Sunday, June 25, 2023

बिच्छेद

 ज्ञान पनि बिच्छेद भा छ हरेक व्यक्ति पिच्छे

विज्ञानको नि भेद भा छ हरेक व्यक्ति पिच्छे ।।


मान्छे बनेर जीवन खुसीले बाँचौं भन्यो अह 

मानवतामा खेद भा छ हरेक व्यक्ति पिच्छे  ।।


काम क्रोध लोभ मोह मद माश्चर्य ले भरिएर 

स्वस्वार्थ त सचेत भा छ हरेक व्यक्ति पिच्छे  ।।


मैले स्विकार गर्न सकेन तर सहेकै छु के गरुँ

सत्य छुट्टै संकेत भा छ हरेक व्यक्ति पिच्छे ।।

No comments:

Post a Comment

गजल

अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो  जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...