बालापन बिगार्छौ जवानी बिगारीरहन्छौ ।
कसरी धान्छौ ? त्यो जीन्दगानी बिगारिरहन्छौ ।।
कति टिकाउछ कृतिम स्वासले हेरौं पर्खौं
पात्र विगार्छौ फेरी कहानी बिगारिरहन्छौ ।।
हात फैलाउन अनौठो नलाग्ने कर्ममा खै
कर्म बिगार्छौ कस्को आम्दानी बिगारिरहन्छौ ।।
बालापन बिगार्छौ जवानी बिगारीरहन्छौ ।
कसरी धान्छौ ? त्यो जीन्दगानी बिगारिरहन्छौ ।।
कति टिकाउछ कृतिम स्वासले हेरौं पर्खौं
पात्र विगार्छौ फेरी कहानी बिगारिरहन्छौ ।।
हात फैलाउन अनौठो नलाग्ने कर्ममा खै
कर्म बिगार्छौ कस्को आम्दानी बिगारिरहन्छौ ।।
बा
यो दाहिने हुनु
के मानु ?
छोरो !
सकिए पछि
कर्मवीरको पौरख
विनास भएको क्षमता
उम्रिदै सुकेका प्रतिभा
थलिएका विचारको डोब
ज्युने आधार सकिन थाले पछि
त्यान्द्रोले पार लगाउछ ।
विस्वासमा परिवेश नटिकेपछि
दाउमा लगाएर स्वाभिमान
जिउने संघर्षको
नाममा चढाउनु एक यात्रा।
बा
म दाहिनाको संगत गरुँ ?
धिक्कार !
पौरखीको पौरखमा शक्ति
रहुन्जेल
बाबु
तिमी
कोसौं टाढा बस ।
घरमाथि को
हनुमान देखेर
साथिले भन्यो
यति रुढिग्रस्त ?
प्रगतिशील बन्नुहोस् ।
उत्प्रेरणाको पाठ सिकाउन
झिंजा बटुलेर
ताली ठटाउने
आहा!
जो भक्तिमा लिन भएर पनि
सत असतको चाल पाउछ
एक प्रेरणा पुन्ज
सिध्द
छोडेर
कसरी म अरुको
विस्वास अगालु
अन्धो
क्रान्ति वीर बन्न ।
दुलही भित्र्यायो
ससुराले सोध्यो,
"बुहारी तिम्रो विचार के हो ? "
बुबा
मैले विचारमा परिवर्तन ल्याए पछि हो
यो नाता जोडिएको।
म मेरै विचारमा अडिग भएको भए -
नहुन सक्थ्यो उदय
अर्को परिवेशमा।।
दाँतमा ढुङ्गा बजारिदै
उदेश्यको अपुरो यात्रा
छटपटी - निधारमा मोति टुसाएपछि
नयाँ स्वरुपमा देखिन थाल्यो
यो माने थिएन
जवाफको पनि
कहाँ उहि माने हो र
केलाउन नपाए पछि
मिसाइदिए भयो
जे मा पनि ।
सिद्धान्त खोजेको
ससुराको सवालमा
जवाफ
कृतिम बौध्दिकतामा
पस्किन थालेपछि
आत्तिदै आएको हो
बाढी।
कृपया बाटो दिनुहोस्
सुरक्षाको लागि ।
कार्यव्यवस्था
रिती
परिवेश
व्यवहारका
शुक्ष्म कसिहरुमा
बिहान नभए पनि
सिद्धान्तका कोसेली बोकेको
परिवेशमा बाँच्नु छ ््््््््््
परिक्षण गरिदा गरिदै ।
गुट बनाउनुपर्छ
ससुराको जवाफ
कसरी नकार्नु
हो बनाउनु पर्छ - आँखा चिम्लिन सक्ने
इन्द्रिय उल्टाउन सक्ने
अस्तित्व मेटन सक्ने
तथ्य मोडन सक्ने
ब्रह्म छोडन सक्ने
भातृत्व तोडन सक्ने
अरु यस्तै यस्तै।
केन्द्र सहकेन्द्र उपकेन्द्र
विलिन भएका अस्थिर अस्थिहरु
पराधिनताका स्व तन्त्र
रंगिन दुनियाँका
अनेकौं रङ्ग
छाया मायाका प्रतिछायाँ
ज्यावलका थुम
एकताका विद्रोह
सिप झिकेका पेशेवर
विलय हुने पञ्चतत्व प्रेमी
यायु सकिएका
अस्थि मक्किएका
सगोल
एकल
यस्तै कुनै
एकमा ।
कसरी अटाउनु बा
म एक अबला ।
सासु, नन्द, देवर, जेठाजु जेठानी
साख्खै पतिदेव
सबै पालैपालो गर्लान
विचारका कुरा
उद्देलित पार्नेगरी दुलहीको नक्सा
जवाफ खोज्दाखोज्दै
सकिने पो हो कि
एकमुठी स्वास ।
तिमीलाई
भोक लागोस
म सोच्छु ।
तिम्रो वेपर्वाह कार्य व्यापारमा
आफूलाई उभ्याउन खोज्दा
अहो !
वारपार गरेको जंघार
सामुन्ने उभिन्छ
म शिर निहुरिएर
तिमीलाई सलाम गर्छु
भोक मुर्दाबाद।
सकिएपछि जाँगरका सिढी
मक्किन थालेपछि अस्थि
भरिन थालेका
दुःखका महासागर
छोराको
स्वाद फेरिएको छ
अलग अलग पकवान पाक्छ
स्वाद अनुसारको
अलग्गिए पछि बुढी आमा।।
माउ कुखुराले
चारो खोज्दै
सर्प
लखेट्दा
आफ्ना तीन चल्लाहरू
हराएको ग्यात भयो भएन ।
बिरालोको सँगत गरेर
चल्लाहरू
सर्पसँग लडन जादा
बिरालोबाटै
असुरक्षित भएर
निरन्तर
सङख्या घटन थालेपछि
स्यालसंग
मित्रताको
हात बढेको छ।।
खेतका आली आली
सर्पले चियाउछन
दुलो भित्र बाहिर
मुसा बुर्कुसी मार्छन्
भ्यागुताको उफ्राइ
खेतालाहरु
बाली उठाउदै छन
यो सौहार्दता
गाउँमा
अझै जीवित छ ।।
एउटै कार्यालयमा
अनेकतिर फर्किएर
काम गर्न
अनौठो
साँधि जोडेको छिमेकी
विभक्त छ
औपचारिकताको कुटिल मुस्कान
बजारका
हरेक गुटमा देखिन्छन्।।
गुड मर्निङ, गुड
आफ्टरनुन
अंग्रेजीमा भन्ने
प्रणाम अवधि र भोजपुरी
मैथलीमा बन्ने ।
रामराम
भन्छन थारूले
सेवारो
हो राइले
दर्शन
हामी सबै भन्छौं
भन्छ
सानो भाइले ।
तामाङको ल्हासो
नमस्कार नेपालभरी
धेरै मान्छे मिलेर बस्छन नेपालगंज
सबै संगै मिलि बसे टोल राम्रो बन्छ ।।
अलग रीति अलग धर्म अलग भेष भाषा
सबै हामी नेपाली हौं फरक छैनौं खास ।।
बाहुन क्षेत्री थारु यादब या होस मुसलमान
दाजु भाइ दिदी बहिनी यहि हो हाम्रो सान ।।
चाडपर्व अनेक अनेक पेशा पनि परक
जति भिन्न लागे पनि नेपाली हौं एक ।।
दक्षिणमा बिस्कोरियन टोल उत्तरमा गणेशपुर
सल्यानीबाग घुम्न आउने के छ साथी सुर <
रानी तलाउ तरकारीलाई बागेश्वरी मेला
न्यूरोड
जान्छौं किन्नलाई कपडा चाहिने बेला ।।
एक्लैनीमा घरको सामान चुरा पोते टिका
औषधि
केहि चाहिने भए बि= पि= चौकमा ठिक ।
माछा
मासु चाहिएमा रामलिला मैदान छेउ
गाडि कुनै चाहिने भए कारकादौ हिँडिदेउ ।।
सुर्खेत रोडमा धेरै पसल त्रिभुवन चौक पनि
त्रिवेणि मोड डिएसपि रोड फुलटेक्रामा छन नि ।।
नेपालगंज शहरहो पसलहरु धेरै
जतातिर गए पनि लाग्छ मलाई मेरै ।।
समाजको सानो एकाई एउटा व्याक्ति हुन्छ
स्वच्छ समाज बनाउन सबै जना लागौं ।
विकृति र विसङ्गति हटाउनलाई जागौं ।।
जाँड खाएर स्वास्नी पिटने कोही उडाउँछन धुवाँ
समस्यालाई हटाउनुछ सुन्नुस आमा बुबा ।।
धुम्रपान, मध्यपान र लागु औषध खाने
अरुलाई धकल्दिंदै कालको मुखमा जाने ।।
धामी- झाक्रि, बोक्सी प्रथा, छुवाछुतहरु
अन्धविस्वास रुढिगुडी हटाईदिउँन बरु ।।
दाइजो प्रथा, बेचविखन हिंसा महिला माथि
यस्तो कतै देखे पुलिस बोलाईदेउन साथी ।।
बालश्रम, महिलाहिंसा, चोरी र डकैती
कसो गरी जीवन ज्यूने भएपछि अति ।।
गरिबी र बेरोजगारी, अन्धविस्वास पनि
कानून लागु गर्ने बस्छन मुक दर्शक बनि ।।
समस्या र विकृतिको जग हो अज्ञानता
ज्ञानको ज्योति फैलाएर जगाउन जनता ।।
द्वन्द्व बढछ विविधता स्वीकारेन भने
बाबू नानी तपाईहरु यस्तो चाहिँ नबने ।।
Type One मा will/shall, V1 लाई लिने ।।
If + V2 सधैं हुन्छ Type two मा
Would/should+ V1 लगाई आनन्दले झुम ।।
Had+ V3 हो Type three भन्ने
Would/should have र V3 ले वाक्य पूरा बन्ने ।।
स्रोतबाट छुट्टिएको त्यहि स्रोतमा कहिले मिल्ने होला !
भन मेरो प्रभु तिम्रो पूर्ण ओतमा कहिले मिल्ने होला ।।
जुन भुमिका निर्वाह गर्न पर्यो त्यहि म हुँ भ्रममा छौं
साक्षात्कार स्व स्वरूपको अठोटमा कहिले मिल्ने होला।।
कयौं अवरोध हुन्छन् बाटो भरि काँडा हुनसक्छन नआत्तिनुस्
जीवन खुसीले ज्युनु, गन्तव्य, सोच टाढा हुनसक्छन नआत्तिनुस्।।
परिवर्तन सहज कहिल्यैँ हुदैन काँचुली फेरिएको हुनपर्छ ।।
जीवन मर्ने तरिका झन झन गाढा हुनसक्छन नआत्तिनुस्।।
ज्ञान पनि बिच्छेद भा छ हरेक व्यक्ति पिच्छे
विज्ञानको नि भेद भा छ हरेक व्यक्ति पिच्छे ।।
मान्छे बनेर जीवन खुसीले बाँचौं भन्यो अह
मानवतामा खेद भा छ हरेक व्यक्ति पिच्छे ।।
काम क्रोध लोभ मोह मद माश्चर्य ले भरिएर
स्वस्वार्थ त सचेत भा छ हरेक व्यक्ति पिच्छे ।।
मैले स्विकार गर्न सकेन तर सहेकै छु के गरुँ
सत्य छुट्टै संकेत भा छ हरेक व्यक्ति पिच्छे ।।
के चढाउ अब मैले के लैजान्छौ चिनो
छैन बाँकी अरु कुनै दिल खोलेर दिनु ।।
को उदाउछ, को अस्ताउँछ, को ले दिन्छ ज्योति
लेखाजोखा किन गर्ने भनेरै सम्झिनु ।।
अलगअलग गन्तव्य छन अलगअलग बाटो
कुनै मोडमा झुकिएर हुन्न अलमलिनु।।
छैन कोहि सम्हाल्दिने, न छ सुरक्षामा
मोति बनि परेलीको को छ पखालिनु ।।
यता
वर्षा लागेर
बारी सिंचनमा लागेको
भोक मेटाउन
बाली पाकुन्जेल कुर्नु छ ।
उता
उसलाई
बाली के हो थाह छैन
बाली पाक्नु नपाक्नुको
सरोकार भएन
उसले घुस मात्र खान्छ ।
जताततै सर्वत्र छौ सबै सुन्ने देख्ने
समाउने नि तिमी प्रभु , पाउ मैले टेक्ने ।।
म त एउटा कणमात्र हो तिम्रो सिङ्गो रुपको
स्वास तिमी गास तिमी घाम पानीलाई छेक्ने ।।
किरिङ मिरिङ जिन्दगीका नसुल्झिने रेखा
मेटाउन नि बेर न लाउने तिमी नै हौ लेख्ने ।।
अज्ञानी छु, होस भएन परिराछु थला
पिडा पनि स्वय, प्रभु चोटहरुलाई सेक्ने ।।
ए दाइ !
तिम्रो योजनाको रोडमा
तिम्रो एक्लो सवारी चल्दा
तिमीले गजब ठानौला
हामी दिनहुँ
भिँडमा हिडिरहदा
हरेक पल्ट
खाल्डामा जाकिन्छौं ।
एक डाडु मात्तै हालेइ बा !
आमा पुग्नु अगाडि
कति डाडु गए होलान
आमाले पाहाडा नपढे पनि
चाल पाइन
अन्तिम डाडुमा भनिन भएन क्या ?
म कसरी जानु
कुन डाडु तिम्रो अन्तिम हुनेहो ।
पान्नाउला बाँदर देखाइ देखाइ
घोगाका सुल्ता
काटदै फाल्दै
बाले खोकेर बिर्साइ दिए ।
खोक्नलाई यहाँ को बोलाउनु
सबै बाँदर देखाउदै हिड्ने समय
बनाएका छन ।
भाइबहिनीको भाग
आफ्नामै थापि थापि
रुवाउदा पनि बाज्याले देख्यानन
पानीमूलाको केरा
भुइँमा निहुरिदा
एक एक गरी माटो दलेर
लिएको
बा निकै छैक्या
सोधिरहन्या
बज्यैले कहाँ देखुन ।
यहाँ बज्यैको संख्या कति छ ?
किमेर्खाबाट धानको भारी
बोक्न अप्ठ्यारो भएर
गल्बाउनो राखी धान झाडेर
फाल्या पछि
बा तर्से
भनिदयाँ
गल्बाउनो भारी फुक्यो
बाको भारी फुक्नु मलाई मात्रै हो
पत्याइदिया ।
म पनि पत्याउने बानी परेर
यो देश गरिब छ - होला ।
जवान देश दुनिया खान्छ - विदेश जान्छ
घर गुजरा चलाउला ।
तमिलाई गाडि चाहियो -
गल्बा अफ्ठ्यारा छन ।
विदेशको उपचार - डाँडाकि बौजु
विदेश नपुगेरै मरिन
उनको जत्काल
खड गयो ।
त्यसो नहोउ कै कि पन ।
भत्ता - कति डाडु थपें आमा क्या जानुन्
विनास - पान्नाउला भयो त ।
भोट - निकै छैक्या बा ।
म बज्यैको जनगणना गर्न्या हुँ ।
स्रोत दुरुपयोग - पडिम्लाका रुखका गल्बा
निरिह मेरा बा
आफूलाई हेर्दै
सबै सहि बसेको छु ।
म मात्रै छु कि ?
स्कुलले चामलको पिठो मगायो
पूजामा सेल बनाउन
देवी रिसाउलिन आमा!
आ! हुन दे !
देवीकन था नाई क्या ?
मलुवो घाममा
रागा सुकाएर
एक थैलो धुलो बनाइदिईन आमाले
सिलाएको थैलो
सरको हातमा थमाउदा
थाह भएथ्यो कि ?
नआउनु भन्या भैगयो
नजाला
तर देवी !
ति क्या हरन्नी ?
मेरी आमालाई केहि हुने हो कि
गाईखर्क दुगुर्दा
खबर पुगेथ्यो
त्यसलाई पनि ल्याइ आउनु
चामल भनेर देवीलाई ढाँटने ?
म टाउको निहुराएर बसेँ
अर्को साल पनि उस्तै
आमाले बाध्यता टार्नु भएको हो
आँशु निलेर
तर
म बाध्यता झेलिरहेको छु
वर्षौं देखि
यो देश चलाउनेहरु मेरो आमा जस्तै छन ?
एक दिन काइँला दाइको चिठि आयो
कपडामा चिचिलो च्यापेर
एकाबिहानै आइपुगिन काँइली बौजु
आमाले ब्युझाएपछि
लओ गोसि यो पढ्ढाइनौक्या
आमा पानी डोकोमा हुल्न लाग्दा
मैले बाचन गरेथेँ
काइँलाको चिठि
काइँलीका लागि
बिना ज्यालामा ।
जतन गरेइ बालबच्चाको घर नगरेई बाँजो
खर्चपानी पुग्याइहोला क्यै नमानेई खाँचो ।
मुसुक्क मुस्काएर बाटो लागिन ।
एक दिन छकाल्यै किन हो त
आमाको डाकोले म ब्युझिए
दोस्रो पात्र काइँली बौजु
बजार को आउन्याहो
गोसी नुन ल्याईदिया
भारु २० हातमा राखेर बाटो लागिन ।
एकदिन आमाको इन्कारले बाटोमा बार लागेन
ठूलो छैनइ
गाडका छालै छाल जाएइ
मैले अनुसरण गरे
अगाडि लागेकाको
जता उनले टेके त्यतै टेकेर
ठूलो भिँडमा बिलाएँ ।
कोहि माइकमा बोल्दै थियो
एकाएक बन्दुक उठ्यो
सबै भागाभाग भए ।
काइँली बौजुको याद
तार पुगेर
मास्टरसँग
१ किलो नुन
चोटकामा गाँठो पारी
छालै छाल पाइला नाप्दा
सम्साँझ भयो
गोसि माठा अरेउ
१ किलो नुन हेर्दै
फिर्ता छ कि प्रश्नले
नभनेरै आँखामा
आँसुका बाफिला धर्का कोरेर
केटाकेटी हो हरयो कि खायो
आमाले हो भनेको ।
काखको चिचिलो
एक गोठ गाईवस्तु
एक मइडो बालख
खान्कि बोकेर
काइँली बौजु बजार पुगिनन
थैलीमा आँसु बगाइन ।
मैले गाडको पानी सम्झेँ ।
अहिले मेरो पसिनामा
अरुनै खेल्छ ।
म आँसु बगाउछु
काइँली बौजु
म तमि जसै भइगयाँ ।।
पत्थर पनि पगाली यहाँ पिरती लगाइन्छ ।
यति भए पछि, तिमीलाई अरु के चाहिन्छ ?
आउन अनेकौं समस्या, आलोचना, अवरोध
हटाएर सहजै आफ्नो बाटो आफै बनाइन्छ ।।
आँखामा आकाश बोकेर बाँचेका छौ जोगाइराख्नु
ज्यूनुको स्वतन्त्र आभास साँचेका छौ जोगाईराख्नु ।।
कुटिलता छैन आँखामा लोभ उन्मुक्त हृदय पूरा
न भय मृत्युको न चाह जीवनको नाचेका छौ जोगाईराख्नु ।।
नकारक नकारण विषय राग मुक्त आह !
स्वच्छन्द प्रकाश फिँजाएर हाँसेका छौ जोगाईराख्नु ।।
मैले त मेरो ईश्वर मेटाएर बाँच्न अभ्यस्त भएँ
मन भरी तन भरी नयन भरी राखेका छौ जोगाईराख्नु ।।
मार्क्सका ठेली मुन्तिर इमाइल दुर्खिम अनि इ. वि. टाइलरको संरचनामा नअटेपछि मेरो परिवेश कसरी अटौंला र म महोदय ? ॐ मणि पद्मे हुँ - शिरमा...