरो अनुसन्धान गरेको पाइन्छ । उनले प्रस्तुत गरेको प्रबिधिहरुमा हाइकुको व्यापकता, चमत्कारीता र विशिष्टताको व्याप्ति पाइन्छ । यसरी संसारभरी फैलदै गएको जापानी हाइकु बिधाले अन्ततोगत्वा नेपालमा पनि प्रवेश गर्‍यो ।


नेपाली हाइकु अध्ययन अनुसन्धान गर्नेहरुका अनुसार वरिष्ट निवन्धकार शंकर लामिछानेको “सूर्योदय” शीर्षकमा २०१९ सालको आसोज महिनाको रुपरेखा साहित्यिक पत्रिका पूणर्ाङक ११३ मा प्रकाशित हाइकुलाई नै प्रथम नेपाली भाषाको हाइकुका रुपमा अभिलेखित गरिएको पाइन्छ ।


माकुरा जाल

झोल्लिएको ओसले

तन्किँदै गयो ।


यसपछिका समयहरुमा आर्को एउटा हाइकु -जसको रचनाकार हालसम्म एकिन भएको छैन) सुप्रसिद्ध कवियत्री पारिजातको २०२२ सालमा प्रकाशित भएको उपन्यास “शिरीषको फूल”मा उल्लेखित हाइकुले उक्त उपन्यासका पाठकहरुमा हाइकुप्रति थप जिज्ञासा दिलाएर प्रचार माध्यमको रुपमा एक नमुना हाइकु बन्न पुग्यो ।


शिरीष फूल

भ्रमर चुम्वन मै

ओइली र्झछ ।


यसरी सुरु समयमा मन्दगतिले भएपनि नेपालमा हाइकु विधाले बिसौं सताव्दि यता आफ्नो छुट्टै स्थान ओकटदै गएर साठीको दशक यताभने निकै उर्भर भएको पाइन्छ । यो समयमा संस्थागत तथा व्यक्तिगत रुपमा नेपाली हाइकुको थप अध्ययन अनुसन्धान लेखन तथा विबेचना भएगरेको पाइन्छ । यत्तिमात्र नभएर साठीको दशक यता हाइकु संग्रह पुस्तककारका रुपमा क्रमबद्ध प्रकाशित भइरहेछन । यही भेलको एक भङ्गालो हो युवाकवि केदार सङकेतको “पैंयुका फूलहरु” ।


एथेन्सको झरी नियात्रा लेखन पछाडी हाइकु लेखनमा आफ्नो सृजना केन्दि्रत गरेका साहित्यकार संकेत साहित्यका अन्य विधाहरुमा पनि उत्तिकै सशक्त अभिव्यक्ति दिन सक्षम पाइन्छन् । उनको सांकेतिक कविता निकै मनन्योग्य छन् । यो पैयुँका फूलहरु संग्रह भित्रका हाइकुका फूलहरुलाई नियाल्दा केदार संकेत एक बहुप्रतिभाशाली साहित्यकार भन्नमा हिच्किचाउनु पर्ने अवस्था देखिन्न । उनका हाइकुहरु पढदा संकेतले हाइकुका आवश्यक तत्वहरुको गहिरो अध्ययन गरेको प्रमाणित हुन्छ । हाइकुमा जापानी कवि योसा बुसोनले पोतेको रोमान्टिक रंग केदारले राम्ररी मनन् गरेको पाइन्छ ।


मौसमी मन लाटि सोल्टिनी

हरियो जंगलमा कोल्टे त फेरिन नि

चर्न हिडेछ । बिस्तरा रित्तो ।


जापानी चर्चित हाइकुकार कावाहीगासी हेकिगोतोको तर्क हाइकु यथार्थको सत्यमा रहनुपर्छ, आफ्नो स्वर्थलाई केन्द्र बनाइनु हुन्न भन्ने यथार्थलाई पनि उनले राम्ररी बुझेको देखिन्छ ।


नगर माया मर्नु न बाच्नु हाम्रो आकाश बैगुनी हावा

भुइकुहिरो लाई भन्छन मान्छे किन धेरैमाथी छैन हौ उडायो पातहरु

छोडेर भाग्छ । बेहोसी सन्ध्या । सोचाई मात्र । जङगलै नाङगो ।


हाइकु अनुसन्धानकर्ता जे.रिचहोल्डले पैलाएको हाइकु सौन्दर्यलाई पनि राम्ररी नियालेका छन संकेतले ।


नाङगो ढाड देउरालीमा छायाँहरुको शव्दकुण्डमा


छेकेत भन्छौ तर ढाक्रेको पसिनाले चहलपहल छ दुधकुण्डको स्वाद्


काँपि रहेछौ । सुकेको पाती । कलम भित्र । जिब्रो रसियो ।


आफ्नै सेरोफेरोका किगो(प्राकृतिक विम्ब) दिनमा पनि खप्पिस देखिन्छन संकेत । उनका पैयुँका फूलहरुमा प्रयोग भएका मौलिक किगो, सावी, वाबी र होसोमीलाई छ्यानबिचार गर्दा संकेत खाँटि नेपाली हाइकु पस्कनसक्ने भान्से हुन भन्नलाई हिच्किचाउनु नपर्ने देखिन्छ । उनका विम्ब र प्रतिकहरु ज्यादै स्वदिला छन । नेङ लिकुखोलामा पाइने तितेमाछाको एक प्रजाति, लिकु धनुषजस्तै बाङगिएर बग्ने खोला, (जुन पछि अपभ्रंसित हुदै लिखु कहलिन पुगेको छ) कोइँच कुम्सो सुनुवार समुदायमा आफ्नो मात्रीभाषामा गाइने गित जस्ता किगोहरु नेपाली साहित्यका लागि किशोरी विम्ब सावित हुनेछन् जस्ले नेपाली साहित्य भण्डारलाई सम्पन्नता प्रदान गर्नेछन ।


बषर्ाको भेल खिम्तीको छाल लिखु-कु) खिम्तीमा कोइँच कुम्सो

नेङमाछा जालमा संकेतको बगाई हुर्केका हाम्रा पूर्खा गाउनुपर्छ अब

छाक टारौंला । तिम्रो सुस्केरा । भाङ्ग्रे डोरीले । ढिला नगरौं ।


यत्तिधेरै उज्याला पक्षहर हुदाहुदैपनि यो संग्रहमा केही कमिकम्जोरी हुदैनभएका भने हैन । केही हाइकुहरुमा किगोको प्रयोगमा कञ्जुस्याँइ भएको पाइन्छ । सम्भवत केही कविहरुका ’boutमा लेखिएका हाइकुहरुमा हाइकुका अक्षरिय नियम पालना गर्नुपर्ने बाध्यताबस किगो अटाउन नसकेको पनि हुनसक्छ । तरपनि उनले गुथेका हाइकु मालाका हारमा धेरैजसो चकिला फूलहरुविच केही ओइलिएका थुङगा पर्दा शव्द बोल्नेगरी हाइकु लेख्नेहरुमा केही खड्कन्छ कि भन्ने मात्र हो रपनि उनका चम्किला थुङगाहरुले यो पाटोलाई पनि गौंढ बनाएको छ । अन्तमा भाई केदार संकेतको साहित्यिक यात्रामा उज्वल भविश्यको शुभकामना । चेरेलिल ।


अतीत मुखियाफूलबारी टोल, कोटेश्वर

साहित्यको छोटो तर चोटिलो विधा हाइकु

 चिसो मौसम​

राजनीतिक् तमासा

तातो बहस ।

कम शब्दमा नै धेरै भाव प्रकट गर्ने मुख्य विशेषता बोकेको हाइकु जापानी शैलीको कविता हो ।  जापानबाट कोसौं टाढा रहेको नेपालमा पनि अहिले यो फस्टाउँदै गएको छ । प्रकृतिले नेपालमा आरु फुलाउँदा जापानमा साकुरा फुलाउँदो हो । कोसौँ टाढाको प्रकृतिको संवाद सायद यसरी नै हुन्छ होला । 

तर प्रविधि र विश्वव्यापीकरणले गर्दा कला, सङ्गीत र साहित्य जस्ता विषयहरुको फैलावट र पहुँच भने विश्वभरि नै उस्तै-उस्तै देखिने यस क्षेत्रमा लागेकाहरु बताउँछन् । जस्तो जापानमा दशकौं अगाडि जन्मिएको हाइकु नेपालमा केही समय अगाडि भए पनि अङ्कुरण भएरै छाड्यो । जापानमा सत्रौँ शताब्दीदेखि सुरु भएको हाइकु नेपालमा त्यसको तीन शताब्दीपछि  भित्रिएको हो ।

हाइकु साहित्यका अनेकौँ  विधाहरुमध्येको एक छोटो, तर खँदिलो विधा मानिन्छ । यसमा विशाल भाव वा विषयलाई पनि अत्यन्त छोटो तरिकाले  प्रस्तुत गरिने सर्जक तिला लेकाली बताउनुहुन्छ ।

“हाइकु गहन र प्रभावकारी हुन्छ, हाइकुका लागि शीर्षक अनिवार्य छैन” लेकाली ठट्यौली पारामा भन्नुहुन्छ, “हाइकुभन्दा शीर्षक लामो हुन सक्ने डरले शीर्षक अनिवार्य नगरिएको हो की ?”

हाइकुलाई लघुतम सङ्कथनका रुपमा  लिने गरिन्छ । पहिलो हरफ ५ अक्षरको, दोस्रो हरफ ७ अक्षरको र तेस्रो हरफ ५ अक्षरको गरी जम्मा तीन हरफमा यसको रचना गरिन्छ । यसमा १७ वटा मात्रै अक्षर हुन्छन् । सर्जक लेकाली, जम्मा १७ अक्षरमा सम्पूर्ण अभिव्यक्ति दिइसक्नुपर्ने कविताको सानो रुपलाई हाइकु भनिने बताउनहुन्छ । 

हाइकु निक्कै सानो विधा भएर पनि एकदमै सशक्त, रसिलो, कसिलो र तिखो विधा हो । यो विधाको मुख्य संरचना भनेको ५,७, ५ को अक्षर संरचना हो । पहिलो हरफमा प्राकृतिक बिम्ब हुनुपर्छ भन्ने मान्यता रहेको छ । यसलाई ऋतुबोधक बिम्ब पनि भन्ने गरिन्छ । प्राकृतिक बिम्ब भएकालाई राम्रो मानिने लेकाली बताउनुहुनछ ।  

सर्जक लेकालीकाअनुसार प्राकृतिक बिम्ब वा ऋतुबोधक नभएका हाइकुहरु पनि रचना नभएका भने होइनन् । तर त्यसलाई सेन्यू भनिन्छ । 

तीन हरफको हाइकुमा पहिलो हरफले विषयबस्तुको उठान गरेको हुन्छ । दोस्रोले समर्थन र तेस्रोले समस्या समाधान गरेको हुनुपर्छ । पहिलो र दोस्रोले  उठान गरेको कुरालाई तेस्रो लाइनले समर्थन गरेको हुनुपर्ने लेकालीको बुझाई छ ।  

हाइकु भावपूर्ण र अर्थ लाग्ने हुनुपर्छ । नेपालमा हाइकु साहित्यकार शंकर लामिछानेले भित्र्याएको मानिन्छ ।  

शिरीष फूल

भ्रमर चुम्बनमै

ओइली झर्छ ।

शंकर लामिछानेले यो हाइकु २०२७ सालको असोजमा ‘रूपरेखा’ पत्रिकमा छाप्नुभएको थियो । पछि बिस्तारै उहाँका समकालीन् साहित्यकारहरुले हाइकुलाई आत्मसाथ गर्दै गए । हाइकु लेखनमा युवापुस्ताको रुचि बढ्दै गयो । बीचमा केही सेलाएको जस्तो पनि देखियाे । तर कोरोनाका कारण भएको लडकाउनपछि अरु क्षेत्र सुस्ताए पनि साहित्य र यो अन्तर्गतको एउटा विधा हाइकु भने फस्टायो । 

अहिले धेरै सर्जकहरुले लेख्न थालिसक्नुभएको छ । लकडाउनको समयमा हाइकु सिर्जना गर्ने सर्जकको संख्या झन् बढी भयो । सानो, छिटो र धेरै कुरा व्यक्त गर्न सकिने भएकाले लेखाइमा केही जटिलता पक्कै छ । तरपनि मानिसहरुको आकर्षण उत्तिकै छ । 

थोरै समयका लागि पनि केही लेखौँ र केही गरौँ भन्ने चाहाना भएका सर्जकका लागि यो विधा एकदमै महत्त्वपूर्ण हुन्छ । सर्जक तिला लेकाली आफूले अहिलेसम्म १ हजारको हाराहारीमा हाइकु लेखिसकेको बताउनुहुन्छ । 
उहाँले लेख्नुभएका हाइकुमध्ये केही हाइकु :

२) नेपाली छोरी 
न्यायको कोल्टेचुलो
निम्छरो राज्य ।

३) अक्करे भीर 
असर भूमिपुत्र 
गंगा चौधरी ।

४) पाकेको भात 
भाँडोबाट घोप्टियो
तातो भुङग्रोमा ।

५) बाल श्रमिक
कानुनी अपराध
उचित दण्ड ।

हाइकुको परिधि भनेको नै यसको संरचना र बिम्ब हो भन्ने लाग्छ अर्का सर्जक मिश्र बैजयन्तिलाई ।  प्रकृति र मौसमको बिम्बको साथमा ५, ७, ५ को तीन वटा हरफमा लेख्ने परिधि हाइकु  हो । जापानमा अक्षर र काब्यमा निर्माण भएको हाइकु, विश्वका अरु साहित्यमा पनि अनुवाद हुँदै गए । 

सामाजिक, सांस्कृतिक र राजनीतिक विषयबस्तुहरु र अन्य विभिन्न किसीमका विषयबस्तुहरु जसरी हामी अन्य विधाहरुमा प्रयोग गछौँ, त्यही प्रकारको बिम्ब र शैलिलाई हाइकु संरचनाभित्र ल्याएर लेख्ने चलन रहेको बैजयन्ती बताउनुहुन्छ । 

अर्थ देखाउने गरी लेखिने बिम्बात्मक कवितालाई हाइकु भन्ने हो  । अन्य विषयबस्तु पनि थपेर  लेखियो भने त्यसलाई सेन्यु भनिन्छ । साहित्यका अरु विधाका आफ्ना संरचना फरक छ । गद्य कविता, छन्द कविता  र मुक्तकको आफ्नै प्रकारको संरचना हुन्छ ।   

गजल, गीत र गद्य लेखनमा संख्याको हिसाबले जति कविहरु छन् । त्यतिको संख्यामा हाइकु लेख्नेहरु छैनन् । तर पछिल्लो समय यो क्षेत्रमा कलम चलाउनेहरु पनि बढेका कवि मिश्र बैजयन्ति बताउनुहुन्छ । कवि बैजयन्तिले पनि धेरै हाइकुहरु लेखिसक्नुभएको छ । उहाँका हाइकुहरु यस्ता हुन्छन् :

१) जीवनसूत्र
भिरालो खेतबारी
तेर्सो  हिँडाइ ।

२) एकल आमा
नानीको नाना किन्छिन् 
बेचेर ढुङग्री ।

३) युवा विद्यार्थी
ठूलो किताब घर 
कठिन यात्रा ।

हाइकु काब्यको लघुतम विधा भए पनि यो चोटिलो, मार्मिक  र अर्थपूर्ण हुने भएकाले यसमा धेरैको रुचि भएको हुन सक्ने सर्जक चेतनाथ ढकाल बताउनुहुन्छ । 
छोटोमा  धेरै कुराहरु भन्न सकिने भएकाले यसप्रति युवापुस्ताको आकर्षण बढेको हो । 

सर्जक ढकालले लेख्नुभएको हाइकु सङ्घर्षमय जीवनले पनि केही आशा र सपना बोकेको हुन्छ है भन्ने जस्ता सन्देश दिने खालको हुन्छ भन्नुहुन्छ, ढकाल । नयाँ सञ्चार दिने हाइकुले मानिसलाई उत्साहमा हिँडाउँछ । नयाँ चेतना पैदा गर्छ । नयाँ सञ्चार दिन्छ । यस्तै भाव व्यक्त गर्ने उहाँको हाइकु यस्तो छ :  

१) छु सडकमा 
घाम जस्तै झलल 
नयाँ सपना ।

२) संसारभरि 
गुलाफ, फुलाएर 
हाँसो  सपना ।

ढकाललाई यात्रामा निस्कँदा वा अरु कुनै बेला आकश्मिक ढङ्गले रचना फुर्ने बताउनुहुन्छ । 

नेपाली देवनागरी लिपि हाइकुमैत्री नभएको यो क्षेत्रका कतिपय जानकारहरुले बताउँदै आएका छन् । कतिले नेपाली भाषामा हाइकु लेखन रहरको सिर्जना मात्र भएको तर्कहरु पनि गर्ने गरेका छन् । हाइकु साहित्यको पछिल्लो र संरचनागत हिसाबमा छोटो संरचना भएको विधा हो । साहित्यका अन्य विधाहरुजस्तो हाइकुको फैलावटको गति सुस्त भए पनि  यसका सर्जक र सिर्जना दिन प्रतिदिन बढ्दै गइरहेका छन् । 

-उज्यालो अनलाइनबाट

आलोचनाबाट आरम्भ

 आध्यात्म र धर्म  गोलबद्ध गर्यो -  जस्तो हामी अक्सर गर्छौं !  अन्धकारको डोरी - सर्प  आवश्यक उज्यालोको जोहो -  तपमा आश्रित रहनु  परिश्रम कल्प...