Sunday, June 25, 2023

प्रभु !

 जताततै सर्वत्र छौ सबै सुन्ने देख्ने 

समाउने नि तिमी प्रभु , पाउ मैले टेक्ने ।।


म त एउटा कणमात्र हो तिम्रो सिङ्गो रुपको 

स्वास तिमी गास तिमी घाम पानीलाई छेक्ने ।।


किरिङ मिरिङ जिन्दगीका नसुल्झिने रेखा 

मेटाउन नि बेर न लाउने तिमी नै हौ लेख्ने ।।


अज्ञानी छु, होस भएन परिराछु थला 

पिडा पनि स्वय,  प्रभु चोटहरुलाई सेक्ने ।।

No comments:

Post a Comment

गजल

अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो  जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...