Thursday, March 7, 2024

सडक चिन्नुहुन्छ

 



महेन्द्र ताजले नाक छोप्छन आकाश खुलेपछि ।।

त्रिभुवन टाफिको नाउमा नौविसेमै भुलेपछि ।।


अरनि‌को तातोपानी टिटी खेल्छन त्रिशुल बोकि 

पृथ्वीले टिका लगाई कार चलाउदै डुलेपछि ।।


मदन आश्रित मासको तास‌मा विपि थप्ने अण्डा 

मेची तिर नास्पतीमा अक्टोपसलाई हुलेपछि


कोशी पुलमा टिटी सोच्छ सूर्य लाइ रसी के को? 

नास्पतीलाई हातमा समाई सगरमाथा चुलिएपछि।।


टफि घाममा राख भन्छन झुमालाई सिद्धार्थ 

टोपी सँगै प्यारो छाता राप्तीले बटुलेपछि ।।


रत्नसंग अरनिको टिटि खेल्ने त्रिशुल बोकी 

कर्णालीको नाम चम्काउने आँखाहरु खुलेपछि ।।


तरबार हातमा बोकि महाकाली पार नगर्नु 

पिसाब छर्छन सेती तिरमा अज्ञानतामै झुलेपछि।।

Friday, March 1, 2024

स्वाभिमानी नबन्ने हो र?

 पराइ प्यारो लाग्छ पराइको पन प्यारो लाग्छ ।

आफ्नो त्यागेर अर्कैको सम्मोहन प्यारो लाग्छ ।।


हामी परचक्रिको चङ्गुलमा यसरी फसिसक्यौ,

त्यागौं भन्दा नि नहुने परिवेश, झन प्यारो लाग्छ ।।

Wednesday, January 31, 2024

विजय

 विजय हो यो विजय झै मनाउनु पर्छ ।

कडा प्रतिस्पर्धा गरें भन्न पाउनु पर्छ ।।


एकै प्रयासमा सफल विरलै हुन्छन 

विजेताले लडदै उठेर बाटो बनाउनु पर्छ।।


तिर्खा लाग्यो भन्दैमा कुर्लिएर के पाइन्छ

खोला बोलाएर आउदैन स्वयम् धाउनु पर्छ ।।


कस्तुरी हो भनेर कति दिन प्रचार गरिन्छ

कस्तुरी भए वरिपरि सुगन्ध छाउनु पर्छ ।।



Monday, January 29, 2024

सहिद

फेरिएको परिचय देखेर

मुसुक्क मुस्कुराउँदै

सहिद बोल्छ 

यो परिचय 

तिमी लैजाउ 

आफै सहिद बन ।

Saturday, January 6, 2024

संवेग

 संवेग बगिरहन्छ खण्ड खण्डका देखा पर्छन् ।

कुनै पल शान्तिका कुनै उदण्डका देखा पर्छन् ।।



एक क्षणको  यात्रामा निस्कनु भयो गह्रुङ्गो भइ 

यो ब्रह्महो अबिराम स्वरुप ब्रह्माण्डका देखा पर्छन् ।।

खेत पनि पिडित छन

 कुनै फसल उब्जिएन खेत बिरक्तियो

कहि असल उब्जिएन खेत बिरक्तियो ।।


हर प्रयास मिथ्या बनेपछि आशाको अब 

दिव्य  पहल उब्जिएन खेत बिरक्तियो ।।

के गर्ने हो

 हुरी बतासका हर प्रहार भुवरी जितेर 

हर लडाईमा कुटिल पोल्टो भरि जितेर ।


यो त्रेता होइन न अवतार कसैको कोहि 

के गरौला आखिर कोहि बिगारी जितेर ।।

कसरी भनौं

 तिम्रो ईश्वर र दाग म कसरी भनौं

बने विस्वास खाग म कसरी भनौं ।


चराचर जगतको आफ्नो कर्म छ 

तिम्रो कति हो भाग म कसरी भनौं ।।

Friday, December 22, 2023

गजल

 बालापन बिगार्छौ जवानी बिगारीरहन्छौ ।

कसरी धान्छौ ? त्यो जीन्दगानी बिगारिरहन्छौ ।।


कति टिकाउछ कृतिम स्वासले हेरौं पर्खौं 

पात्र विगार्छौ फेरी कहानी बिगारिरहन्छौ ।।


हात फैलाउन अनौठो नलाग्ने कर्ममा खै 

कर्म बिगार्छौ कस्को आम्दानी बिगारिरहन्छौ ।।

दाहिना

 बा 

यो दाहिने हुनु

के मानु ? 

छोरो ! 

सकिए पछि 

कर्मवीरको पौरख 

विनास भएको क्षमता

उम्रिदै सुकेका प्रतिभा

थलिएका विचारको डोब

ज्युने आधार सकिन थाले पछि

त्यान्द्रोले पार लगाउछ ।

विस्वासमा परिवेश नटिकेपछि

दाउमा लगाएर स्वाभिमान

जिउने संघर्षको

नाममा चढाउनु एक यात्रा।

बा 

म दाहिनाको संगत गरुँ ? 

धिक्कार ! 

पौरखीको पौरखमा शक्ति

रहुन्जेल 

बाबु 

तिमी

कोसौं टाढा बस ।

Thursday, December 21, 2023

परिवर्तन

 घरमाथि को

हनुमान देखेर 

साथिले भन्यो

यति रुढिग्रस्त ?

प्रगतिशील बन्नुहोस् ।

उत्प्रेरणाको पाठ सिकाउन 

झिंजा बटुलेर 

ताली ठटाउने 

आहा! 

जो भक्तिमा लिन भएर पनि

सत असतको चाल पाउछ 

एक प्रेरणा पुन्ज 

सिध्द 

छोडेर

कसरी म अरुको

विस्वास अगालु 

अन्धो 

क्रान्ति वीर बन्न ।

आलोचनाबाट आरम्भ

 आध्यात्म र धर्म  गोलबद्ध गर्यो -  जस्तो हामी अक्सर गर्छौं !  अन्धकारको डोरी - सर्प  आवश्यक उज्यालोको जोहो -  तपमा आश्रित रहनु  परिश्रम कल्प...