Tuesday, February 24, 2026

छायाँको चोट

 




विद्यालयको अन्तिम घण्टी बज्न बाँकी थियो। कक्षा आठको कोचिङ कक्षा भइरहेको थियो बाहिर गएका केटाहरु हल्ला गर्दै कक्षामा पसे कक्षा शिक्षक रमेश प्रधानाध्यापकको कार्यकक्षतिर हतारिँदै गएका थिए। उनको अनुहारमा चिन्ता थियो। उनले भर्खरै थाह पाएका थिए दुई विद्यार्थीबीचको अप्रत्याशित झगडा।

एकजना विद्यार्थी सन्दीप अर्को रोहित। सन्दीपले रोहितलाई पिटेको थियो कारण ? “दाइ भनेन भनेर।रमेशले यो कुरा तुरुन्तै प्रधानाध्यापकलाई जानकारी गराए।

प्रधानाध्यापकले दुबैलाई कार्यकक्षमा बोलाए। सन्दीपको अनुहार मलिन थियो रोहितको गालामा हल्का रातो डाम थियो। सोफामा बस्न लगाएर प्रधानाध्यापकले सोधे, “के भयो? किन झगडा गरेको ?”

रोहितले भन्यो, उसलाइ मैले दाइ भनेन भनेर पिट्यो सर। ट्वाइलेट गएको बेलामा मैले उसलाई सन्दिप भनेर बोलाएको मात्रै हो सर त्यो भन्दा बढि मैले कुनै शब्द बोलेकै छैन

किन दाइ भन्नु पर्ने हो सन्दीप?” प्रधानाध्यापकको प्रश्नमा पुनः सन्दीप मौन रह्यो

प्रधानाध्यापक केही समय चुप लागे। उनले दुबैको व्यवहार बुझेका थिए सन्दीपको आक्रोशमा आत्मसम्मानको चोट थियो। उसले आफूलाई दाइभन्नु सम्मानको प्रतीक मानेको थियो।  त्यो सम्मान नपाउँदा उसले आक्रोशलाई शारीरिक हिंसामा परिणत गर्यो।

रोहितको व्यवहारमा डर थियो। नयाँ वातावरण, अपरिचित अनुहारहरू, सामाजिक नियमहरू सबैले उसलाई अन्योलमा राखिरहेका थिए। उसले सन्दीपलाई अपमान गर्न खोजेको थिएन तर उसले सामाजिक संकेतहरू बुझ्न सकेन। उसले सधैं आफूलाई एक्लो महसुस गर्थ्यो

प्रधानाध्यापकले शान्तपूर्वक भने, “सन्दीप, तिमीलाई दाइ भन्नु सम्मान होला तर सम्मान जबर्जस्ती माग्ने होइन नि। रोहित नयाँ विद्यार्थी हो। उसले तिमीलाई अपमान गर्न खोजेको होइन। उ पनि त तिम्रै कक्षाको साथी हो ।  तिमीले उसलाई पिटेर के सिकायौ ? अब तिमीलाई किन दाइ भनेर सम्मान गर्छ रोहितले ?”

सन्दीप चुप लाग्यो। उसको अनुहारमा आत्मग्लानि झल्कियो।

प्रधानाध्यापक रोहिततिर फर्किए, “तिमी डरायौ डराएर बोल्न बन्द गर्नु हुँदैन। तिमीले सोध्न सक्थ्यौ किन दाइ भनेर बोलाउने? तिमी त मेरो साथी हौ । एकै कक्षामा पढछौं।यसले तिमीलाई सुरक्षित बनाउँथ्यो।

त्यसपछि प्रधानाध्यापकले दुबैलाई एकैपटक हेरेर भने, “विद्यालय भनेको सिक्ने ठाउँ हो। यहाँ सम्बन्ध पनि सिकिन्छ सम्मान पनि।  सबैभन्दा ठूलो कुरा हो आफ्नो व्यवहारको जिम्मेवारी स्वीकार गर्नु। यो कुरा सधैँ ख्याल राख्नु ।

दुबै विद्यार्थी चुपचाप उठे। सन्दीपले मसिनो स्वरमा भन्यो, “आइ एम सरी सर। रोहित, एक्सक्युज मी। रोहितले मुस्कुराउँदै टाउको हल्लायो। वातावरण शान्त भयो।

त्यो साँझ प्रधानाध्यापकले विद्यार्थीको पोर्टफोलियो फेरी पल्टाएर हेरे। रोहितको फाइलमा एउटा नोट थियो बाल मनोविज्ञानको विशेष निगरानी आवश्यक। अघिल्लो विद्यालयमा पनि सामाजिक समायोजनमा कठिनाइ देखिएको। प्रधानाध्यापक चकित भए।

अर्को दिन उनले रमेश सरलाई बोलाए। हामीले रोहितमा सामान्य डर देखेका थियौं तर उसमा गहिरो सामाजिक असुरक्षा छ। उसले सम्मान नदिएको होइन उसले सम्बन्ध बनाउने तरिका नै सिकेको छैन जस्तो छ। उसलाई यि कुराहरु सिकाउनुहोला है रमेश सर हुन्छ भनेर रमेश सर बाहिर निस्किए

प्रधानाध्यापकले रोहितका अभिभावकलाई फोन गरे। हामीलाई लाग्छ, रोहितलाई अतिरिक्त भावनात्मक सहयोग आवश्यक छ। उसले सम्बन्ध बनाउने तरिका सिक्नुपर्छ। यो बारेमा यहाँहरुले कुनै कक्षाको किताब पल्टाउन जरुरी छैन मात्र सामाजिक सम्बन्धमा सुधार ल्याउनु होला रोहितको बाले प्रयास गर्छु सर भनेर फोन राखे ।

शुक्रबारको दिन विद्यालयमा सधैं झै अतिरिक्त क्रियाकलापको व्यवस्था गरिएको थियो अरुणिमाको संयोजनमा एक नयाँ कार्यक्रम सुरु भयो सम्बन्ध सम्माननामक कार्यशाला। रमेश सरले कार्यक्रमको उद्देश्यमा प्रकाश पारे । अन्य विद्यार्थीहरुसँगै सन्दीप रोहित पनि सहभागी भए। सन्दीपले कार्यशालामा भने, “सम्मान माग्ने होइन, कमाउने हो।रोहितले भने, “डरले सम्बन्ध बिगार्छ, संवादले बनाउँछ।

कार्यशालाको अन्तिममा रोहितले एउटा चित्र देखायो। चित्रमा दुईजना व्यक्ति थिए एकले अर्कोलाई पिटिरहेको र अर्कोले आँसु झारिरहेको। चित्रको शीर्षक राखेको थियो छायाँको चोट

प्रधानाध्यापकले सोधे, “यो चित्रमा के देखाउन खोज्यौ?” रोहितले भन्यो, “कहिलेकाहीँ चोट देखिँदैन सर। छायाँमा लुकेको पनि हुनसक्छ। रोहितको कुराले सबैलाई स्तब्ध बनायो। सन्दीपले चित्र हेरेर आँखा रसायो। उसले बुझ्यो उसको चोट देखिएको थियो तर रोहितको चोट छायाँमा लुकेको थियो।

 

अस्पतालको सपना

 



साउनको महिना थियो। गाउँभरि वर्षाको गन्ध फैलिएको थियो । नदीहरू उर्लिएका थिएपरीक्षा सकिएर खाली बसेको समयमा बालाई सघाउनु नृपको दैनिकी बनेको थियो । घरमा अन्य काम पनि छैन, परीक्षाको नतिजा पनि आएको छैन, भएको एक पसलमा बस्नु र विभिन्न समानहरुलाई फुटकर बेच्नुमा रमाइलो पनि हुन्थ्यो । बा आमाले सल्लाह गरेजेठालाई पसलको जिम्मा लगाइदिउँ । यसको पढाइ सुरु भए पछि जाला

अब पसलको पूरा जिम्मा उसैको भएको थियो । बा कहिले कसो समान ल्याउनु पर्यो भने मात्र पसलमा झुल्किन्थे । दिनमा समान बेच्ने देखि लिएर रातीको समयमा पसलको सुरक्षा गर्ने जिम्मा पनि उसैलाई आयो । नजिकै रहेको रोकायाको नास्ता पसलबाट नास्ता आउथ्यो । उसले आफ्नो इच्छा अनुसारको नास्ता मगाउथ्यो । बिहानी अखबारका लागि स्वागत छदैथियो । फाट्टफुट्ट गफमा मिसिने बिन्दु थियो । कहिले कसो बिरेन्द्र पनि अइहाल्थ्यो ।

 एक रात पसलमा सुतेको बेला नृपलाई सर्पले टोक्यो । बिहान अबेरसम्म पसल नखुल्दा छिमेकोले पसल खोल्न झकझक्याए । अबेर गरी ढोका खुल्यो । विकृत अनुहारमा नृप देखियो । उसलाई सर्पले टोकेको खबर गाउँमा फैलियो। परिवारले हतारहतरमा उलाई भेरी अस्पताल लैजाने प्रबन्ध गरे। शरिरमा विष चढिसकेको थियो । अस्पताल पुग्नुअघि नै बाटोमा उको मृत्यु भयो। 

नृपको मृत्युले गाउँलाई स्तब्ध बनायो। सबैभन्दा ठूलो प्रभाव उसको सानो भाइमा परेको थियो। भाइले आफ्नै आँखाले देखेको थियो दाइलाई बोकेर दौडिँदै गरेको, बाटोमा हतारिँदै एम्बुलेन्स पर्खिएको अनि अचानक दाइको सास हराउँदै गएको। भाइको मस्तिष्कमा मृत्युको दृश्य गहिरो गरी बस्यो। बालक चेतनामा मृत्यु सामान्य घटना होइन एक आकस्मिक र भयावह अनुभव हो। यसले उसको मानसिक संरचनामा असुरक्षा र डरको बी रोप्यो। 

 भाइले सोच्न थाल्यो यदि म केही गर्न सक्थेँ भने दाइलाई बचाउँथेबालमस्तिष्कमा यस्तो अपराधबोध सामान्य हुन्छ । उनीहरु कुरा खेलाइरहन्छन । घटनाको वास्तविक जिम्मेवारी भने उसमा थिएन। 

 सर्प अब उसको लागि जनावर मात्र रहेन, मृत्युको प्रतीक बन्यो। उसले कल्पनामा सर्प देख्दा पनि तुरुन्तै दाइको मृत्यु सम्झिन्छ। अस्पताल पुग्न नसक्नु, बाटोमै मृत्यु हुनु, बालचेतनामा बाटो र अस्पताल दुबै असफलताको प्रतीक बने। बाटो अब उसको लागि यात्रा नभइ मृत्युको स्मृति बन्यो 

  नृपको मृत्युपछि भाइ चुपचाप भयो। विद्यालयमा गए पनि बोल्दैनथ्यो। साथीहरूले खेल्न बोलाउँदा पनि ऊ चुप लाग्थ्यो। शिक्षकहरूले सोध्थे, “के भयो?” ऊ उत्तर दिन सक्दैनथ्यो। उसको मनमा एउटा दृश्य बारम्बार दोहोरिन्थ्यो - दाइको अन्तिम सास। 

 वर्षौंपछि भाइ जवान भयो। उसले पढाइमा संघर्ष गरिरह्योजीवनमा एउटा निर्णय गर्यो उसले स्वास्थ्यकर्मी बनेर गाउँको सेवा गर्ने । उसले भन्यो, “म दाइलाई जस्तै अरुलाई बाटोमै मर्न दिने छैन। 

 उसले पढाइ पूरा गर्यो । गाउँमा बन्न लागेको अस्पतालको खबरले हर्षित भएर गाउँ आएको थियो । आफ्नो गाउँमा बन्दै गरेको अस्पताल देख्यो र अच्चमित भयो । उ अस्पतालको कङ्काल हेरेर रोयो। त्यो गाउँ अझै उस्तै थियो र बन्दै गरेको अस्पताल नबन्दै थला परेको थियो । 

Sunday, February 22, 2026

दक्ष शिक्षक




आकर्षक नारा तयार भए । शुभकामना पत्र छापिए । सन्चालकहरु जम्मा भएर प्रधानाध्यपकलाई जिम्मा दिए यो पटक एक सेक्सन बिद्यार्थी नयाँ शैक्षिक शत्र सुरु हुनेबेला सम्म निशुल्क पढाउने ।आवश्यक तयारी थाल्नुहोस, हामी तयार छौं विद्यार्थी भर्नाको अभियान चल्यो माता सरस्वती तपाईको बालबालिकाको मस्तिष्कमा बास बस्नेछिन । बालबालिकालाई यहि विद्यालयमा भर्ना गर्नुहोस ।

 

प्रधानाध्यापकले हरेक तवरले तयारी गर्यो । आकर्षक विद्यालय भवन, प्रयाप्त खेल मैदान, विद्यार्थी मैत्री शिक्षण बिधि …….। एक पटक पम्पलेट पढ्यो र टाउको कन्यायो । उसले लेखेका सबैकुरा विद्यालयको पहुँच बाहिर थिए । उसले सन्चालकहरुको आस मानेको थियो भसोसा थिएन । विगतका वर्षहरुमा उसले तितो फल चाखिसकेको थियो ।

 

शिक्षक परिचालन भए । पुराना अभिभावकको साहरा लगियो । सम्भावित ठाउँसम्म आवश्यकता अनुसार उ पनि पुग्यो । उसको आत्मविस्वासले पहिले भन्दा अलि बढि प्रभाव बढदै गयो । शिक्षकहरुले साथ दिए । पुराना अभिभावकहरु पनि सहयोगी बनिदिए । नारा र चित्रहरु पनि आकर्षक देखिए ।

 

पूजा त एक बाहना मात्र थियो । कार्यक्रमको आयोजन भयो । विद्यालय निरिक्षक देखि जसको उपस्थितिले प्रभाव पार्छ लागेको थियो ति कार्यक्रमका वक्ता बने । उनिहरुले आफ्नो भन्न चाहेको कुरा भने । स्रोताले के के सुने, ताली बज्यो । कार्यक्रम सकियो । साँझ विद्यार्थी भर्नाको रजिष्टर हेरियो । तिन दिन पछिबाट नयाँ कक्षा सुरुहुने संचालकको निर्णय भयो ।

 

शिक्षक र कक्षाकोठाको विषयमा कसैले कुरा उठाएनन । प्रधानाध्यापकले कुरा उठायो तर कोहि पनि गम्भिर भएनन् । भने, “चलिहाल्छ नी सरकारले तोकेको न्युनतम ज्याला भन्दा धेरै कममा शिक्षकहरु काम गरिरहेका थिए । नयाँ विद्यार्थीहरुका लागि पुरानै काम गरिरहेका शिक्षक भेटाउन मुस्किल भइरहेको थयो । दक्ष, अनुभवि, तालिम प्राप्त र बालमनोविज्ञान अनुकुल शिक्षण गर्ने शिक्षक भेटनु अप्ठ्यारो थियो ।

 

बिहान नयाँ बालबालिका विद्यालय आउन सुरु गरे । एउटा कक्षाका लागि बालबालिका पूरा भए । प्रधानाध्यापक बेचैन देखिन्थ्यो । संचालकहरुले शिक्षक व्यवस्थापनका लागि सहयोग गरिरहेका थिएनन । विध्यालयले दिने तलबमा निरक्षर ज्यालादारी मजदुर पनि उपलब्ध हुन सक्थेन । उसले मलिन अनुहार लगाई एक शिक्षकलाई बोलाएर भन्यो, “ पछाडि पट्टिको अँध्यारो कोठामा लाईट जलाउनुहोस र कार्यालय सहयोगी दिदी (सानी) लाई कक्षामा पठाई दिनुहोस ” 

गजल



मेरो हिडने मूलबाटोको ध्रुवतारा तिमी । 

अश्र, रोदन, हाँसो, खुसी एकमै सारा तिमी ।।


डगमगाउदा अस्तित्वको भार उठाइ दिने 

कर्तव्यबोध जीवन ज्यूने हौ साहारा तिमी ।।


लुप्त हौंला, विलुप हौंला, जुलुस बने पनि 

जीन्दगीलाई बोकि हिडने अभिभारा तिमी ॥


बुँद बुँद बनी भर्न मैले के सकौंला प्यारी 

प्रखर सौम्य पूर्ण भा'को प्रेमिल धरा तिमी ।।


सुरक्षा

 


सन्तलाल जीवन बीमा अभिकर्ता बनेर गाउँमा फर्किएको थियो । उ बजारमा तालिम लिन गएको थियो । फर्केर आएपछि उसले जीवन बीमा योजना बेच्ने योजना बनायो । गाउँघरमा क कसलाई जीवन बीमाको जरुरी छ भनेर खोज्यो र थाहा पायो कि यो त सबैका लागि आवश्यक कुरा रहेछ । अब जसरी पनि बीमा योजना बेच्नु पर्ने ठहर गर्यो । यो खबर म्यानेजरलाई सुनाउदा खुसी भएर सानो पार्टी नै आयोजना गर्यो । सन्तलालको आत्मबल बढ्यो ।

 चित्र गाउँमा बाख्रा पालन गर्ने एक किसान थियो । उसले बाख्रा पालन कर्मलाई व्यवसायमा रुपान्तरण गर्ने तयारीमा थियो । उसको जहान एक लघुबित्त कम्पनीको समुह सदस्य बनेकी थिई । ऋण लगानी गर्ने कर्मचारीले ऋण लिन चाहनेको नाम र उद्देश्य कार्यालयमा निवेदन सहित दिनु भनेको थियो । चित्रका श्रीमान श्रीमतीले ऋण निकालेर बाख्रा पालन व्यवसायलाई नयाँ गति दिने निर्णयले खुसीको स्वास फेरे ।

लघुबित्तले ऋण दियो तीन लाख । उनीहरु घर आउनु भन्दा पहिल्यै सन्तलालले बीमाको हाकिमलाई घरमा ल्याएर बसिसकेको थियो । सन्तलाल बीमा योजनाले चित्र र उसको परिवारको सुरक्षा हुने सोचिरहेको थियो । हाकिम भने उसको मासिक लक्ष्यमा परिपूर्ति । चित्र र उसको श्रीमतीको आगमनले सन्तलाल र उसको बीमाको हाकिम खुसी भएर बधाई दिए ।

 सन्तलालले जीवन बीमा योजना खरिद गर्ने सल्लाह दिए । हाकिमले राम्रा राम्रा योजना सुनायो । असार मसान्त आउन चार दिन मात्र बाँकी छन । तपाईले तीन लाखको बीमा योजना खरिद गरी एकमुष्ट भुक्तानी गर्नुहोस । साउन एक गते तपाईले तीन लाखको नब्बे प्रतिशत रकम ऋण लिन पाउनुहुन्छ । सधैँको पैसा तिर्ने झन्झट पनि भएन र बाख्रा किन्नका लागि रकमको अभाव पनि भएन । ऋण आइहाल्छहाकिमले भन्यो ।

 चित्र र उसको श्रीमतीले जे जसरी बुझे, उनीहरुले दुई लाख नब्बे हजार तिरेर बीमा योजना किने । दश हजारको खुसियाली भोज भयो । सबैजना रमाए । हाकिम आफ्नो काममा लाग्यो । सन्तलाल सम्भावित ग्राहको खोजीमा । चित्र र उसको जहान मिलेर गाउँघरमा बाख्रा खोजे । यताउति गर्दै पन्ध्र दिन बिते ।

चित्रको श्रीमती ऋणको लागि बीमाको कार्यालयमा पुगी । हाकिम बदलिएको रहेछ । उनीहरुले ऋणको कुरा गरे । उनीहरुले तिरेको पैसामा पनि हाकिमले जिम्मा लिएर ऋण दिन केन्द्रीय कार्यालयले इमेल पठायो । हाकिमले जिम्मा नलिएर दिन मिल्ने जति दिनुस भनेर प्रतिउत्तर इमेल लेखे । दुई लाख पचास हजार ऋण पाए बार्षिक पच्चिस हजार ब्याज तिर्ने सर्तमा ।


केहि दिन पछि चित्र बीमाको कार्यालयमा गयो । हाकिमसँग कुरा गर्यो । हिसाब गर्यो ऋण र त्यसको व्याजको । हाकिमले भन्यो, “ पच्चिस हजार बार्षिक तिर्ने गरी बीमा गरेको भए तपाईको पाँच लाखको सुरक्षा हुन्थ्यो


समयको साक्षी

 


-     


प्रिय पिपल!

उष्णमा भरेर शीतल

उम्रेका अनेकौं कहानीहरु

तिमी पनि साक्षी हौ-

कि प्रश्न थुन्ने कारखाना !

वा वाचित ऋचामा उभिन्छौ ?

 

हजुरबाको ठेकान

बाहरूको रौनक-

दाइह‌रुको कथा

भाइहरुको चुटकिला

तिमी मौछौ !

बिलार सम्पूर्ण कथा

बिलाए झैं भ्रुणहरु

पुत्र दर्शनमा !

 

अदम्य शाहस एन होला!

प्रेतात्मा मानवमा पदापर्ण हुँदा

तिम्रो लहरा रक्षक एर उभियो

राँके जुलुसका राक्षसहरुसँग !

किचकन्नीका बथानहरुको

हाँसोमा रुम‌ल्लियौ कि -

युवाको यौवनसँग

यौनका कहानीसँग!

 

तिमीले मृत्यु नि भोग्यौ

जस्तो न्छन - मृत्यु नियालेँ

नजिकैबाट !

तिम्रो आँगनमा आउने मुर्दाहरु

चेतनाहीन छाया

कसले सिकाए मृत्युको र्म

जीउँदाहरूले कि मुर्दाहरूले ?

 

बालक्रीडा पनि भोग्यौ

स्वयम्‌मा जीवन उमार्यौ

वयस्कहरू पनि फनफनी घुमेरिपरि

जो बालकै थिए !

अस्ताए - डाँडाको बेलसरी

झुल्किए तिम्रै आँगनमा

के तिमी संवेद‌नाले काम गर्छौ ?

 

जरामा धूबत्ती बले

हाँगामा जीझुण्डिन आए

लाटोकोसेरोले ध्यान गरे

चिबेले काग लखेटे

चिलले परेवा चिरे

तप ! तप ! तप ! तप !

तिम्रो आँगनमा रतप्कियो

भन - तिमी दुःखमा छट्पटायौ ?

 

अँ -

तिमी साक्षी पनि बस्यौ

यो परिवेशको !

त्यो समयको !

बद‌लिदो युगको !

तिम्रो आयुको !

हाम्रो सत्कर्म - कुकर्मको !

भन कसरी हेर्छौ यो समय-

समय त्रस्त भएको मौस‌म

ति चिसा रातहरू !

 

तिम्रै आँगन एर गए होलान बामनी बज्यै -

खोज्दै हिडेका बाजेहरु !

मुण्डन गरिएका नातिहरु !

छाप्री समातेका पनातिहरु !

सगौरव हिडने सन्ततिहरु !

फर्फराए होलान्

प्रथाका ध्वजापताकाहरु !

पिडाका पर्वतहरू

अपमानका भिरहरू

आरोपका बृक्षहरू

के मात्र देखेनौ 

सर्वाङ्‌ग नाङ्‌गाहरु !

हर ठाउमा ठडिने बाङ्‌गाहरु

गङ्‌गाहरू- देवव्रतहरू !

भो शोक - परलोक

कतिसम्म लुकाउछौ ?

 

बामनी बज्यैको बाटो यहि छ

पुण्य वा श्रापित माटो यहि छ

दुःख छ पिडाको पाटो यहि छ

हि बाटो हिडने बज्यैहरूको चित्कार -

रगतको टाटो पनि यहि छ -

तिम्रै माथिबाट उठ्‌योहोला

दुर्गन्धको धुवाँ

तिम्रो जरास‌म्मै पुग्यो होला अश्रु रस

तिमी मौन भयौ - को बताउँछ अब !

 

बागनी बज्यैको चित्कार सुनेको

पटपटी फुटेको शरिर देखेको

तिमी सँगै त हो बाज्याले उत्तर खोजेको

तिमीमा ध्यानस्थ भएको

तिम्रै आँगन‌मा चित्कार छोडेको

बास्नादार भोजन अर्पण गरेको

तिम्रै समिमा घण्टीको करतल ध्वनी

किन जागेनौ शङ्खनाद‌मा

कि विरह‌को सनाही बजिरहन्छ

भित्र भित्र ! भित्री गहिराइमा !

कति लुकाउछौ - केहि त देखाउ !

तिमी इतिहास हौ - वर्तमान हौ

 

बाजेको तन्त्र

तिम्रो मौ मन्त्र

बामनी बज्यैको चित्कार

प्रथामा परिन्ध

म के महसुस गरुँ

तिमी एरै

नामेट अस्तित्व !

Birthday and Cake

  Sunil and Sadhana are still young. At home, even in their butterfly games, cakes play a role. They study in a private school. Along with t...