Thursday, January 8, 2026

श्मशानको स्तुती

 


श्मशानको 

चण्डालले

नतमस्तक भई स्तुती गायो-

धन्य प्रभु!

कालको नियमित गति चल्छ ! 

मेरो झुपडीमा चुल्हो बल्छ । 

यि मान्छेहरू नमरे, ओहो! 

भोकले निल्थ्यो-मेरा लालबाल !

अरुको चुल्हो बल्थ्यो ?

मुस्कान उदय हुन्थ्यो -

वा 

मेरै अवसानले 

उमङ्‌‌ग उजाडिन्थ्यो 

दुई ध्रुवको!

यो आवृतिमा कति जोडिन्छन् ?


अभावले अनुकूल थप्यो 

पिडामा अट्टहास हाँस्यौ-  

भन्यौ । प्रभु! दया रहोस ! 

यो चक्रान्तको आयु कति होला । 

तिम्रो पुराण भन्छ कि -

के, के सजाय होला - यो कर्मको 

कुन बाटोबाट यात्रा होला 

एक अभावको 

कुन स्वरूप लिन्छ होला?

सजाय के कस्तो दिन्छ होला ? 

यो भन्दा कति अभाव थपिन्छ होला ?

जवाफ चाहँदैन! भयो ! 

बिराम लगाउनु छ यात्रामा ! 

सकिन्छ कि ! 


Wednesday, January 7, 2026

विनासको बिउ

 


पहिचानको डाँडो 

आधार र आवास‌को आभा 

उघारेर लेक बेसी 

पृथ्वीको फन्को बनेको।


फोक्सोमा जडित 

नागवेली बाटो उक्लन्छ 

चिहान‌माधि परसम्म - 

गर्व गर्ने अज्ञान परिवेश !


एक रूपमा विकाश ? 

अज्ञात भू-स्वरूप 

ज्ञान शुन्य बैभवको 

विनासमा गर्व ?


अस्तित्व रक्षा तिरस्कार !

पञ्चक्लेशको घडा लिई 

मौलिक बन्ने चेष्टा - 

धिक्कार छ !


जीवन फूल्ने पर्यामा 

विनासको बिउ छर्दै 

बाँचेकोमा  हर्षबढाइँ 

निरर्थक लाग्दैन ?

पर्खाल र उचाई

 

लगाएर साना ठूला पर्खाल 

नदेखिने कथनको हुँकार 

भागमा सुखवर्षा पारी 

नियती, गति र अवनती 

हर्षले स्वीकार्ने ज्ञान ओखती 

ओ! महामहिम ! कुन सिढि उक्लेर आयौ?


समान धर्साहरूको छेउ बसेर 

निमोठ्दै गएपछि शिरबाट

बराबरको उचाई नाप्ला र ? 

धुमिल व्याख्यानले कति दिन काटने ?

उल्झनमा लपेटेर कर्म 

नामेट पारेपछि आधारहरु -


कुन पर्खाल भत्काएर हिडने ? 

कति मिथक निर्माण गर्ने 

कति पटक नामेट हुनुपर्ने? 

बनाउनलाई तिम्रो उचाई! 

विलाउनु पर्ने खुटकिलाहरुमा 

पल पल दुख्नु पर्ने !


गर्व के गर्ने? उचाई कि धरातल ? 

सम आधारमा विचित्रता 

तिरस्कृत क्षमता - खुसी 

अभाव कि भरिपूर्ण? 

भाग्य कि विद्याता? 

व्याख्यान कि सृजना?


Tuesday, January 6, 2026

नाउ


घामको अभ्यूदयमा

विलुप्त वादल भन्छ 

शीतको उदयास्त -

होला सुनौलो वृति ?


चक्र निरन्तरता युगको 

अधिनस्त 

घटोत्कचको पैतलाले 

माटोमा विलिन - ओहो!


अपूर्ण उत्खनन् 

पूर्णत्वमा शून्य जागृत 

अनेकों योद्धिक फल 

शुन्यको लागि !


अनन्त मोह गृहमा -

उभिन खोज्नु छ 

दृश्य हिउँ बनोस् -

हातीको मुखमा  जिरा !


सम्प्रभुता ! उदेक लागेर 

किनारै किनारको यात्रा 

अहंकारको भिम‌काय चचट्टान 

प्रथना सभाको मौन।


सून्य - शून्यको यात्रा 

खोजको गर्भबाट 

शुन्य निस्कन्छ 

नाम रहन्छ - मौनता ।

श्मशानको स्तुती

  श्मशानको  चण्डालले नतमस्तक भई स्तुती गायो- धन्य प्रभु! कालको नियमित गति चल्छ !  मेरो झुपडीमा चुल्हो बल्छ ।  यि मान्छेहरू नमरे, ओहो!  भोकले...