Monday, February 16, 2026

गजल

समिपै रहेर त्यो स्पन्दन सुन्न मन छ।

के भन्छ  मेरो प्रिय मन सुन्न मन छ।


नयनमा सागर हुलेर तस्विर दिने

प्रेमको अनुपम वर्णन सुन्न मन छ । 


तिमी नाप्नु तौल गर्नु क्षेत्र तोक्नु खुलेरै

भयो प्रणयको आयतन सुन्न मन छ ।


ताराको उज्यालोमा जूनसँग लुकामारी

अद्भूत हो मोहित गगन सुन्न मन छ ।


स्वासको अन्तिम रागबाट निस्केने धुन 

मेरो प्रिया प्रेमिल वचन सुन्न मन छ ।


द्वैत रुप समिश्रण अद्वैत बने पछि 

अस्तित्व दम्भको समर्पण सुन्न मन छ ।

मुक्तक

 

मेरो ईश्वर मेरै दुःख हटाउने हो त

तिम्रो ईश्वर मेरो लागि के कामको भो त

आफ्नो घरमा ईश्वर पाल्नु के सम्भव होला

अब भन यो संसारलाई चलाउने को त ?

गजल

समिपै रहेर त्यो स्पन्दन सुन्न मन छ। के भन्छ  मेरो प्रिय मन सुन्न मन छ। नयनमा सागर हुलेर तस्विर दिने प्रेमको अनुपम वर्णन सुन्न मन छ ।  तिमी न...