Monday, July 24, 2023

सामाजिक समस्या, कारण र समाधान

स्वच्छ समाज बनाउन सबै जना लागौं  ।

विकृति र विसङ्गति हटाउनलाई जागौं ।। 


जाँड खाएर स्वास्नी पिटने कोही उडाउँछन धुवाँ                     

समस्यालाई हटाउनुछ सुन्नुस आमा बुबा ।। 


धुम्रपान, मध्यपान र लागु औषध खाने 

अरुलाई धकल्दिंदै कालको मुखमा जाने ।।


धामी- झाक्रि, बोक्सी प्रथा,  छुवाछुतहरु 

अन्धविस्वास रुढिगुडी हटाईदिउँन बरु  ।।


दाइजो प्रथा, बेचविखन हिंसा महिला माथि 

यस्तो कतै देखे पुलिस बोलाईदेउन साथी ।।


बालश्रम, महिलाहिंसा, चोरी र डकैती 

कसो गरी जीवन ज्यूने भएपछि अति ।।


गरिबी र बेरोजगारी, अन्धविस्वास पनि 

कानून लागु गर्ने बस्छन मुक दर्शक बनि ।।


समस्या र विकृतिको जग हो अज्ञानता 

ज्ञानको ज्योति फैलाएर जगाउन जनता ।।


द्वन्द्व बढछ विविधता स्वीकारेन भने 

बाबू नानी तपाईहरु यस्तो चाहिँ नबने ।। 

No comments:

Post a Comment

बिद्रोह

मार्क्सका ठेली मुन्तिर  इमाइल दुर्खिम अनि  इ. वि. टाइलरको  संरचनामा  नअटेपछि मेरो परिवेश  कसरी अटौंला र म  महोदय ?  ॐ मणि पद्मे हुँ -  शिरमा...