Wednesday, July 10, 2024

गित

 


पढन मलाई अल्छि लाग्छ साथीमै भर पर्छु।

परीक्षामा दायाँ बायाँ तलमाथि गर्छु ।।

सर म्याडमलाई छल्न सक्छु मलाई केको टेन्सन 

D+ मा झुण्याई दिन्छन Marks केलाई हेन्सम ।।


खाजा खाने एउटा ग्याङ छ पानीलाई अर्को 

नपढेर पास भईन्छ मलाई के को झर्को ।।

Internal को टेन्सन छैन घटाउदैनन् चालीस 

कोहि मलाई भन्ने छैन टाइम खेर किन फालिस ।।


म्याथ मलाई किन चाहिन्छ साइन्स किन चाहियो 

भाषा मैले जानेकै छु सामाजिक यसकै भाइ हो ।।

स्वास्थ्य त हो जाबो एक खेल खेलिन्छ मस्त 

कसको नियम के चाहिन्छ मान्छे अस्त व्यस्त  ।।


ऑंपको रुखमा ऑंपै फल्छ  कटहर तरकारी

स्थानीय परिवेश हो स्कुल छ सरकारी  ।।

मन लागे उठ्छु आफै मन नलागे मस्त 

बाले मोबाइल किन्देका छन भइरहन्छु व्यस्त ।।


सरको पनि जाँगर छैन म्यामको पनि उस्तै 

नक्कल मैले पक्का गरी बनाउँछु दुरुस्तै ।।

पार्टी, पिकनिक, मेलापर्व देखिन्छन सब टन्न 

झोलाभित्र जाँड भरेर स्कुल छिरेॅ धन्न ।।


एक्जाम सकि पार्टी गर्न जाँड बोकेर आको 

बा आमालाई स्कुल बोलाई बेइज्जत गर्न ला को ।।

हामी पनि देखिरहन्छौं गन्हाउदै हल्लेको 

त्यही बानीलाई सिको गर्दा किन खलबलेको ।।


हजुरबालाई पढाएकै दोहोर्याउने फेरी ?

हाम्रो परिवेश बदलिएको त्यो सिकौं कसरी ?

नयाँ  नयाँ टेक्निक ल्याए पढ्दै रमाउनेथ्यौं 

नयाँ  युगको नयाँ मार्ग जोशले समाउनेथ्यौं ।।


बा-आमाको स्कुल सपना जसो गरे पनि 

त्यहि पारामा स्कुल डुल्न आइदिएको म नि ।।

गुटखा अलिक गन्हाउँछ चु इगम पड्काइ हिँड्छौ 

एक्लै सके एकल नत्र ग्रुप- ग्रुपमा भिड्छौं ।।


देखि सिक्ने स्वभाव हाम्रो राम्रो मात्र देखाउ

सत्मार्गमा आफू हिॅड हामीलाई पनि टेकाउ ।।

अम्बा रोपि ऑंप खोज्ने बा-आमा र गुरू

के गरेर फल्छु भन गरौं कस्तो सुरु ?

Monday, July 8, 2024

पागलपन

 छोराले

बाको 

पागलपनमा 

आफूलाई 

कहाँ उभ्याउँछ होला !

विश्राम

 


ठूला अक्षरमा

तस्विर राखेर

एक हुल 

कार्यसंगती 

औपचारिक बनेर पोखिए ।


सानो घेरा

ब्रह्माण्डको

गणनाबाट 

एकमा परिणत नहुदा 

विभक्त एक ।


संस्कार 

लोलाए औपचारिक कर्म

उपस्थितिबाट 

खुइलिय पछि

शून्य हुन खोज्दैछ ।


को शून्य खोज्दैछ?

तयार छ ? भएन !

बिलिन नभई 

अखबारमा 

तस्विर उदय । 


यो अस्त र उदयको 

शून्यबाट 

परिधिमा टागिनु पर्ने 

एक तस्विर 

एक माला र मौनता ।

Sunday, June 30, 2024

बाल गित

 

मन्दिरमा गजुर त घरको हुन्छ छानो ।

अरू मलाई दिव्य भन्छन आमाको हुँ सानु ।।

स्कुल जान्छु झोला बोकि ताजा खाना खाई

साथीसंग मिली खेल्छु पढछु रमाई रमाई।।

सागपात फलफूल सधैं खान्छु सफा लुगा लाउँछु ।

खुसी हुँदा मुस्कुराउँछु मन रमाउदा गाउँछु ।।

पढने लेख्ने खेल्ने सिक्ने यति मेरो काम हो ।

केटा हुँ म एक कक्षाको दिव्य मेरो नाम हो ।।

Rhyme

 


असार १५

 






दृष्टि 

थला परेपछि,

सागमा दृष्टिपात गर्न 

घासको हरियो - 

सर्प

डोरीमा 

बटार्नु पर्ने । 


लाठे, रोपाराहरू

र बिउ निकाल्नेहरू

पञ्चे बाजाको झनझनाहट 

भुरूली र काेठि 

हिलोको निसानी 

श्मसान पुर्याएर 

गलामा धानको बिउ

बदलेर खेत 

सलाइका बट्टाहरूमा 

भो

अब गमलामा 

धान रोप्न सकिदैन ।।

Saturday, May 11, 2024

गित

 मुटुबाट निकालेर राखुँ मैले कहाँ ।

तिमी मेरी मुमताज म हुँ शाहजहाँ ।


टाढाबाट धडकन र स्वासको स्पर्श

तिमीलाई मैले जति को ले माया गर्छ ।


त्यो मुटु महल मेरो यता तिम्रो घर 

ईश्वर साथै भए प्यारी दुःख के नै छर  ।।


शिरेटोमा न्यानो बन्छौ शितको हौ ओत 

तिमी मेरी म तिम्रै भै जन्मिएको हो त ।।

Wednesday, May 1, 2024

ईश्वरलाई प्रश्न

 गरिराछु प्रभु मैले सधैँ तिम्रो ध्यान

के गरेर पाउँछु भन स्वयम् चिन्ने ज्ञान ।।


घरैभरी पुस्तक छन त्यस्तै प्रमाणपत्र

के गरेर हटछ प्रभु यो मनको अज्ञान ।।


को हुँ म यो प्रश्नले सधैं थिचिरहन्छ 

नाम ठेगाना प्रतिष्ठा र हटोस अभिमान ।।

गित

 मुटुबाट निकालेर राखुँ मैले कहाँ ।

तिमी मेरी मुमताज म हुँ शाहजहाँ ।


टाढाबाट धडकन र स्वासको स्पर्श

तिमीलाई मैले जति को ले माया गर्छ ।


त्यो मुटु महल मेरो यता तिम्रो घर 

ईश्वर साथै भए प्यारी दुःख के नै छर  ।।


शिरेटोमा न्यानो बन्छौ शितको हौ ओत 

तिमी मेरी म तिम्रै भै जन्मिएको हो त ।।

हे ईश्वर

 मेरो साथमा मेरो प्रभु अरु के नै खोजुँ  ।

यति शुन्दर जीवनमा दुःख किन रोजुँ ।।


नियालेर हेर्नुस् प्रभु अर्पे सबै थोक 

के के त्यागौं कसो गरौं के के राख्ने सोचुँ ।


माता पिता भ्राता साथी जीवन मृत्यु दाता

दुःख सुख यति बोकेँ भनेर के पोखुँ  ।।

Monday, April 1, 2024

तातेताते पढनु भयो ?

 


कवयत्री चरित्रा शाह कथाकारका बनेर आउनु भएको छ तातेताते ल्याएर । कविताको छनक दिने निबन्धात्मक धारका शसक्त १६ कथाहरूमा कथाकारको प्रष्ट विचार देख्न सकिन्छ। पितृसत्ताको आलोचना र महिला शसक्तिकरण, बालमनोविज्ञान, बैदेशिक रोजगार र यसले समाजमा पारेको प्रभाव, सामाजिक यथार्थता, शिक्षा जस्ता विविध विषयलाइ थोरै पात्रको उपस्थितिमा सजिलो गरी पस्किनु भएको छ । अवधि भाषाको प्रयोग भएको कथाको अनुबाद राखेको भए, कथानक अलि बलियोगरी बुन्न सकेको भए अझ गजब बन्न जाने थियो । कथानकले त्यति नताने पनि वाक्य संगठन र निबन्धात्मक अभिव्यक्तिले कथा पढिरहन अभिप्रेरित गरिराख्छ । सजिलै संग छोटो समयमा पढन सकिने कथाहरूको बारेमा त बिस्तृत रूपमा नपढि हुदैन । एक पटक अवश्य पढनुहोस ।   

आलोचनाबाट आरम्भ

 आध्यात्म र धर्म  गोलबद्ध गर्यो -  जस्तो हामी अक्सर गर्छौं !  अन्धकारको डोरी - सर्प  आवश्यक उज्यालोको जोहो -  तपमा आश्रित रहनु  परिश्रम कल्प...