Sunday, June 25, 2023

बिच्छेद

 ज्ञान पनि बिच्छेद भा छ हरेक व्यक्ति पिच्छे

विज्ञानको नि भेद भा छ हरेक व्यक्ति पिच्छे ।।


मान्छे बनेर जीवन खुसीले बाँचौं भन्यो अह 

मानवतामा खेद भा छ हरेक व्यक्ति पिच्छे  ।।


काम क्रोध लोभ मोह मद माश्चर्य ले भरिएर 

स्वस्वार्थ त सचेत भा छ हरेक व्यक्ति पिच्छे  ।।


मैले स्विकार गर्न सकेन तर सहेकै छु के गरुँ

सत्य छुट्टै संकेत भा छ हरेक व्यक्ति पिच्छे ।।

No comments:

Post a Comment

Mother

  Tears soak the path I wait upon—shadowed by your grace,   May I remain a child forever, nourished by a mother’s embrace.   And with my fat...