स्रोतबाट छुट्टिएको त्यहि स्रोतमा कहिले मिल्ने होला !
भन मेरो प्रभु तिम्रो पूर्ण ओतमा कहिले मिल्ने होला ।।
जुन भुमिका निर्वाह गर्न पर्यो त्यहि म हुँ भ्रममा छौं
साक्षात्कार स्व स्वरूपको अठोटमा कहिले मिल्ने होला।।
स्रोतबाट छुट्टिएको त्यहि स्रोतमा कहिले मिल्ने होला !
भन मेरो प्रभु तिम्रो पूर्ण ओतमा कहिले मिल्ने होला ।।
जुन भुमिका निर्वाह गर्न पर्यो त्यहि म हुँ भ्रममा छौं
साक्षात्कार स्व स्वरूपको अठोटमा कहिले मिल्ने होला।।
कयौं अवरोध हुन्छन् बाटो भरि काँडा हुनसक्छन नआत्तिनुस्
जीवन खुसीले ज्युनु, गन्तव्य, सोच टाढा हुनसक्छन नआत्तिनुस्।।
परिवर्तन सहज कहिल्यैँ हुदैन काँचुली फेरिएको हुनपर्छ ।।
जीवन मर्ने तरिका झन झन गाढा हुनसक्छन नआत्तिनुस्।।
ज्ञान पनि बिच्छेद भा छ हरेक व्यक्ति पिच्छे
विज्ञानको नि भेद भा छ हरेक व्यक्ति पिच्छे ।।
मान्छे बनेर जीवन खुसीले बाँचौं भन्यो अह
मानवतामा खेद भा छ हरेक व्यक्ति पिच्छे ।।
काम क्रोध लोभ मोह मद माश्चर्य ले भरिएर
स्वस्वार्थ त सचेत भा छ हरेक व्यक्ति पिच्छे ।।
मैले स्विकार गर्न सकेन तर सहेकै छु के गरुँ
सत्य छुट्टै संकेत भा छ हरेक व्यक्ति पिच्छे ।।
के चढाउ अब मैले के लैजान्छौ चिनो
छैन बाँकी अरु कुनै दिल खोलेर दिनु ।।
को उदाउछ, को अस्ताउँछ, को ले दिन्छ ज्योति
लेखाजोखा किन गर्ने भनेरै सम्झिनु ।।
अलगअलग गन्तव्य छन अलगअलग बाटो
कुनै मोडमा झुकिएर हुन्न अलमलिनु।।
छैन कोहि सम्हाल्दिने, न छ सुरक्षामा
मोति बनि परेलीको को छ पखालिनु ।।
यता
वर्षा लागेर
बारी सिंचनमा लागेको
भोक मेटाउन
बाली पाकुन्जेल कुर्नु छ ।
उता
उसलाई
बाली के हो थाह छैन
बाली पाक्नु नपाक्नुको
सरोकार भएन
उसले घुस मात्र खान्छ ।
जताततै सर्वत्र छौ सबै सुन्ने देख्ने
समाउने नि तिमी प्रभु , पाउ मैले टेक्ने ।।
म त एउटा कणमात्र हो तिम्रो सिङ्गो रुपको
स्वास तिमी गास तिमी घाम पानीलाई छेक्ने ।।
किरिङ मिरिङ जिन्दगीका नसुल्झिने रेखा
मेटाउन नि बेर न लाउने तिमी नै हौ लेख्ने ।।
अज्ञानी छु, होस भएन परिराछु थला
पिडा पनि स्वय, प्रभु चोटहरुलाई सेक्ने ।।
ए दाइ !
तिम्रो योजनाको रोडमा
तिम्रो एक्लो सवारी चल्दा
तिमीले गजब ठानौला
हामी दिनहुँ
भिँडमा हिडिरहदा
हरेक पल्ट
खाल्डामा जाकिन्छौं ।
एक डाडु मात्तै हालेइ बा !
आमा पुग्नु अगाडि
कति डाडु गए होलान
आमाले पाहाडा नपढे पनि
चाल पाइन
अन्तिम डाडुमा भनिन भएन क्या ?
म कसरी जानु
कुन डाडु तिम्रो अन्तिम हुनेहो ।
पान्नाउला बाँदर देखाइ देखाइ
घोगाका सुल्ता
काटदै फाल्दै
बाले खोकेर बिर्साइ दिए ।
खोक्नलाई यहाँ को बोलाउनु
सबै बाँदर देखाउदै हिड्ने समय
बनाएका छन ।
भाइबहिनीको भाग
आफ्नामै थापि थापि
रुवाउदा पनि बाज्याले देख्यानन
पानीमूलाको केरा
भुइँमा निहुरिदा
एक एक गरी माटो दलेर
लिएको
बा निकै छैक्या
सोधिरहन्या
बज्यैले कहाँ देखुन ।
यहाँ बज्यैको संख्या कति छ ?
किमेर्खाबाट धानको भारी
बोक्न अप्ठ्यारो भएर
गल्बाउनो राखी धान झाडेर
फाल्या पछि
बा तर्से
भनिदयाँ
गल्बाउनो भारी फुक्यो
बाको भारी फुक्नु मलाई मात्रै हो
पत्याइदिया ।
म पनि पत्याउने बानी परेर
यो देश गरिब छ - होला ।
जवान देश दुनिया खान्छ - विदेश जान्छ
घर गुजरा चलाउला ।
तमिलाई गाडि चाहियो -
गल्बा अफ्ठ्यारा छन ।
विदेशको उपचार - डाँडाकि बौजु
विदेश नपुगेरै मरिन
उनको जत्काल
खड गयो ।
त्यसो नहोउ कै कि पन ।
भत्ता - कति डाडु थपें आमा क्या जानुन्
विनास - पान्नाउला भयो त ।
भोट - निकै छैक्या बा ।
म बज्यैको जनगणना गर्न्या हुँ ।
स्रोत दुरुपयोग - पडिम्लाका रुखका गल्बा
निरिह मेरा बा
आफूलाई हेर्दै
सबै सहि बसेको छु ।
म मात्रै छु कि ?
स्कुलले चामलको पिठो मगायो
पूजामा सेल बनाउन
देवी रिसाउलिन आमा!
आ! हुन दे !
देवीकन था नाई क्या ?
मलुवो घाममा
रागा सुकाएर
एक थैलो धुलो बनाइदिईन आमाले
सिलाएको थैलो
सरको हातमा थमाउदा
थाह भएथ्यो कि ?
नआउनु भन्या भैगयो
नजाला
तर देवी !
ति क्या हरन्नी ?
मेरी आमालाई केहि हुने हो कि
गाईखर्क दुगुर्दा
खबर पुगेथ्यो
त्यसलाई पनि ल्याइ आउनु
चामल भनेर देवीलाई ढाँटने ?
म टाउको निहुराएर बसेँ
अर्को साल पनि उस्तै
आमाले बाध्यता टार्नु भएको हो
आँशु निलेर
तर
म बाध्यता झेलिरहेको छु
वर्षौं देखि
यो देश चलाउनेहरु मेरो आमा जस्तै छन ?
एक दिन काइँला दाइको चिठि आयो
कपडामा चिचिलो च्यापेर
एकाबिहानै आइपुगिन काँइली बौजु
आमाले ब्युझाएपछि
लओ गोसि यो पढ्ढाइनौक्या
आमा पानी डोकोमा हुल्न लाग्दा
मैले बाचन गरेथेँ
काइँलाको चिठि
काइँलीका लागि
बिना ज्यालामा ।
जतन गरेइ बालबच्चाको घर नगरेई बाँजो
खर्चपानी पुग्याइहोला क्यै नमानेई खाँचो ।
मुसुक्क मुस्काएर बाटो लागिन ।
एक दिन छकाल्यै किन हो त
आमाको डाकोले म ब्युझिए
दोस्रो पात्र काइँली बौजु
बजार को आउन्याहो
गोसी नुन ल्याईदिया
भारु २० हातमा राखेर बाटो लागिन ।
एकदिन आमाको इन्कारले बाटोमा बार लागेन
ठूलो छैनइ
गाडका छालै छाल जाएइ
मैले अनुसरण गरे
अगाडि लागेकाको
जता उनले टेके त्यतै टेकेर
ठूलो भिँडमा बिलाएँ ।
कोहि माइकमा बोल्दै थियो
एकाएक बन्दुक उठ्यो
सबै भागाभाग भए ।
काइँली बौजुको याद
तार पुगेर
मास्टरसँग
१ किलो नुन
चोटकामा गाँठो पारी
छालै छाल पाइला नाप्दा
सम्साँझ भयो
गोसि माठा अरेउ
१ किलो नुन हेर्दै
फिर्ता छ कि प्रश्नले
नभनेरै आँखामा
आँसुका बाफिला धर्का कोरेर
केटाकेटी हो हरयो कि खायो
आमाले हो भनेको ।
काखको चिचिलो
एक गोठ गाईवस्तु
एक मइडो बालख
खान्कि बोकेर
काइँली बौजु बजार पुगिनन
थैलीमा आँसु बगाइन ।
मैले गाडको पानी सम्झेँ ।
अहिले मेरो पसिनामा
अरुनै खेल्छ ।
म आँसु बगाउछु
काइँली बौजु
म तमि जसै भइगयाँ ।।
मार्क्सका ठेली मुन्तिर इमाइल दुर्खिम अनि इ. वि. टाइलरको संरचनामा नअटेपछि मेरो परिवेश कसरी अटौंला र म महोदय ? ॐ मणि पद्मे हुँ - शिरमा...