Sunday, June 25, 2023

के लैजान्छौ चिनो

 के चढाउ अब मैले के लैजान्छौ चिनो

छैन बाँकी अरु कुनै दिल खोलेर दिनु ।।


को उदाउछ, को अस्ताउँछ, को ले दिन्छ ज्योति 

लेखाजोखा किन गर्ने भनेरै सम्झिनु ।।


अलगअलग गन्तव्य छन अलगअलग बाटो 

कुनै मोडमा झुकिएर हुन्न अलमलिनु।।


छैन कोहि सम्हाल्दिने, न छ सुरक्षामा 

मोति बनि परेलीको को छ पखालिनु ।।

No comments:

Post a Comment

गजल

अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो  जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...