Sunday, October 22, 2023

गाउँमा

 खेतका आली आली

र्पले चियाउछन

दुलो भित्र बाहिर 

मुसा बुर्कुसी मार्छन्

भ्यागुताको उफ्राइ 

खेतालाहरु 

बाली उठाउदै छन 

यो सौहार्दता 

गाउँमा 

अझै जीवित छ ।।


एउटै कार्यालयमा 

अनेकतिर फर्किएर 

काम गर्न 

अनौठो

साँधि जोडेको छिमेकी

विभक्त छ

औपचारिकताको कुटिल मुस्कान 

बजारका 

हरेक गुटमा देखिन्छन्।।

No comments:

Post a Comment

गजल

अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो  जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...